रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका ३ रन्माकी २१ वर्षीय अन्जु बुढा मगरको उपचारको लागि सहयोगको याचना गरिएको छ । विगत केही महिनादेखि पाठेघरको रक्तनली सम्बन्धी गम्भीर समस्याबाट ग्रसित बुढाको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएपछि सहयोगको याजना गरिएको हो । घरपरिवारको आर्थिक अवस्था कमजोर तथा उपचारमा समस्या भएपछि सहयोगको याचना गरिएको अन्जुका भिजाजु गोविन्द पुन मगरले जानकारी दिनुभयो ।
उहाँका अनुसार अन्जुको महिनावरीको समयमा अत्याधिक रत्तस्राव हुने र स्वास्थ्य अवस्था नै जटिल बन्ने गरेको छ । बुढाको जिल्ला अस्पताल सल्ले, घोराही लगायतका विभिन्न अस्पतालमा उपचार सम्भव नभएपछि थप उपचारको लागि टिचिङ अस्पताल काठमाडौ लैजान लागिएको उहाँको भनाइ छ । सहयोग गर्न चाहाने व्यक्तिले सिद्धार्थ बैंकमा रहेको हिक्मत प्रोतेलको खाता नम्बर ०१४१५१९३९९० मा सहयोग गर्न उहाँले सबैमा आग्रह गर्नुभएको छ ।






