Kakhara सबैको खबर सम्पूर्ण खबर
अमेरिकाबाट मानव सेवा आश्रमलाई ६५ हजार बराबरको सहयोग

 रुकुम पश्चिमको मुसिकोट नगरपालिका १ सल्लेमा अवस्थित बुद्ध भूमि मानव सेवा आश्रमलाई राहत सामग्री सहयोग गरिएको छ । सानीभेरी गाउँपालिका–५ घापाघार घर भई हाल अमेरिका बस्दै आउनुभएका गोपाल पुनले बुद्ध भूमि मानव सेवा आश्रमलाई राहत सामग्री सहयोग गर्नुभएको हो । आज एक कार्यक्रमका बिच पत्रकार महासंघ रुकुम पश्चिमका उपाध्यक्ष देवकुमार ओली, पत्रकार मनिष खड्का, समाजसेवी भागिराम बोहराले आश्रमका अध्यक्ष खम्बप्रसाद जैसीलाई राहत सामग्री हस्तान्तरण गर्नुभएको हो ।

WhatsApp-Image-2026-09-03-at-14.06.40-1788433765.jpeg

आश्रममलाई  ६५ हजार रुपैयाँ बराबरको सामग्री सहयोग गरिएको छ । सहयोग स्वरूप एक थान वासिङ मेसिन, १० किलो फ्रिजमा राख्ने सरफ, एक थान पोछा लगाउने झाडु, पाँच बोरा दाल तथा चामल, १० जोर चप्पल र एक थान फ्रेम प्रदान गरिएको पत्रकार महासङ्घका उपाध्यक्ष ओलीले जानकारी दिनुभयो । गोपालले सहयोग गरेको सामग्री आफूले समन्वय गरेर आश्रमका अध्यक्ष जैसीलाई हस्तान्तरण गरिएको उहाँले बताउनुभयो ।

मानव सेवा आश्रममा आश्रित व्यक्तिहरूको दैनिक जीवनयापन तथा आवश्यक व्यवस्थापनमा सहयोग पुर्‍याउने उद्देश्यले आफूले विभिन्न सामग्री उपलब्ध बनाएको पुनले बताउनुभयो । विदेशमा रहेर पनि आफ्नो जन्मभूमिमा  सामाजिक तथा मानवीय सेवामा सहयोग गरेकोमा दाताप्रति बुद्ध भूमि मानव सेवा आश्रमका अध्यक्ष जैसीले धन्यवाद  व्यक्त गर्नुभएको छ । यस्ता खालका सहयोगले आश्रम सञ्चालन तथा आश्रित व्यक्तिहरूको आवश्यकतामा महत्त्वपूर्ण टेवा पुग्ने उहाँले भनाइ थियो ।

प्रकाशित मिति: बिहीबार, भदौ १८, २०८३  १६:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update