Kakhara सबैको खबर सम्पूर्ण खबर
संयोजक भइराख्ने  मेरो रुचि छैन्, अव युवाहरुलाई अगाडी ल्याउनुपर्छ : प्रचण्ड 
प्रचण्ड 

नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो चाहान संयोजक भइराख्नुपर्न भन्ने नभएको बताउनुभएको छ । आज  नेकपा रुकुम पश्चिमले मुसिकोट नगरपालिका ५ सेरिगाउँमा आयोजना गरेको पार्टीको विस्तारित बैठक तथा प्रशिक्षण भेलालाई सम्बोधन गर्दै प्रचण्डले आफ्नो चाहान संयोजक, अध्यक्ष भइराख्नुपर्छ भन्ने नरहेको बताउनुएको छ । ‘‘अवको मुख्य जिम्मेवारी युवाहरुलाई दिनुपर्छ तपाई हामिले छोड्दा हुन्छ अव पदमा बसिराख्नुपर्छ भन्ने छैन् प्रचण्डले भन्नुभयो ।’’

केन्द्रिय कार्यसमितिको बैठकमै आफुले संयोजक तथा अध्यक्ष भइराख्न आवश्यक छैन् भनिसकेको समेत स्पष्ट पार्नुभयो । सक्रिय राजनितिकमा भने निरन्तर लागि रहने उहाँले बताउनुभयो । ‘‘क्रान्तिमा सक्रिय राजनितिक छोड्ने भन्ने चाँही होइन नेतृत्वमा बसेको ३५ /४० वर्ष भइसकेको छ, अव युवालाई अगाडी बढाउनुपर्छ प्रचण्डले भन्नुभयो ।’’

आफु नेतृत्वमा आएदेखि देशमा परिर्वतन भएको उल्लेख गर्दै अव एक चोटी देशको निम्ती उल्लेखनिय काम गरेर राजनितिकबाट विदा हुने इच्छा रहेको उहाँले बताउनुभयो । संयोजक प्रचण्ड आज बिहान हवाइमार्ग हुँदै रुकुम पश्चिम आउनुभएको थियो । भोली विहानै रुकुम पुर्वको रुकुमकोट जाने कार्यक्रम रहेको छ । 

प्रकाशित मिति: बुधबार, वैशाख १६, २०८३  १७:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update