Kakhara सबैको खबर सम्पूर्ण खबर
स्यालापाखाबाट खलंगा आउँदै गरेको गाडी दुर्घटना, ७ जना घाइते

रुकुम पूर्वको सिस्ने गाउँपालिका वडा नम्बर ८ मा बोलेरो जिप दुर्घटना हुँदा  सात जना घाइते भएका छन् । आज बिहान स्यालापाखाबाट रुकुम पश्चिमको खलङ्गा आउँदै गरेको ग १ ज ६०४५ नम्बरको बोलेराे जिप वडाको बतासे डाँडा भन्ने ठाउँमा दुर्घटना भएको हो । दुर्घटनामा सिस्ने ८ स्यालापाखाका २० बर्सिया हेमराज सार्की, सिस्ने ८ कै २९ वर्षीय प्रकाश बस्याल, सिस्ने ७ का १५ बर्षीय भिमबहादुर बुढाथोकी, सिस्ने ८ का ६९ बर्सिया झुपी सार्की घाइते भएको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका प्रहरी निरीक्षक हेमबहादुर विकले जानकारी दिनुभयो ।

त्यसै घाइते हुनेमा  सिस्ने ७ की २७ बर्सिया प्रकाश बुढाथोकी, सिस्ने ७ चिसापानी की २६ बर्सिया जमुना गिरी र सिस्ने ८ की ४५ बर्सिया जगमति सार्की रहनुभएको छ ।  घाइतेहरू मध्य सिस्ने ७ की २६ बर्सिया जमुना गिरी र सिस्ने ८ की ४५ बर्सिया जगमती सार्कीको अवस्था गम्भीर रहेको उहाँको भनाइ छ ।घाइतेको जिल्ला अस्पताल रुकुमकोटमा उपचार भइरहेको  प्रहरीले जनाएको छ ।गाडी सडकबाट चिप्लिएर दुर्घटना र  सडक भन्दा करिब ५० मिटर तल खसेको प्रहरीले जनाएको छ  ।

प्रकाशित मिति: मंगलबार, भदौ १६, २०८३  १३:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update