Kakhara सबैको खबर सम्पूर्ण खबर
मुसिकोटमा सञ्चालित द लिजेण्ड कपको आय व्यय सार्वजनिक, १ लाख ६९ हजार बचत 
विजेता आयाेजक टिम ।

रुकुम पश्चिमको मुसिकोट नगरपालिकामा सञ्चालित द लिजेण्ड कप फुटबलको आय व्यय सार्वजनिक भएको छ । आयोजक मुसिकोट व्वाइजले जिल्ला सदरमुकाम मुसिकोट खलङ्गामा गत असोज ७ गतेबाट १३ गतेसम्म सञ्चालन भएको कपको खर्च विवरण सार्वजनिक गरेको हो । 

आयोजकका अनुसार प्रतियोगिताबाट १ लाख ६९ हजार ५ सय ९० रुपैयाँ बचत भएको छ । प्रतियोगिता सञ्चालनका लागि ५ लाख ८७ हजार ६ सय रुपैयाँ सङ्कलन भएको थियो भने दर्ता शुल्क मार्फत १ लाख २९ हजार रुपैयाँ सङ्कलन भएको आयोजक मुसिकोट ब्वाइजका अध्यक्ष राजु थापाले जानकारी दिनुभयो । 

उहाँका अनुसार प्रतियोगिताका लागि कुल ७ लाख १६ हजार ६ सय रुपैयाँ सङ्कलन भएको थियो । जसमा ५ लाख ४७ हजार १० रुपैयाँ खर्च भएको छ । प्रतियोगिता व्यवस्थापनमा २ लाख ५२ हजार ५ सय ५५ रुपैयाँ, कप, मेडल तथा प्रमाण पत्र लगायतका सामग्रीमा २ लाख २४ हजार ४ सय ५५ रुपैयाँ, १० हजार दान र पिकनिङमा ६० हजार खर्च भएको अध्यक्ष थापाले जानकारी दिनुभयो । 

सबै खर्च कटाएर प्रतियोगिताबाट १ लाख ६९ हजार ५ सय ९० रुपैयाँ बचत भएको उहाँको भनाई छ । बचेको रकम अर्को वर्ष प्रतियोगिता सञ्चालन तथा अन्य सामाजिक काममा खर्च गरिने आयोजकले जनाएको छ । 

प्रतियोगितामा ३० टिमले प्रतिस्पर्धा गरेकामा आयोजकले उपाधि जितेको थियो । विजेता आयोजकले नगद १ लाख ११ हजार १ सय ११ रुपैयाँ र कप हात पारेको थियो भने उप विजेता सल्लेले नगद ५५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गरेको थियो ।

प्रकाशित मिति: मंगलबार, कात्तिक २५, २०८२  १६:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update