पुर्व प्रधानमन्त्री तथा नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले क्रान्तिको सपना अझै पुरा भएको बताउनुभएको छ । रुकुम पश्चिमको मुसिकोट नगरपालिका १० खर्सुपानीमा आयोजित सहिद कामी बुढा स्मृति पार्क उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै क्रान्तिको सपना अझै पुरा नभएको र कम्युनिस्टहरु एकतावद्ध भएर क्रातिको सपना पुरा गर्ने बताउनुभयो । ‘‘हामि अझै पनि समाजवादको यात्रामा अगाडी बढ्ने भनेर लागिरहेका छौ अहिले हामी फेरी विभिन्न कम्युनिस्ट समुहहरु एततावद्ध भएर समाजवादको एउटा नया यात्रा सुरु गर्न नेपाली कम्युनिस्ट पार्टी बनेका छौं प्रचण्डले भन्नुभयो । यति मात्र नभएर बाँकी रहेका कम्युस्टिहरु पनि एकतावद्ध गर्ने अभियानमा रहेको उहाँले बताउनुभयो ।
शान्ती सम्झौता, संविधान सभा, गनतन्त्र समानुपातिक, समावेशिता, महिला, दलित, जनजाति सवैको प्रतिनिधित्व सुनिश्चित भएको उल्लेख गर्दै त्यस्तालाई थप व्यवस्थित गर्न शान्ती सम्झौता र संविधान सभा पक्षधर सबै राजनितिक दललाई मिलाएर अगाडी बढिरहेको बताउनुभयो ।रुकुमको विकास निर्माणको सर्दभमा सडक स्तरउन्ती, अन्य भौतिक संरचना निर्माण लगायतका जनताको सेवा सुविधाको लागि आफुले सकेको सम्पूर्ण सहयोग गर्ने पतिवद्धता समेत उहाँले व्यक्त गर्नुभएको थियो ।
केही दिन अघी आफनो निर्वाचन क्षेत्र रुकुम पुर्व आउनुभएका उहाँ आफ्नो निर्वाचन क्षेत्रमा भेटघाट गरेर आजै काठमाडौं फर्किसक्नुभएको छ ।





-1759842583.jpg)