Kakhara सबैको खबर सम्पूर्ण खबर
लुटपाट घटनाका योजनाकार चालक विक पक्राउ, ११ लाख ३० हजार  रकम बरामद
एआइ निर्मित फाइल फोटो ।

गत मंगलबार रुकुम पश्चिमको आठविसकोट नगरपालिका १ रोकाजा स्थित भित्र सडकमामा चालकलाई कुटपिट गरी पैसा लुटपाट गरी अज्ञातसमूह फरार रहेको भन्ने घटनामा चालकनै संलग्नता भएको पाएको छ  । बोलेरो जिप चालक आठविसकोट नगरपालिका १ फिलिङगेका मुकेश विकनै उक्त घटनाको योजनाकार रहेकाले प्रहरीले शुक्रबार विकलाई  प्रकाउ गरेको हो । चालक विकनै घटनाको योजनाकार देखिएपछि पक्राउ गरेर थप अनुसन्धान गरिरहेको  जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक  हरिप्रसाद पुनले जानकारी दिनुभयो ।


उहाँका अनुसार गत मंगलबार राति करिब ७: ३० बजे आठबिसकोट नगरपालिका–९ राडीबाट खेततर्फ जाँदै गरेको गाडी तोडफोड तथा चालकलाई कुटपिट गरी दुई वटा मोबाइल फोन र नगद रहेको झोला लुटिएको घटना सार्वजनिक भएको थियो । घटनापछि प्रहरीले सवारी चालक मुकेश विकलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको थियो । अनुसन्धानका क्रममा चालकले नै योजनाबद्ध रूपमा आफ्ना केही साथीहरूसँग मिलेर लुटपाटको नाटक रचेको खुलेको प्रहरी निरीक्षक पुनले जानकारी दिनुभयो ।

चालक आफैले आठविसकोट नगरपालिकामा कार्यरत नगर प्रहरी सहायक निरीक्षक खड्क बुढाले श्रीमतीलाई  पुर्याइदिनु भनेपछि उक्त रकम ल्याएका थिए । चालककै योजनामा गाडी तोडफोड र रकम लुटपाट गर्ने योजना बनाएको र त्यसपछि जंगलबाट आएका चार जनाले गाडीमा प्रवेश गरी नगद रहेको झोला लिएर फरार भएको अनुसन्धानबाट खुलेको छ ।

लुटिएको भनिएको रकम ११ लाख  ३० हजार चालक मुकेशले लुकाइराखेको अवस्थामा घटनास्थल नजिकैको जंगलबाट बरामद गरिएको प्रहरी निरीक्षक पुनले जानकारी दिनुभयो । घटनामा संलग्न अन्य फरार व्यक्तिहरूको खोजी कार्य भइरहेको तथा पक्राउ परेका चालक माथि थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ ।

प्रकाशित मिति: शुक्रबार, जेठ ८, २०८३  १९:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update