नेकपा एस रुकुम पूर्वको अध्यक्षमा घर्ती
नेकपा एस रुकुम पूर्वको कार्यालय उद्घाटन गरिँदै।

नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी रुकुम पूर्वको अध्यक्षमा भिउमान घर्ती चयन हुनु भएको छ । पार्टीको बैठकबाट अध्यक्षमा भिउनमान घर्ती र सचिवमा भुवनेश्वर उपाध्यायले चयन गरिएको हो । विस्तारीत बैठकले १ सय ५ जनाको जिल्ला कमिटि गठन गरेको छ ।

४५ जना सचिवालय सदस्य छन् । सिस्ने गाउँपालिका ६, छिप्रिदहमा पार्टी कार्यालय स्थापना गरी उद्घाटन समेत गरिएको अध्यक्ष घर्तीले जानकारी दिनुभयो । आगामी असोजमा हुने पार्टी जिल्ला भेलाबाट अरु पदाधिकारी चयन गर्ने उहाँले बताउनुभयो ।

नेकपा एमालेबाट अलग भएर छुट्टै दल दर्ता गरेपछि जिल्ला जिल्लामा जिल्ला कमिटि गठन गर्ने क्रम चलिरहेको छ । यही अन्तर्गत रुकुम पूर्व जिल्ला कमिटिले पनि पूर्णता पाएको छ । यस अघि समानान्तर कमिटि सञ्चालन पनि क्रममा पनि भिउमान घर्तीको संयोजकत्व र भुवनेश्वर उपाध्यायको सचिवमा गरिएको थियो । 
 

प्रकाशित मिति: आइतबार, भदौ २७, २०७८  १२:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update