Kakhara सबैको खबर सम्पूर्ण खबर
विद्युत मर्मत गर्ने क्रममा करेन्ट लागेर  आठविसकोटमा एक युवाको मृत्यु
फाइल फोटो ।

रुकुम पश्चिमको आठबिसकोट नगरपालिकामा विद्युत मर्मत गर्ने क्रममा करेन्ट लागेर एक युवाको मृत्यु भएको छ । जिल्लाको आठबिसकोट नगरपालिका–१३ धारा निवासी अन्दाजी २५ वर्षीय प्रेम खत्रीको बिहीबार साँझ करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक हरिप्रसाद पुनका अनुसार मिति बिहिवार साँझ करिब ५ः४५ बजे घरदेखि करिब १ किलोमिटर टाढा रहेको विद्युतको पोलमा चढेर मर्मत कार्य गर्ने क्रममा खत्रीलाई  करेन्ट लागेको थियो ।

करेन्ट लागेसँगै खत्रीको  घटनास्थलमै  मृत्यु भएको प्रहरी निरीक्षक पुनले जानकारी दिनुभयो । घटनाको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय आठबिसकोटबाट प्रहरी निरीक्षक विजय चपागाईंको नेतृत्वमा ५ जनाको प्रहरी टोली घटनास्थलतर्फ खटिएको थियो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: बिहीबार, जेठ ७, २०८३  १९:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update