Kakhara सबैको खबर सम्पूर्ण खबर
चुनमा १ लाख १ हजार पुरस्कार राशीकाे भलिबल प्रतियोगिता हुँदै 
फाइल फाेटाे ।

रुकुम पश्चिमको  मुसिकोट नगरपालिका वडा नम्बर १० चुनमा यस वर्षपनि विविध खेलकुद तथा सांस्कृतिक कार्यक्रम सहित पापिनी मेला लाग्ने भएको छ । सहिद कामी बुढा  विजयछहरा युवा क्लवको आयोजनामा यही पुस २६ गतेदेखि १ गतेसम्म चुनमा पापिनी मेला लाग्ने भएको हो ।     सामाजिक सद्भाव र साँस्कृतिक महत्व वोकेको पापिनी मेलामा विविध खेलकुद तथा सांस्कृतिक कार्यक्रम आयोजना गरेको मेला व्यस्थापन समितिका अध्यक्ष सविन कठायतले जानकारी दिनुभयो । 

उहाँका अनुसार मेलामा शुद्ध वडा स्तरिय पुरुष भलिबल, महिला कुर्सी रेस, बेलुन फुटाउने, पुरुष रस्साकस्सी, भाले तान, घैटो फोर, लोक दोहोरी , महिला रस्साकस्सी, क्यारेम बोर्ड र  एकल नृत्य प्रतियोगिता आयोजना गरिएको छ । पुरुष भलिबल प्रतियोतिगितातर्फ प्रथम स्थान हासिल गर्ने समुहले नगद १ लाख १ हजार रुपैयाँ पुरस्कारसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ । दोस्रो स्थान प्राप्त गर्ने समुहले नगद ७० हजार रुपैयाँसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्दा सान्तवना हुने दुई टिमले समान २५÷२५ हजार रुपैयाँ पुरस्कारसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्ने अध्यक्ष कठायतले जानकारी दिनुभयो । दर्ता शुल्क १० हजार रहेको छ ।

त्यस्तै महिला कुर्सी रेस प्रतियोगिता प्रथम स्थान प्राप्त गर्नेलाई १५ सय पुरस्कारसहित प्रामाणपत्र, दोस्रो स्थान हासिल गर्नेलाई १ हजार र तेस्रो स्थान प्राप्त गर्नेलाई ५ सय पुरस्कारसहित प्राणपत्रको व्यवस्था गरिएको छ । दर्ता शुल्क निःशुल्क गरिएको छ । पुरुष रस्साकस्सी प्रतियोगितातर्फ प्रथम स्थान हासिल गर्ने समुहले ५ हजार पुरस्कारसहित प्रमाणपत्र, दोस्रो स्थान हासिल गर्ने  समुहले ३ हजार ५ सय पुरस्कारसहित प्रमाणपत्र र तेस्रो स्थान हासिल गर्ने समुहले २५ सय सहित प्रमाणपत्र प्राप्त गर्ने छ । दर्ता शुल्क ५ सय रहेको छ । 

१० वर्ष मनि बेलनु फुटाउने प्रतियोगितातर्फ प्रथम स्थान हासिल गर्नेलाई १ दर्जन कापी, एक दर्जन कलम र प्रमाणपत्र, दोस्रो स्थान हासिल गर्नेलाई ८ वटा कपी, १ दर्जन कलम र प्रमाणपत्र र तेस्रो स्थान प्राप्त गर्नेलाई ६ वटा कपी, एक दर्जन कलम र प्रमाणपत्रको व्यवस्था गरिएको खेदकुद संयोजक सरोज सुनारले जानकारी दिनुभयो । दर्ता शुल्क निःशुल्क रहेको छ । 

त्यसैगरी लोकदोहोरी  प्रतियोगितामा प्रथम स्थान हासिल गर्ने समुहले ३ हजारसहित प्रमाणपत्र दोस्रो स्थान हासिल गर्ने समुहले २५ सय पुरस्कारसहित प्रमाणपत्र र तेस्रो स्थान प्राप्त गर्ने समुले २ हजार पुरस्कारसहित प्रमाणपत्र प्राप्त गर्नेछ । दर्ता शुल्क ३  सय  रहेको छ । महिला रस्साकस्सी प्रतियोगिता तर्फ प्रथम हुनले ३ हजार दोस्रो हुने २ हजार र तेस्रो हुनेले १ हजार पुरस्कारसहित प्रमाणपत्रको व्यवस्था गरिएको छ । दर्ता निशुल्क रहेको खेलकुद संयोजक सुनारले जानकारी दिनुभयो । 

क्यारेम बोर्ड प्रतियोगितातर्फ विजेता हुने टिमले ३ हजार पुरस्कारसहित प्रमाणपत्र प्राप्त गर्ने छन् । दर्ता शुल्क ३ सय रहेको छ । एकल नृत्य प्रतियोगितातर्फ प्रथम स्थान गर्नेलाई २ हजार, दोस्रो स्थान प्राप्त गर्नेले १५ सय र तेस्रो स्थान प्राप्त गर्नेलाई १ हजार पुरस्कारसहित प्रमाणपत्रको व्यवस्था गरिएको छ । दर्ता शुल्क २ सय रहेको छ । भाले तान्न प्रतियोगितामा विजेता हुने व्यक्तिले २५ सय बराबरको भालेसहित प्रमाणपत्र प्राप्त गर्ने छ । दर्ता शुल्क २ सय ५० रहेको छ । घैटो फोर प्रतियोगितामा विजेता हुनेलाई २ हजार पुरस्कारसहित प्रमाणपत्रको व्यवस्था गरिएको छ । दर्ता शुल्क १ सय ५० रहेको छ । 

मेलामा आकर्षक झाँकी, नृत्य, मयुर नाचहरू प्रस्तुत गर्ने उत्कृष्ट समूहलाई आयोजकको तर्फवाट उचित पुरस्कार सहित सम्मान गरिने आयोजकले जनाएको सहिद कामि बुढा विजयछहरा युवा क्लव मसिकोट १० ले जनाएको छ ।
 

प्रकाशित मिति: बिहीबार, पुस १७, २०८२  १५:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update