नेपाल कुम्युनिस्ट पार्टी(नेकपा) रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर ६ को निर्वाचन परिचालन समिति गठन गरिएको छ । आगामि फागुन २१ गते हुने प्रनिनिधि सभा सदस्य निर्वाचनको लागि निर्वाचन परिचालन समिति गठन गरिएको हो । वडामा चुनावी प्रचारलाई तिव्रता दिन अनिल बुढाको संयोजकक्तमा ३३ सदस्यीय निर्वाचन परिचालन समिति गठन गरिएको नेकपा मसिकोट ६ ले जनाएको छ ।
उक्त टोलीले गाउँ गाउँमा पुगेर चुनावी प्रचार सँगै घरदैलो कार्यक्रम गर्ने र पार्टीको तर्फबाट चुनावी योजना लिएर जनता सामु जाने नेकपा मुसिकोट ६ ले जनाएको छ । नेकपा सहित, प्रगतिशिल लोकतान्त्रिक पार्टी र नेकपा एमाले, नेपाली काग्रेस, नेकपा माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा लगायतका पार्टीका नेता तथा कार्यकर्ता आफ्ना चुनावी योजनासहित मत माग्न गाउँ गाउँ पुगेका छन् ।





-1759842583.jpg)