रुकुम पश्चिमको मुसिकोट नगरपालिका–१३ मा सञ्चालित दोस्रो छिबाङ कप २०८३ खुला फुटबल प्रतियोगिताको उपाधि आयोजक छिबाङ ११ ब्ल्याकले जितेको छ ।
फाइनल खेलमा छिबाङ ११ ब्ल्याकले काउलेचौर एफसीलाई १–० गोलले पराजित गर्दै उपाधि आफ्नो नाममा गर्न सफल भएको हो ।
छिबाङ ११ को आयोजनामा सञ्चालन भएको प्रतियोगिता ७ ‘ए’ साइड फुटबल विधामा खेलाइएको थियो। प्रतियोगिताको विजेता छिबाङ ११ ब्ल्याकले नगद १ लाख ५५ हजार ५५५ रुपैयाँसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । त्यस्तै, उपविजेता काउलेचौर एफसीले नगद ७७ हजार ७७७ रुपैयाँसहित मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।
मुसिकोट नगरपालिका–१३ स्थित सेवा केन्द्र फुटबल मैदानमा सञ्चालन भएको प्रतियोगिताले स्थानीय क्षेत्रमा फुटबल खेलको विकास तथा खेलाडीको प्रतिभा उजागर गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।




