आज माघे सक्रान्ति । मध्यपश्चिमतिर खासगरी केटाकेटीहरूले समूह बनाएर बिहानै घरघरमा गएर रमाउँदै पाइयो ! पाइयो !! भन्छन् र घरबेटीहरूले आफ्नो घरमा पकाएको कद्दु (फर्सी), गन्जी (सखरखण्ड), तरुल, तिलको लड्डू, गुरमा मुछेका जुनेलाका खाजा आदि पाइयो खेल्ने केटाकेटीहरूलाई दिन्छन् । केटाकेटीहरूले घर-घरबाट झोला भरेर लैजान्छन् । दिउँसोतिर ती केटाकेटीहरू पाटेभात (वनभोज) खान जान्छन् ।
आजैको दिनदेखि माघ महिनाभरि युवा युवतीहरूले सिस्नो खेल्छन् । मुसीकोटको साँखमा आजैदेखि पापिनी मेलाको तयारी गरिन्छ र माघ १५ गते धुमधामका साथ पापिनी बिहे (केटी-केटी बिच) गरिन्छ र उक्त अवसरमा भव्य मेला लाग्छ । यो अन्यत्र नदेखिएको अनौठो सांस्कृतिक प्रचलन मानिन्छ । यो मेला पहिले रुकुममा मात्र सीमित भए पनि अहिले उक्त अनौठो मेला हेर्न टाढा टाढाबाट पनि आउने गरेका छन् । यदि तपाईँलाई फुर्सद मिल्छ भने उक्त मेला हेर्न नछुटाउनुहोला । मध्यपहाडी लोकमार्गको छेउमै रहेको साँख मुसीकोटको प्रमुख पर्यटकीय क्षेत्र पनि हो ।
राप्ती साहित्य परिषद् रुकुम पश्चिम शाखाले हरेक महिनाको १ गते र १५ गते भर्चुअल रूपमा स्रष्टाको रचना वाचन र प्रस्तुत रचनामा गहन समीक्षा गर्ने कार्यक्रमको सुरुवात गरेको छ र आज तेस्रो रचना वाचन तथा समीक्षाको कार्यक्रम हुँदै छ ।
आजको रचना वाचक राष्ट्रिय कविता महोत्सव २०८२ का पुरस्कृत कवि तुलसी केसी हुनुहुन्छ । उहाँले ३ वटा काव्यकृति प्रकाशित गरिसक्नुभएको छ । तुलसीजी रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकाका बासिन्दा हुनुहुन्छ र पेसागत हिसाबले सशस्त्र प्रहरी बलको प्रहरी नायब उपरीक्षक हुनुहुन्छ । उहाँले करिब ५ वटा कविताहरू स्रोताहरूलाई सुनाउनुहुनेछ ।
उक्त कविताहरूउपर समीक्षा नेपाल प्रज्ञा प्रतिष्ठानका प्रज्ञा सभा सदस्य प्राज्ञ शशिराम कार्कीले गर्ने हुनुभएको छ । शशिराम कार्की महाकाव्यकार पनि हुनुहुन्छ । उहाँले देवरात महाकाव्यलगायत आधा दर्जनभन्दा बढी कृतिहरू प्रकाशित गरिसक्नुभएको छ । रुकुमको चौरजहारीमा जन्म भई हाल बाँकेमा कर्मथलो बनाउनुभएका कार्की दर्जनौँ साहित्यिक संस्थाहरूको महत्त्वपूर्ण भूमिकामा हुनुहुन्छ ।
यसभन्दा अगाडिको कार्यक्रमहरूमा साहित्यकार मनलाल ओली र भूपेन्द्रा मल्लले रचना वाचन गर्नुभएको थियो भने क्रमशः पूर्ण ओली र नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व परिषद् सचिव प्राज्ञ जगतप्रसाद उपाध्याय 'प्रेक्षित' ले समीक्षा गर्नुभएको थियो ।
आज बेलुका साढे ७ बजेदेखि राप्ती साहित्य परिषद जिल्ला शाखा रुकुम पश्चिमको आयोजनामा हुने तेस्रो भर्चुअल रचना वाचन तथा समीक्षा कार्यक्रममा सहभागी हुनको लागि सम्पूर्ण साहित्य अनुरागी महानुभावहरूलाई निम्नानुसारको लिङ्कमा जोडिनुहुन हार्दिक अनुरोध गर्दछौँ ।
https://meet.google.com/vpv-jqfh-pzn?fbclid=IwY2xjawPVI3lleHRuA2FlbQIxMABicmlkETF4eDVKQlA1dHpCN1JKeWhzc3J0YwZhcHBfaWQQMjIyMDM5MTc4ODIwMDg5MgABHj0IHWrhCD0-Zg6Gm4UbGOtbLtWBmXXcg6Ar9vNcbUIhDzDNKjLAN2z5aDnv_aem_AxGQw8F-bKxmeit2IxEuOw





-1759842583.jpg)
