Kakhara सबैको खबर सम्पूर्ण खबर
त्रिवेणी चोक नजिकै मोटरसाइकल दुर्घटना, घाइतेको अवस्था गम्भीर

रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर  १ त्रिवेणी चोक नजिकै मोटरसाइकल दुर्घटना भएको छ । सोमबार राती त्रिबेणीचोकबाट रावलवाँडा जोड्ने  भित्री सड्क खण्ड तर्फ जादै गरेको  से ३ प ७७ नम्बरको मोटरसाइकल अनियंत्रित भइ दुर्घटना भएको हो  । दुर्घटनामा परी मुसिकोट नगरपालिका १ चन्दननाथ टोलका ३० वर्षीय हरिबहादुर घर्ती घाइते भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक हरिप्रसाद पुनले जानकारी दिनुभयो ।

उहाँका अनुसार घाइतेलाई उपचारको लागी जिल्ला अस्पताल सल्ले पठाएको छ । घर्तीको शरिरको भित्री भागमा चोट लागेको र अवस्था गम्भीर रहेको प्रहरी निरीक्षक पुनले जानकारी दिनुभयो। मोटरसाइकल सडकबाट ३० मिटर तल खसेको थियो । मोटरसाइकल प्रहरीको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ ।

प्रकाशित मिति: सोमबार, माघ २६, २०८२  २२:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update