रुकुम पश्चिममा लागूऔषध ब्राउनसुगर मुद्दामा फरार रहेका एक जना प्रतिवादीलाई पक्राउ गरिएको छ । बाँके जिल्ला अदालत नेपालगञ्जको आदेशले पक्राउ पुर्जी जारी भई अनुसन्धानका क्रममा फरार रहेका त्रिवेणी गाउँपालिका–१ का २९ वर्षीय समिर ओलीलाई प्रहरीले पक्राउ गरेको हो । ओलीलाई जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिम मातहतको प्रहरी चौकी सिम्रुतुको टोलीले हिजो साँझ करिब ७ः३० बजे त्रिवेणी गाउँपालिका–२ सिम्रुतु बजारबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक हेमन्त गिरीले जानकारी दिनुभयो ।
उहाँका अनुसार पक्राउ परेका ओलीलाई आवश्यक थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय नेपालगञ्ज, बाँके पठाइएको प्रहरीले छ । ओलीलाई भदौ ५ गते बाँके जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको थियो । त्यसपश्चात ओली फरार रहेकामा हिजो साँझ सिम्रतु बजारबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ ।





