रुकुम पश्चिमको मुसिकोट नगरपालिका–७, खालबोटमा दोस्रो तीर्थ स्मृति कप–२०८३ आयोजना हुने भएको छ । तीर्थ स्मृति युवा समूहको आयोजनामा यही कात्तिक १८ गतेदेखि २१ गतेसम्म साबिक वडा स्तरीय पुरुष खुला भलिबलसहित विभिन्न खेलकुद तथा सांस्कृतिक कार्यक्रम सञ्चालन हुने भएका हुन् । ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने नारासहित आयोजना हुने प्रतियोगितामा पुरुष भलिबल, पुरुष रस्साकस्सी, महिला रस्साकस्सी, एकल नृत्य तथा घैँटोफोर प्रतियोगिता आयोजना गरिएको छ ।
प्रतियोगिताअन्तर्गत पुरुष भलिबलतर्फ प्रथम हुने समूहले ३० हजार रुपैयाँ, द्वितीय हुनेले २० हजार, तृतीय हुनेले १० हजार र सान्त्वना स्थान हासिल गर्ने समूहले ४ हजार रुपैयाँसहित कप, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । दर्ता शुल्क ३ हजार रुपैयाँ रहेको छ । त्यस्तै, पुरुष रस्साकस्सी प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः ३ हजार ४ सय, २ हजार ४ सय र १ हजार ४ सय रुपैयाँ प्राप्त गर्नेछन् ।
महिला रस्साकस्सी र एकल नृत्य प्रतियोगितामा समान प्रथम हुनेले ३ हजार, द्वितीय हुनेले २ हजार र तृतीय हुनेले १ हजार रुपैयाँ पुरस्कार पाउने आयोजकले तिर्थ स्मृति युवा समूहले जनाएको छ । घैँटोफोर प्रतियोगिताका विजेतालाई १ हजार रुपैयाँ पुरस्कारको व्यवस्था गरिएको छ ।
खेलकुदसँगै सांस्कृतिक कार्यक्रमलाई समेत प्राथमिकता दिइएको प्रतियोगितामा सांस्कृतिक नृत्य, आमा समूह, पञ्चेबाजा समूह तथा मयूर नाचलाई सम्मान पत्रसहित पुरस्कृत गर्ने आयोजकले जनाएको छ । प्रतियोगिताका प्रत्येक खेलको पुरस्कार राशिबाट १० प्रतिशत कर कट्टा गरिने छ । गत वर्षदेखि बुवाको सम्झना खेलकुद तथा सांस्कृतिक कार्यक्रम सुरु गरिएको उहाँका जेठा छोरा लोकेन्द्र पुनले जानकारी दिनुभयो ।


-1759664698.jpeg)


