Kakhara सबैको खबर सम्पूर्ण खबर
पापिनी विवाह व्यवस्थापन सम्बन्धमा रहेका भ्रम र यथार्थ 

१ सामान्य पृष्ठभूमि
पापिनी विवाह रुकुम पश्चिमको मुसिकोट नगरपालिकाको वडा नम्बर ७ साँख दहमा आदिम कालदेखि चलिआएको एउटा छुट्टै सांस्कृतिक पहिचान बोकेको विवाह हो । यसलाई प्रतिवर्ष माघ १ गतेदेखि १६ गतेसम्म उत्साहका साथ मनाउने संस्कार छ । बिहे हुने कुरा परम्परादेखि चल्दै आएको र यसलाई थप सौन्दर्ययता बढाउने सवालमा समय समयमा फरक फरक तरिकाले व्यवस्थापन हुने गरेको  छ । २०७९ को निर्वाचन पछि हामीले हाम्रो गाउँलाई मुसिकोटकै धार्मिक र सांस्कृतिक पर्यटन क्षेत्रको विकास गर्ने उद्देश्य राखेका छौ । यसै सिलसिलामा पर्यटन क्षेत्रलाई समृद्धि र प्रवर्धन गर्नको लागि केही पूर्वाधारको लागि तयारी भइरहेको छ । यसै सिलसिलामा पापिनी विवाह पनि एउटा हो । यसलाई थप समृद्धि गर्नको लागि व्यवस्थापन  पक्ष हुन आवश्यक छ । व्यवस्थापन पक्ष निर्माणको सवालमा केही भ्रम अति मिहिनेतका सामाजिक सञ्जाल र गाउँमा छर्ने गरिएको छ । यसलाई स्पष्ट पार्नुपर्छ भन्ने मलै कर्तव्य ठानेको छु । 

२ पापिनी मेला विवाह किन गरिन्छ र यसले पार्ने प्रभाव के के हुन ? 
पापिनी विवाह कलसुर नाम गरेको भूत यो दहमा छ । यसलाई प्रतिवर्ष विवाह गरी खुसी नपारेमा दह ठुलो भई गाउँलाई बगाउँछ  भन्ने किंवदन्ती छ । यसलाई हाल हामीले बुझ्दा गाउँमा समृद्ध शान्ति हुन सक्दैन गाउँले चाहेजस्तो प्रगति गर्ने र गराउने कुरामा बाधा अड्चन हुने गर्दछ भन्ने नै हो, गाउँको समृद्धि भएन भने सबै नागरिकको चेतना पनि  समृद्धि प्रगति हुन पनि सक्दैन । परापूर्व कालदेखि हाल पापिनी विवाह व्यवस्थापन सम्म आइपुग्दा हाम्रो दहमा रहेको कलसुर नामको भूतले गरेको हामी पात्रको रूपमा रहेका धेरै क्रियाकलापहरूमा बाधा अड्चन हुने गरेको छन् । जसलाई हामीले जानिराखौँ भने हामी स्पष्ट हुनेछौँ । कुनै पात्रको रूपमा व्यक्ति देखिएता पनि कुलसर नामको भूतको छल नै हो । हाम्रो गाउँमा केके मा छल हुन्छ त भन्दा धेरै लामो इतिहास तर्फ नलागी  मैले देखेको २०३९ सालतिर साँखमा इलाका प्रशासन राख्ने भन्ने जिल्ला सभामा निर्णय भएको र  गाउँका नेतृत्वले यसको लागि जग्गाको व्यवस्थापन  गर्न खोज्दा विभिन्न भ्रम छरेर इलाका प्रशासन कार्यालय बस्न सक्ने वातावरण बनेन । अधिभूतवादीहरूले हुन दिएनन् । गाउँमा लघु जलविद्युत बनिसकेपछि यो गाउँलाई पनि उज्यालोको papini-mela-(1)-1769772291.jpg
आवश्यकताको अनुभूति गरी केही क्रान्तिकारी युवाहरूले लघु जलविद्युत बनाउनको लागि ठुलो प्रयत्न गरे । मिहिनेत गरेर कामको थालनी गर्दा विद्युत् बल्न बन्न नदिनको लागि केही यथास्थितिवादी सोच भएका मानिसहरूले विद्युत् हुन नदिन ठुलो मिहिनेत गरे । झन्डै विद्युत् बल्न नदिने पक्षमा लागि परेका थिए । जेनतेन विद्युत् बल्न सफल भयो । सडक, बाटो निर्माण पनि गाउँका केही उच्च चेतना भएका पङ्क्तिहरूमा बाटो निर्माण गर्नुपर्छ , सडक बाटो भयो भने गाउँको समृद्धि तथा सुविधा हुन्छ भन्ने सोचका साथ बाटो बनाउने र बनाउन नदिनेका बिचमा द्धन्द निरन्तरता भइरहेको छ । वन उपभोग र वितरण, पानी उपभोग र वितरणमा समेत लामो सङ्घर्ष  गाउँले झेलिरहेको छ । यदि मात्र होइन सङ्घसंस्थाको उन्नति प्रगति गर्ने उद्देश्यले गरिने धार्मिक कार्यमा समेत बाधा अड्चन हुने गरेका छन् । साँख दहलाई पर्यटनमा थप सौन्दर्ययताको लागि माछा राख्ने काम गरियो तर ती माछा सबै चोरी गरी  दह  खाली बनाउने काम भएको छ । यस्ता खालका समाजलाई पछि धकेल्ने सामाजिक, आर्थिक, भौतिक, धार्मिक र पर्यटकीय स्थलमा समृद्धिको बाधक भइरहन्छ । यसको समाधान भनेको क्रान्तिकारी सोच विचारबाट समाजलाई अगाडी बढाउनु नै हाम्रो दायित्व हो । कुलसुर नामको यो भूतले राम्रो काम गरेको देखि खान सक्दैन ।  राम्रो गर्न पनि मान्दैन, गलत काम गर्न प्रेरित गर्दछ । अझै राम्रो काम गर्न बाधा अड्चन गरिरहन्छ । साँख गाउँका समृद्धिमा नागरिकको प्रगतिको बारेमा बाधा अड्चन गरेको छ । समय सापेक्ष यो भूतले पात्र जन्माइरहन्छ । मेला व्यवस्थापन पनि यसैको निरन्तरता हो । 

३. विवाह र व्यवस्थापनलाई बुझ्न नसक्नु 
हाम्रा गाउँ बहु जातिले बसोबास गरेको एक सुन्दर गाउँ  हो । हामी सबैको पहिचान हो पापिनी विवाह, पापिनी विवाहको छुट्टै राष्ट्रियता र संस्कार होला व्यवस्थापन भन्ने कुरा यसलाई थप हराभरा बनाउने, सौन्दर्ययता बनाउने नै हो । विवाहको कार्यविधि र व्यवस्थापनको कार्यविधि फरक फरक हो भन्ने  कुरा बुझ्न नसक्नु नै समस्या हो । विवाह कसैले व्यवस्थापन गरे पनि नगरे पनि विवाह हुन्छ । यो संस्कार हो, मेला व्यवस्थापन गर्ने कुरा फरक पाटो हो । यसलाई सही ढङ्गले बुझ्न आवश्यक छ । मेलालाई थप सौन्दर्ययता गराउन र व्यवस्थापन गर्न कुनै क्षेत्र लिङ्ग, वर्ग, जात आवश्यक पर्दैन । यसमा राजनीति गर्ने नाममा संस्कार, संस्कृतिमा जातकाे भ्रम छरेर राजनीति गर्ने काम भएको छ । यसले समाजमा विखण्डन, जातीय द्धन्द हुने सम्भावना बढेको छ । यो भ्रम गत वर्षदेखि नै हाल्न खोजिएको थियो । यसमा पनि यो मेला हराइसकेको थियो । यसलाई हराभरा बनाउन र पर्यटन प्रवर्धन गर्न हाम्रो सरोकार भन्ने संस्था र वडाले ठुलो मिहिनेत गरी मेलाई समृद्धि बनाउने काम गरी ०८१/८२ मा हालसम्मकै उच्च स्तरको मेला भएको थियो । यो पनि गाउँको पहिचान अभिवृद्धि गर्ने पर्यटन विकासमा इट्टा थप्ने काम भएको थियो । राम्रो काम कुनै क्षेत्रमा भएमा यसको समृद्धिको लागि रचनात्मक सल्लाह, सुझाव दिने भन्दा पनि खुट्टा तान्ने, राजनीतिको नाममा भ्रम छर्ने काम भएको छ । जनजाति विवाह हो कि पापिनी विवाह हो, आदिवासीहरूको संस्कार हो कि जनजातिको संस्कार हो, संस्कार र व्यवस्थापनको पक्षलाई एउटै दृष्टिकोणबाट बुझ्ने र राजनीतिक विखण्डन ल्याउने जुन प्रयत्न भयो यो क्रियाकलाप असान्दर्भिक थियो । यसलाई हामीले एउटा शिक्षाको रूपमा र हाम्रो गाउँको विशेषताको रूपमा बुझ्दा राम्रो हुन्छ । 

४. भ्रम र तथ्यको बारेमा स्पष्ट नहुनु 
यो मेला व्यवस्थापन गर्ने सवालमा हामी वडालाई जोडेर विभिन्न  भ्रम छर्ने काम गरिएको छ । वस्तुगत अवस्था र आत्मगत अवस्थालाई नबुझी विभिन्न सामाजिक संजालमा सतही तथा तथ्यहीन असान्दर्भिक तर्कहरू गरिए । यसमा वडा सरकार अधैर्य छैन, धैर्य नै छ तर आजका हामी नागरिक हामी बौद्धिक नागरिक हौँ सत्य तथ्य र गाउँमा हुने सबै सकारात्मक नकारात्मक क्रियाकलापको बारेमा क्रिया प्रतिक्रिया दिने हैसियत राख्दछौँ तर मैले देखिको विडम्बना सकारात्मकलाई साथ दिनुपर्न नकारात्मकलाई रोक्नुपर्छ । यहाँ पापिनी मेला व्यवस्थापनमा वडाको कुनै भूमिका हुँदैन । वडामा केही मेला लगाउँछौ भने प्रस्ताव लिएर आएको पनि छैन । वडाले बाहिरका हल्ला papini-mela-(4)-1769772283.jpg
सुनेपछि वडाले आफै बोलाएर सम्झाई बुझाई गर्ने प्रयत्न गरेको हो । कसैलाई मेला सञ्चालन गर्ने नगर्ने भन्न वडाले मिल्दैन । वडाको दायित्व कसको प्रस्ताव स्वीकृति गर्ने भन्ने मात्र हो वा कसलाई अनुमति दिने भन्ने हो । वडा मेला व्यवस्थापन समिति होइन संरक्षक हो  मेला लगाउने सिफारिस दिने होइन अनुमति हो । अनुमति लिन वडामा कुनै सङ्घसंस्था आएको छैन , मेला व्यवस्थापन समिति  बन्ने चाहाना भएका बौद्धिक साथीहरूलाई थाहा होला । तपाईँहरूलाई मेला लगाउनुहोस् हामी साथ दिन्छौँ कसले भन्यो यो मेला जनजातिले मात्र लगाउने हो भन्ने कुरा कसले भ्रम छर्‍यो विदेशबाट पैसा कसले मागिदिने भनेको हो किन जातीय विभेद गर्नुभयो । जसले तत काम गर्‍यो उक्त व्यक्ति दोषी नभई वडा दोषी कसरी हुन सक्छ ? सामाजिक सञ्जालमा तर्क वितर्क कति तथ्यमा आधारित छन् । सामाजिक सञ्चालनमा गर्ने तर्कमा पनि ख्याल गर्न आवश्यक छ । व्यक्तिले समाजमा आफ्नो पहिचान देखाउने माध्यम पनि उसको विचार र व्यवहारले हो । गत वर्ष मेला व्यवस्थापन गर्न संस्थाले गरेकोमा उक्त कामलाई दलितले गरेको भन्ने दलितले प्रगति गरेको देखिखान नसक्ने सङ्कीर्ण चिन्तनबाट प्रेरित गर्ने व्यक्तिलाई समयमै चिन्न आवश्यक छ । यी आदि कुराको गरिरो अध्ययन नगरी भ्रम छर्ने कुतर्क गरेर धारण बनाउनु अर्थात् आफू नाच्न नजान्नु आँगन बाङ्गो नाटक मञ्चन गर्नु अज्ञानता होइन र ?

अन्तमा: के भन्नु भन्दा गाउँमा भएको राम्रो काम राम्रो कार्यक्रमलाई रचनात्मक साथ दिनुपर्छ । रचनात्मक साथ दिन सकिँदैन भने मौन बस्नुपर्छ । नयाँ काम गर्दा सहकार्य सहमति अन्तरक्रिया गर्नुपर्छ । विभिन्न भ्रमका पछि लाग्ने गाउँमा विखण्डन बनाउन प्रयत्न गर्ने रिस दिक धेरै गर्ने पात्रहरू समय समयमा भइरहन्छन् । हामी प्रगति चाहने इमानदार युवाहरू गाउँका अन्य बौद्धिक नागरिकहरू सचेत हुनुपर्छ । भ्रमको पछि नलाग्न फुटाऊ र राजनीति गर भन्ने मर्मलाई सबैले बुझेर गाउँको आन्तरिक राष्ट्रियतामा आँच आउन नदिन सबै सचेत बनौँ । कलसुर नामको भूतको सोचबाट मुक्त हौँ । सबैले सबैको अस्तित्व स्वकार गरौँ मूर्खताको हल्ला आफैमा पराजय हो । 

लेखक मुसिकोट नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष हुनुहुन्छ । 

प्रकाशित मिति: सोमबार, माघ १९, २०८२  १०:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update