आजभोलि मोबाइल फोनले धेरैको दैनिकिलाइ सजिलो बनाइदिएको छ। मेरो दैनिकी पनि मोबाईल फोन बाटै सुरु भएर मोबाइल फोन बाटै अन्त्य हुन्छ । बिहान सबेरै मोबाइल अलार्म संग उठ्ने म ताजा सामाचार सुन्दै, एक्लोपन र उदास हटाउन युट्युव, टिकटक, फेसबुक हेर्दै, गीत संगितको मिठो धुनकाे साथमा चौतारीमा सुस्ताउदै दिनभरीको दैनिक काम पछि देश बिदेशका खबर सुनेर मोबाइल फोनको साथमा सुत्छु । मेरो आफ्नै साथी, मिल्ने मनको साथी मेरो आफ्नै मोबाइल फोन हो । म हाँस्दा, म रुदा, सहज असहज सबै वातावरणमा साथ दिने साथी यही मेरो मोबाइल फोन हो । मेरो साथी मेरो केही कुरामा सिको गर्दैन । म दाल भात तरकारी खान्छु मेरो साथी चार्ज, रिचार्ज खान्छ । म सधै परिवेश अनुसारको रंगिन पहिरनमा हुन्छु तर मेरो साथी वर्षौ एउटै भोटिमा रमाउछ । यो मेरो साथी अनिवार्य साथी हो, आवश्यकताको साथी हो ।
मेरो विदेश गएको बाबा, गाउँ बस्ने मेरी आमा अनि सहर बस्ने काका काकी साथी भाइ सबैलाई सम्झन दिनभरी हिडेर घण्टौ टेलिफोनको लाइन बस्नु पर्ने अनि लाइन बसेर भने जति कुरा गर्न नपाइने, रातभर बसेर लामो चिठी लेख्नु पर्ने, लेखेको चिठी बाटाे मै हराउने, खबर पुग्न महिनौ-बर्षौ लाग्ने, मन परेको प्यारीलाइ लेखेको चिठी अरुले पढिदिने डर अनि चिठी पुर्याइदिने विश्वासिलो मान्छे खोज्न झन्झट । त्यो पुरानो समस्या झेल्नु परेको छैन मलाई । किनकी आवश्यकता अनुसारको खबर सुटुक्क त्यो पनि छिटो छरितो पुर्याइदिने मेरो आफ्नै साथी मोबाइल फोन छ म संग । मेरी प्रेमिका रिसाउदा फकाउन सहयोग गर्ने मेरो प्यारो साथी कहिले सम्पर्क हुन सकेन भनेर ठग्छ त कहिले वेटिङ र बिजी भनेर बेस्सरी झगडा चर्काइदिन्छ । सायद यतिबेला मेरो साथी म संग रिसाएको हो कि जस्तो लाग्छ ।
नरिसाओस पनि कसरी बिहान उठे देखि राती निन्द्रा नलागुन्जेल थिचिरहन्छु, बजाइरहन्छु, चलाइरहन्छु अनि बिहानै उठाउनु भनेर रातभर जागराम बसाल्छु । हुन त उसलाई पनि थकाइ लाग्छ होला, आराम गर्न मन हुन्छ होला, निन्द्रा लाग्छ होला । म कति स्वार्थी र निर्दयी रैछु है त्यति मिल्ने प्यारो साथीलाइ नि दुःख दिई रहने । म कहिले काहीँ केही कुरा नजानेर नबुझेर टोलाइरहेको हुन्छु तर पुरानो परिवेश जस्तो गुरु खोज्दै घर जानू पर्दैन । मेरो मिल्ने साथीको आफ्नै गुगल दिदी र क्राेम दाजु कति स्मार्ट छन । कति बौद्धिक र क्षमतावान छन् । मैले नजानेको सबै कुरा सिकाइदिन्छन । नसुनेको प्रिय अप्रिय सबै खबर सुनाइदिन्छन । देश देखि विदेश सम्म, गाउँ देखि सहर सम्म, मेरो घर देखि मेरो आफन्त, पराइ सबैको घर सम्म जोड्ने मेरो आफ्नै साथी मलाई धेरै प्यारो छ । जब म हतारमा हुन्छु मेरो साथीले ब्यालेन्स सकियाे भन्छ, ब्याट्री सकियाे भन्छ, वेटिङ र बिजी भन्छ ।
म पनि धेरै रिसालु छु यति धेरै मिल्ने साथी जो बिना एकपल पनि बाँच्न सक्दिन । एकैछिनमा छट्पटी सुरु हुन्छ उसैलाई कहिले काहीँ रिसले बाडाङ्बुडुङ पारेर पच्छार्छु । अनि रिस मरेपिछ उपचार पनि गर्न लग्छु । कति धेरै दर्जनौं साथी सुतेको सुतेइ भए कहिलै उठ्न सकेनन् । बाँकी आफू संग भएको साथी पनि कुच्चिएको छ, कोरिएको छ । तर पनि कति प्यारो छ । हिड्दा घुम्दा, खाँदा, बस्दा, सुत्दा हरेक पल म संगै हुन्छ । अझै रिसाएको छैन् बजिरहन्छ । मलाई चाहिएको देखाइरहन्छ, सिकाइरहन्छ छुट्टीएर एक छिन बस्न सकिदैन यति धेरै प्यारो साथी मेरो आफ्नै मोबाइल फोन हो । अब मेरो एउटा सपना छ iphone ब्राण्डको एउटा मोबाइल साथी भए उसलाई Wifi खोज्दिने र मलाई मन मिल्ने Wife खोज्ने । जय मोबाइल साथी ।