रुकुम पश्चिमको बाँफिकोट गाउँपालिकामा तेस्रो बाँफिकोट कप खुला सेभेन ए साइड फुटबल प्रतियोगिता हुने भएको छ । फुटबल खेलको विकासका लागि स्थानीय युवाहरूले वडा नम्बर ४ को वीरेन्द्र माविको खेल मैदानमा प्रतियोगिता आयोजना गरेका हुन् ।
प्रतियोगिता कार्तिक १२ गते बिहान बिहान १०ः३० बजे देखि सुरु हुने आयोजक समितिका आभास चन्द ठकुरीले जानकारी दिनुभयो ।
प्रतियोगिताको विजेताले ५५ हजार ५ सय ५५, साथमा कप, मेडल र प्रमाणपत्र तथा उप विजेता टिमले २२ हजार २ सय २२ रुपैयाँ तथा साथमा मेडल र प्रमाणपत्र प्राप्त गर्ने उहाँले बताउनुभयो ।
टिम दर्ताका लागि ५ हजार ५ सय ५५ रुपैयाँ तोकिएको छ भने पहेँलो कार्ड बापत २ सय र रातो कार्ड बापत ४ सय रुपैयाँ डिपोजिट गर्नुपर्ने छ ।
खेलकुदका माध्यमबाट आपसी एकता र भाइचारा अभिवृद्धि गर्ने उद्देश्य राखिएको यस प्रतियोगितामा सहभागिताका लागि सम्पूर्ण खेल प्रेमी तथा टिमहरूलाई आयोजकले आह्वान गरेको छ ।।




