Top Navigation
शनिबार, माघ २१, २०७९ ११:२१:१२
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • स्थानीय सरकार
  • वडा
  • खेलकुद
  • मनाेरन्जन
  • प्रतिनिधि/प्रदेशसभा निर्वाचन २०७९
  • अन्य
    • व्यक्ति/व्यक्तित्व
    • विचार/व्लक
शनिबार, माघ २१, २०७९ ११:२१:१२
Kakhara सबैको खबर सम्पूर्ण खबर | News Portal from Rukum, Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • स्थानीय सरकार
  • वडा
  • खेलकुद
  • मनाेरन्जन
  • प्रतिनिधि/प्रदेशसभा निर्वाचन २०७९
  • अन्य
    • व्यक्ति/व्यक्तित्व
    • विचार/व्लक
  • ट्रेण्डिङ
  • #साँख गाउँ
  • #पापिनी मेला
  • #पापिनी विवाह
  • #भलिबल
  • #साँख
  • #अर्गानिक
  • #दिवा खाजामा लापरवाही
Search Here
विचार/व्लक
  • Home
  • विचार/व्लक
  • मसानघाटमा झण्डाको प्रतिस्पर्धा
मसानघाटमा झण्डाको प्रतिस्पर्धा
एस.पी. ढकाल
एस.पी. ढकाल शनिबार, पुस ३, २०७८
माया बेकरी माया बेकरी

       विषय प्रवेश
दिनहुँजसो  म आवतजावत गर्ने बाटोको छेउमै पर्थ्यो  शबदाह  स्थल । मान्छे नमरेको सायदै दिन हुन्थ्यो । एकदिन चितामा शव राख्ने अन्तिम तयारी थियो । मलामीहरू शव र चितातर्फ  नियाली रहेका थिए  । शोकले वातावरण चकमन्न थियो । आत्तिदै दुई जना आ-आफ्नो ठाउँबाट जर्याकजुरुक उठे । दुई जनाको होडबाजी नै चल्यो । खल्तीबाट पट्याएको कपडा निकाले । खल्तीको कपडा अरु  थिएनन् ।  पार्टी विशेष झण्डा थिए ।  अन्तस्  निलो ज्याकेटवालाले चलाखीपनमा बाजी मार्यो  । तोकिएको आकृति र रुप रङ्गको झण्डा शबमाथि ओढायो । उसले सबैलाई मौन धारण गर्न उर्दी जारी गर्यो । कतिले उर्दीको पालना गरे । कतिपयले गरेनन् ।  शिर निहुँर्याएर । शोकको भावसहित मौनधारण प्रकट गरे । केहीले जय नेपाल गर्न खोज्दै थिए । केहीले लालसलाम । शबमा राजनीतिक विभाजन देखियो  । झण्डा ओढाउन सफल पक्षमा विजयको भाव सञ्चरण भयो । अर्को पक्षले लेग्रो झारे । उनीहरूमा  निराशा र पराजयको भाव थियो । पराजयको महसुस गरेका  मलामीहरू उपस्थिति जनाएर  फर्कन थाले । अन्तिमसम्म बसेनन् । मलामीहरूको सङ्ख्या ह्वात्तै घट्यो । 

झण्डा के हो ? 
निश्चित आकार, ढङ्ग, ढाँचासहितको प्रतिकात्मक आकृति झण्डा हो । महान दार्शनिक कन्फ्युसियसले हजार शब्दको व्याख्या एक तस्बिरले गर्छ भने झैं  विभिन्न पाटा र पक्षको  सङ्केतात्मक व्याख्या गर्ने  आकृतिका  रूपमा झण्डालाई लिइन्छ ।  झण्डाको गरिमा र ओहदा विशिष्ट हुन्छ । झण्डा आस्थाको प्रतीक हो । गरिमा र गौरवको सङ्केत हो । चिनारी र पहिचानको द्योतक हो । यसले समुदाय, सङ्गठन र राष्ट्रको  पहिचान दिलाउँछ ।  राष्ट्रियताको रुपमा  वर्ग, समुदायको भावनासमेत उजागर गर्दछ । झण्डाले विरता र गौरवको भाव बोकेको  हुन्छ । 

झण्डाले आस्थाहरूको साझा प्रतिनिधित्व गर्दछ । आस्थाको प्रतीकका रूपमा समेत झण्डालाई लिइन्छ । यसले एकताको छहारीका रूपमा कार्य गर्दछ । सामूहिकताको विशिष्ट पहिचान दिलाउने माध्यम झण्डा हो । साझापनको चिनारी  व्यक्त गर्ने शक्तिका रूपमा समेत झण्डालाई लिन सकिन्छ ।    

झण्डाको महत्व
झण्डाले सामुहिकता प्रतिविम्बित गर्छ । राष्ट्रियता, वैचारिक साङ्गठनिक एकताको गरिमालाई उचो बनाउन झण्डाको विशेष महत्त्व रहन्छ ।  झण्डा हावामा उड्ने कपडाको केवल टुक्रा मात्र होइन ।  झण्डाले भावनात्मक पक्षको उजागर समेत गर्दछ । एकताको पक्षमा  जागरण ल्याउने शक्ति प्राप्त गर्नसमेत झण्डाले अहम् भूमिका खेल्दछ । दर्शनप्रतिको आस्था र विश्वासको धरोहरका रुपमा कार्य गर्न समेत झण्डाको  स्थान अग्र रहेको छ । 

विभिन्न विचार, सोच र चिन्तनलाई झण्डाले एकीकृत गर्छ । वीर रसको उत्पत्तिको स्रोतका रुपमा समेत झण्डालाई लिन सकिन्छ । समूह, सङ्गठनप्रति गर्व गर्न  र आस्थालाई चम्किलो बनाउने काम झण्डाले गर्दछ  ।  आस्थाको प्रतीकका रुपमा समेत हेरिने हुँदा झण्डाको गरिमा उच्च रहेको छ । यसको सम्मान र संरक्षणले आस्था सबलीकरण हुन्छ र जीवन्त बन्छ । वैचारिक, साङ्गठनिक उद्देश्यको विस्तृतीकरणका  लागि झण्डाको उपयोगिता प्रभावकारी हुन्छ । 

राजनीतिमा  झण्डाको प्रयोग
झण्डाको व्यापक प्रयोग विशेष गरी राजनीतिक क्षेत्रमा हुने गरेको छ । आन्दोलन, सभा समारोहदेखि हरेक राजनीतिक पार्टीका गतिविधिमा झण्डाको प्रयोग अधिक हुने गरेको पाइन्छ । मृत्यु हुँदा हिजोआज शबमा समेत झण्डा ओढाउने कार्यले व्यापकता पाएको छ । स्थानीय कार्यकर्ताहरूले शबमा झण्डा ओढाउने प्रतिस्पर्धा गरेको समेत देखिन्छ । मृत्युमा झण्डा ओढाउने न त कुनै मापदण्ड छ न त कुनै कार्यविधि नै १   आफ्नो राजनीतिक दलको मान्छे भन्दै तानातान गर्ने प्रवृत्तिमा बढोत्तरी हुन थालेको छ । गोप्य मतदान न हो कसले केमा मतदान गर्यो  पत्तो हुने कुरो भएन । अनुमानका भरमा आफ्नो पार्टीको भन्दै सहानुभूति प्रदान गर्ने अस्त्रका रुपमा झण्डा ओढाउने कार्यलाई लिन थालिएको छ । 

जथाभावी झण्डाको प्रयोगले यसकव गरिमा घटेको  छ । वास्तविक सम्मान भन्दा पनि विभाजन कायम गर्ने साधनका रूपमा झण्डा प्रयोग हुन थालेको छ । न त मृतक स्वयंले स्वघोषणा मार्फत झण्डाको माग गरेको हुन्छ न त कुनै किटान गरिएको उच्च जिम्मेवारी नै । हचुवाका भरमा झण्डाको सम्मान दिने कार्यले  सामाजिक सद्भाव खलबलिएको छ । सामाजिक एकतामा विभाजन ल्याएको छ । यसले दलको ट्याग लगाउन मन नपराउनेहरूका मनहरू कुडिएका छन् । एकताको सम्बन्ध चुँडिएको छ । राजनीतिक हिसाबकिताबले समवेदना हराउन थालेको छ । पलपलमा राजनीतिक नाफा घाटाको खोजीले प्रश्रय पाएको छ । 

दलका झण्डाहरू त  त्यहाँ फहराउनु पर्ने हो जहाँ गरिवका दुस्ख, पीडा  र समस्या छन् । अन्याय र अत्याचार छ । शोषण, विभेद र दमन छ । त्यसको खबरदारीमा झण्डा अघि सार्नुपर्ने हो । सभ्य, शान्त र समुन्नत समाज निर्माणको रखवारीमा प्रदर्शन हुनुपर्ने हो । विकास, समृद्धि र सुशासनका पक्षमा फहराउनु पर्थ्यो ।  तर त्यता कार्यमा झण्डा कामविहीन हुन थालेको छ । आवश्यक ठाउँमा झण्डाको प्रदर्शनी कटौती भएको छ । यसले गरिमामा गिरावट ल्याएको छ । 

मुसिकाेट नगरपालिका

दल विशेष झण्डाको परिस्थिति फरक बनेको छ । पछिल्लो समय दलका झण्डाहरू त मसान घाटमा पो बढी फहराउन थालेका छन् । मसानघाट जहाँ सुनसान अनि मसान मनोविज्ञान जागृत हुन्छ । ती मसानघाट  हिजोआज रङ्गी बिरङ्गी देखिन थालेका छन् । कयौं झण्डा लत्रिएका देखिन्छन् छन् त कयौं  बाटोमा कुल्चिएका पनि । मसानघाट आसपासको राजनीतिक बर्चस्व बुझ्न मसानघाट गए पुग्ने भएको छ । किनकी मसानघाटमा गाडिएका झण्डा अवलोकन गरे त्यस क्षेत्रको राजनीतिक दलको अस्तित्व र बाहुल्यता सहजै अनुमान गर्न सकिन्छ ।  

राजनीतिक दलको आयोजनामा  मृतकको घरमा श्रद्धाञ्जली सभा गर्ने प्रतिस्पर्धा पनि चलेको पाइन्छ । मृतकको राजनीतिक हैसियत र पृष्ठभूमिलाई ख्याल गरिदैन ।  कतिपयमा परिवार र आफन्तजनलाई अन्ठसन्ठ बनाएर श्रद्धाञ्जली सभाको आयोजना हुने गरेको पाइन्छ । ओल्लो घरमा श्रद्धाञ्जली सभाको आयोजना गर्दा पल्लो घरकोले भने नाक खुम्च्याउने प्रवृत्ति रहेको छ । एकले आयोजना गर्दा अर्को फरक दलमा आस्था राख्नेहरू उपस्थित नभएको पाइन्छ । जसले आयोजना गरे पनि समवेदना प्रकट गर्नु मानवीयताको सवाल हो । हरेक सोचाइ राजनीतिक विभाजन केन्द्रित हुन थालेका छन् । न त सोच फराकिलो बन्न सकेको छ न त विभाजनको मानसिकताको अन्त्य नै ।   यसले समाजमा मानवीय  समवेदना समेत हराउदै गएको आभास हुन थालेको छ । सस्तो राजनीतिक गन्ध मिसाउने प्रयासले आक्रोश, कुण्ठा र विभाजनलाई मलजल गरेको छ । सामाजिक एकता र सदभावलाई खलबल्याएको छ । 

अन्त्यमा, 
पछिल्लो समय सामाजिक जीवनमा राजनीतिक  विभाजन  पेचिलो बन्दै गएको छ । कोक्रोदेखि सुरु भएको विभाजन मसानघाटसम्म पनि देखिन थालेको छ । सामाजिक जीवनको क्षयीकरण हुँदै  गएको छ । मावन जीवनको अभिन्न अङ्ग विभाजन बन्न पुगेको छ । यसको गुञ्जायसलाई थेग्ने सामर्थ्य विकासको खाँचो महसुस भएको छ ।झण्डाको गरिमा कायम गर्न स्पष्ट हैसियत र योगदानको मापदण्ड निर्धारण गर्न जरुरी छ । कुनै पनि दलले झण्डा प्रयोग गर्ने कार्यविधि  बनाएको पाइदैन । झण्डाको गरिमा कायम गर्न झण्डा प्रयोग कार्यविधिको जरुरत देखिन्छ । मनोमानी र हचुवाका भरमा  झण्डाको प्रयोग आफैमा दुरुपयोग हो । बिरालोले मुसो कुरे जस्तै गरी झण्डा ओढाउदैमा राजनीति टिकाउ र बिकाउ हुन सक्दैन ।  राजनितिक प्रभावका लागि लाशमा विभाजनको स्थिति पैदा गर्नु राम्रो होइन । स्पष्ट दृष्टिकोण, अग्रगामी योजना र त्यसको मौलिक कार्यान्वयनले मात्रै राजनीतिक दलहरू बलिया र स्थायी बन्न सक्छन् । मानिस सामाजिक प्राणी हो । अघोषित सामाजिक आचारसंहिताको ख्याल पनि गर्नुपर्छ । मानवीय समवेदना गुमाउनु हुदैन । त्यसप्रति सबै सचेत र जिम्मेवार बन्न आवश्यक छ ।
 


प्रकाशित मिति: शनिबार, पुस ३, २०७८  १०:२९
चाैरजहारी चाैरजहारी
#विचार/व्लक
प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
  • Week
  • Month
पापिनी मेला भलिबलको उपाधि रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्रलाई
पापिनी मेला भलिबलको उपाधि रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्रलाई
मुसिकोट १४ मा ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, एक गम्भिर घाइते 
मुसिकोट १४ मा ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, एक गम्भिर घाइते 
आठबीसकोटको साजेबगरमा स्काभेटर दुर्घटना हुँदा चालक घाइते 
आठबीसकोटको साजेबगरमा स्काभेटर दुर्घटना हुँदा चालक घाइते 
साँखमा पापिनी विवाह (फोटो फिचर) 
साँखमा पापिनी विवाह (फोटो फिचर) 
सानीभेरी र रुकम पश्चिम भलिबल प्रशिक्षण केन्द्र फाइनलमा
सानीभेरी र रुकम पश्चिम भलिबल प्रशिक्षण केन्द्र फाइनलमा
त्रिजमाविका विद्यार्थीको निःशुल्क आँखा जाँच, दृष्टि दोष धेरै 
त्रिजमाविका विद्यार्थीको निःशुल्क आँखा जाँच, दृष्टि दोष धेरै 
भूमे ३ मा जेष्ठ नागरिक सम्मानित
भूमे ३ मा जेष्ठ नागरिक सम्मानित
भूमे गाउँपालिकामा कृषकलाई फलफूलका बिरुवा वितरण 
भूमे गाउँपालिकामा कृषकलाई फलफूलका बिरुवा वितरण 
मुसिकोट खलंगा बहुमुखी क्याम्पसमा पूर्व विद्यार्थी समाज गठन
मुसिकोट खलंगा बहुमुखी क्याम्पसमा पूर्व विद्यार्थी समाज गठन
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
सुन-चाँदि
सेयर बजार

सूचना विभाग दर्ता नं. २१५९/२०७७-०७८
Email: [email protected]
Phone: ९८२२९८२३४५ र ९८२२८८८२०६
अध्यक्ष: धनबहादुर खड्का
सम्पादक: मनिष खड्का
  • कखरा बारे
  • Kakhara सबैको खबर सम्पूर्ण खबर | News Portal from Rukum, Nepal
    • प्रतिनिधि/प्रदेशसभा निर्वाचन २०७९
    • स्थानीय तह निर्वाचन २०७९
    © Kakhara सबैको खबर सम्पूर्ण खबर | News Portal from Rukum, Nepal - 2023 All rights reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्