नेपाली कम्युनिस्ट पार्टी (नेकपा) रुकुम पश्चिमका प्रतिनिधि सभा सदस्यका उम्मेदवार गोपाल शर्मा अनलले आफुले निर्वाचन जितेर मात्रै खादा,माला लगाउने घोषणा गर्नुभएको छ। बाँफिकोट गाउँपालिकाको विभिन्न टोलमा मतदातासँग भेटघाटमा व्यस्त रहनुभएका उम्मेवार शर्माले निर्वाचित भएपछि मात्र खादा, माला लगाउने घोषणा गर्नुभएको हो । विभिन्न खालका तामझाम र खादा माला लगाएर फजुल खर्च र स्टण्डबाजि गरेर चुनाव नजितिने उहाँको भनाई थियो । अन्य राजनितिक दलप्रति लक्षित गर्दै उम्मेदवार शर्माले विभिन्न खालका प्रलोभन र भ्रममा नपर्न समेत नेता,कार्यकर्ता तथा मतदाताहरुलाई आग्रह गर्नुभयो ।
जिल्लाभर पार्टीको सङ्गठन बलियो रहेको र चुनाव जित्ने कुरामा दुइमत नरहेको उम्मेवार उहाँकाे भनाई थियो । अरु कसैले जित्ने कल्पना समेत नगर्न उहाँले चेतावनी दिनुभयाे । आफु फाल्गुन २१ को निर्वाचन भारी मतान्तरले जित्ने र त्यसपछि मात्र खादा माला लगाउने नेकपा उम्मेवार शर्माको भनाई थियो ।
नेकपाले मुसिकोट नगरपालिकामा चुनावी जनभेटघाट सक्काएर बाँफिकोट गाउँपालिकामा चुनावी भेटघाटलाई तिव्रता दिएको छ । आज नेकपाले बाँफिकोट गाउँपालिकाको वडा नम्बर ३ को नेपाने, स्यानिदह, पैयाबारा, भाग्ले र ५ नम्बर वडाकाे स्यार्पुमा जनभेटघाट गरेको थियो ।





-1759842583.jpg)