Kakhara सबैको खबर सम्पूर्ण खबर
रुकुम पूर्वकाे ताताेपानी क्षेत्र सानीभेरीकाे बाढीले पुरियाे
रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिका वडा नम्बर ६ स्थित डिम्मुरगैरामा रहेको तातो पानी क्षेत्र डुबान मा परेको छ । लगातारको वर्षा सँगै आएको बाढीले तातो पानी डुबानमा पारेको हो । वडाध्यक्ष संखे सेनका अनुसार वडामा रहेको साङ्गा खोला र अँध्यारी खोलामा आएको बाढीले सानीभेरी नदीको बहाव बढ्दा तातो पानी क्षेत्र डुबान परेको हाे । यद्यपी बाढीले तातो पानी मुहानमा गरेको क्षतिको विवरण भने आएको छैन। उक्त तातो पानी क्षेत्र यस पालिकाको महत्त्व पूर्ण पर्यटकीय स्थल मध्ये हो ।
प्रकाशित मिति: शनिबार, असार २०, २०८३  ०९:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update