Kakhara सबैको खबर सम्पूर्ण खबर
विधानमा स्पष्ट भएको व्यवस्थालाई कार्यान्वयन गर्दा पार्टी फुट्दैन

नेपाली काङ्ग्रेसको विशेष महाधिवेशनको विषयलाई लिएर उठाइएका आशंका र भ्रमहरूलाई यथार्थपरक ढङ्गले हेर्न आवश्यक छ । विधानमा स्पष्ट रूपमा व्यवस्था गरिएको विशेष महाधिवेशनको प्रावधानलाई कार्यान्वयन गर्दा पार्टी फुट्ने होइन, बरु संस्थागत प्रक्रियामार्फत पार्टीलाई थप सुदृढ बनाउने अवसर सिर्जना हुन्छ । विधान स्वयं पार्टीको मार्गदर्शक दस्ताबेज हो र त्यसको पालना गर्नु कमजोरी होइन, लोकतान्त्रिक परिपक्वताको संकेत हो ।

वर्तमान परिवेशमा नेपाली काङ्ग्रेस समयानुकूल वैचारिक पुनर्जागरणको आवश्यकता भोगिरहेको छ । बदलिँदो सामाजिक–राजनीतिक यथार्थ, जनअपेक्षा र नयाँ पुस्ताको आकांक्षालाई सम्बोधन गर्न सङ्गठनात्मक सुधार अपरिहार्य भइसकेको छ । विशेष महाधिवेशनले यही सन्दर्भमा पार्टीभित्र खुला बहस, आत्म समीक्षा र नीतिगत स्पष्टताको ढोका खोल्न सक्छ ।

विधानमा प्रस्ट लेखिएको कुरालाई कार्यान्वयन गरेर नयाँ बिचार सहित र जेन जी आन्दोलनको भावनालाई बोध गरेर उनीहरूको सपनालाई पूरा गर्नु पर्ने छ । त्यसको लागी पहिला पार्टीको नेतृत्व परिवर्तन हुनुपर्दछ । 

साथै, नेतृत्व नवीकरणको सवाललाई पनि यसै सन्दर्भमा बुझ्नुपर्छ । नेतृत्व परिवर्तनलाई अस्थिरताको रूपमा होइन, निरन्तरतासहितको रूपान्तरणका रूपमा ग्रहण गर्न सके नेपाली काङ्ग्रेसका लागि यो ऐतिहासिक अवसर बन्न सक्छ । विशेष महाधिवेशन पार्टीलाई कमजोर पार्ने कारक होइन, बरु लोकतान्त्रिक अभ्यासमार्फत जनविश्वास पुनः स्थापित गर्ने महत्त्वपूर्ण माध्यम बन्नेछ ।

जेन जी आन्दोलन पछि नेपालको राजनीति युवा मय भयको छ । नेपालका युवाहरूमा राजनीति चेतनाको स्तर बडेको छ ।यस्तो अवस्थामा नेपाली काङ्ग्रेस नेतृत्वले यो परिस्थिति किन आयो र यो आन्दोलन को उद्देश्य के थियो भन्ने कुरा नबुझ्नु नै  इतिहास बोकेको  काङ्ग्रेसको इतिहास मेट्नु र इमानदार काङ्ग्रेस कार्यकर्ताको मनोभावना विपरीत गएर पार्टीमा गम्भीर खेलबाड गर्नु हो । बदलिँदो राजनीति घटनाक्रमले  सच्चिने अवस्थामा झन् काङ्ग्रेस जस्तो पाटी ले  यस्तो विषम परिस्थिति मा देसलाई निकास दिने बेला, अभिभाबकको भूमिका खेल्नु पर्ने अवस्थामा  पदको लोभले मरुन्जेल सम्म सत्तामा र पार्टीको पदमा बसिराख्न खोज्नु नै दुर्भाग्य हो । विधानमा प्रस्ट लेखिएको कुरालाई कार्यान्वयन गरेर नयाँ बिचार सहित र जेन जी आन्दोलनको भावनालाई बोध गरेर उनीहरूको सपनालाई पूरा गर्नु पर्ने छ । त्यसको लागी पहिला पार्टीको नेतृत्व परिवर्तन हुनुपर्दछ । 

नियमित महाधिवेशन पनि नगर्ने अनि ५४% महाधिवेशन प्रतिनिधिको भावनालाई कुल्चेर अगाडि बढ्न खोज्ने जुन खालका आत्मघाती प्रयास नेतृत्व र नेतृत्वका केही दासहरू जसले जहिल्यै  पनि पार्टीको बिचारलाई कुल्चिएर आफूलाई केन्द्रमा राखेर काम गरेका छन् । युवाहरूले रुचाएका र सबै तहका व्यक्तिहरूले सम्मान गर्ने र विश्वास  गरेका र देशलाई उज्यालो भविष्य दिन सक्ने व्यक्ति भनेर परिचय पाएका व्यक्ति ले नै अहिलेको यो परिस्थितिलाई सही बाटोमा ल्याउन सक्छ त्यो बिचार र त्यो परिचय भएका व्यक्ति नै गगन थापा हुन ।

लेखक नेविसंघ रूकुम पश्चिमका अध्यक्ष हुनुहुन्छ ।

प्रकाशित मिति: शनिबार, पुस १९, २०८२  २१:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update