नेपाली कम्युनिस्ट पार्टी( नेकपा) रुकुम पश्चिमको प्रत्येक्ष तर्फका उम्मेदवार गोपाल शर्मा अनलले आफ्नो उम्मेदवारी पहिलो र अन्तिम भएको बताउनुभएको छ । आज जिल्लाको बाँफिकोट गाउँपालिका वडा नम्बर ७ र ८ का नेता कार्यकर्ता तथा मतदातासँगकाे भेटघाट कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो । मतदातासँगको छलफल तथा अन्तरक्रिया कार्यक्रमको सम्बोधनका क्रममा आफु कर्णाली प्रदेश सभा सदस्य तथा मन्त्री पदकाे समेत अनुभव गरिसकेको बताउँदै उम्मेदवार शर्माले संघमा आफुको उम्मेवारी पहिलो र अन्तिम पनि यही भएको बताउनुभएको हो ।
प्रदेश सभा सदस्य हुँदाखेरी नै आफु नदोहोरिने बाचा गरेको समेत उहाँले स्मरण गर्नुभयो । पहिलेका सहकर्मी हालका प्रतिस्पर्धी जर्नादन शर्मा प्रति लक्षित गर्दै म सातौं र आठौं पटक पनि मै हुनुपर्छ भन्ने मान्यता नरहेको बताउनुभयो । ।‘‘एक कार्यकाल तपाईहरुको प्रनिनिधि भएर जिम्मेवारी पुरा गर्ने हो, पटक पटक उम्मेवार बन्नु छैन्, नयाँ साथीहहरुलाई अवसर दिने हो नेकपाका उम्मेदवार शर्माले भन्नुभयो ।।’’
रुकुम जिल्लामा नेपाली कम्युनिस्ट पार्टीको संगठन बलियो रहेको दाबी गर्दै संगठनकै बलमा आफुले भारी मतान्तरले चुनाव जित्ने समेत दाबी गर्नुभयो । नेकपाले मुसिकोटमा चुनावि भेटघाट सक्काएर बाँफिकोट गाउँपालिका सुरु गरेको छ । चुनावी अभियान जिल्लाका सवै ७३ वडामा संचालन गर्ने नेकपा रुकुम पश्चिमले जनाएको छ ।





-1759842583.jpg)