नेपाल पत्रकार महासंघ जिल्ला शाखा रुकुम पश्चिमको नवौँ साधारण सभा सम्पन्न भएको छ । बिहीबार मुसिकोट नगरपालिका १ खलङ्गामा साङ्गठनिक तथा आर्थिक प्रतिवेदन पेस गर्दै महासङ्घको साधारण सभा सम्पन्न भएको हो । साधारण सभाको अवसरमा महासङ्घले पत्रकारिता तथा सामाजिक क्षेत्रमा योगदान पुर्याउने विभिन्न व्यक्ति तथा संस्थालाई सम्मान समेत गरेको गरेको छ ।
पत्रकार महासंघ शाखाका अध्यक्ष गोपालप्रसाद रेग्मीको अध्यक्षता भएको उद्घाटन समारोहमा प्रमुख अतिथि जिल्ला समन्वय समितिका उप प्रमुख देवबहादुर विक, विशेष अतिथि मुसिकोट नगर उप प्रमुख विमलकुमार पुन, प्रमुख जिल्ला अधिकारी निशानराज गौतम, कर्णाली प्रदेश पत्रकार महासङ्घका उपाध्यक्ष लक्ष्मण केसी लगायत विभिन्न सङ्घसंस्थाका प्रतिनिधिहरूले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
साधारण सभाको अवसरमा पत्रकार महासङ्घका जिल्ला अध्यक्ष गोपालप्रसाद रेग्मीले शाखाको साङ्गठनिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने शाखाका कोषाध्यक्ष सन्देश जैसीले महासङ्घको आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा पत्रकार, विभिन्न सङ्घ संस्थाका प्रतिनिधि, सामाजिक अभियन्ता तथा सरोकारवालाहरूको सहभागिता रहेको थियो । साधारण सभाले सङ्गठनलाई थप सुदृढ र सक्रिय बनाउने विषयमा छलफल समेत गरेको पत्रकार महासङ्घका शाखा अध्यक्ष रेग्मीले जानकारी दिनुभयो ।

महासंघ शाखाका अध्यक्ष रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि जिल्ला समन्वय समिति उपप्रमुख विक, विशेष अतिथिमा मुसिकोट नगर उपप्रमुख पुन, प्रमुख जिल्ला अधिकारी गौतम, पत्रकार महासंघ कर्णाली प्रदेश उपाध्यक्ष केसी, जिल्ला प्रहरी कार्यालयका प्रमुख वेदबहादुर पौडेल, राष्ट्रिय अनुसन्धान अधिकृत नेपबहादुर राणा, जिल्ला हुलाक कार्यालयका प्रमुख कुमारीरिमा मल्ल, लगायत अन्य सङ्घसंस्थाका प्रमुख तथा प्रतिनिधिको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन महासंघ शाखा सचिव प्रचण्ड खत्री ले गर्नुभएको थियो ।








-1759842583.jpg)