रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा आयोजित “पाँचौं वृहत् चौरजहारी पर्यटन, व्यापार तथा सांस्कृतिक महोत्सव–२०८३” को आय–व्यय सार्वजनिक गरिएको छ । शहीद स्मृति कला सांस्कृतिक संरक्षण केन्द्र चौरजहारीले शुक्रबार विज्ञप्ति जारी गर्दै महोत्स संचालनमा भएको आयव्य सार्वजनिक गरेको हो । महोत्सव संचालनमा कुल ९ लाख १५ हजार रुपैयाँ घाटा भएको जनाएको संस्थाले जनाएको छ ।
संस्थाका अध्क्ष विरेन्द्र विकका जारी गरेको विज्ञप्ती अनुसार महोत्सवबाट टिकट बिक्री, स्टल, खुला चौर, प्रायोजन तथा बालउद्यान÷रोटेपिङमार्फत कुल २८ लाख ९५ हजार रुपैयाँ आम्दानी भएको उल्लेख गरिएको छ । त्यस्तै कलाकार खर्च, टेन्ट तथा सेक्युरिटी, साउण्ड सिस्टम, दुबानी, होटल, व्यवस्थापन, सूचना संचार, गाडी, डिजेल, प्लेन टिकट लगायत शीर्षकमा कुल ३८ लाख १० हजार रुपैयाँ खर्च भएको भएको छ ।
आयभन्दा खर्च बढी भएपछि महोत्सवमा ९ लाख १५ हजार रुपैयाँ घाटा भएको आयोजक संस्थाले जनाएको छ । महोत्सव सफल बनाउन सहयोग गर्ने चौरजहारी नगरपालिका, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, इलाका प्रहरी कार्यालय चौरजहारी, विभिन्न कार्यालय, पत्रकार, व्यवसायी तथा सहयोगीप्रति संस्थाले धन्यवाद व्यक्त गरेको छ । महोत्सव वैशाख ११ गतेदेखि २९ गतेसम्म चौरजहारी–२ रंगशालामा सञ्चालन गरिएको थियो ।
महोत्सव प्रतिकूल मौसमका कारण प्रभावित बनेको र निरन्तर सञ्चालन गर्न नसकिएको भन्दै आयोजकले त्यसबाट परेको असरप्रति क्षमायाचना समेत गरेको छ ।







-1759842583.jpg)