
रुकुम पश्चिमको मुसिकाकोट नगरपालिका वडा नम्बर ५ सेरिगाउँमा आयोजना गरिएको दोस्रो बुद्धिराज स्मृती कप खुला पुरुष डबल ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ । गत शनिबारबाट चलेको प्रतियोगिता आज सकिएको हो । ब्याडमिन्टन प्रतियोगिता विशाल विष्ट र शिखर केसीको टिम विजेता बनेको छ । उसले नगद २५ हजार रुपैयाँको साथमा कप, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।
उपविजेता बनेको कमल पुन र कुष्ण राणाको टिमले टिमले नगद १८ हजारको साथमा कप, मेडल र प्रमाणपत्र प्राप्त गर्दा सान्तवना भएको दुई टिम, जिवन पुन र सोनाम ओली तथा जनक खड्का र सञ्जय वस्नेतको टिमले समान ८/८ हजार रुपैयाँको साथमा कप, मेडल र प्रमाणपत्र प्राप्त गरको आयोजक मुसिकोट युवा क्लवका अध्यक्ष संगम खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार प्रतियोगितामा उत्कृष्ट खेलाडी शिखर केसी बन्नुभएको छ । उहाँलाई कप र प्रमाणपत्र प्रदान गरिएको थियो । प्रतियोगितामा २४ टिमले प्रतिस्पर्धा गरेका थिए ।
स्वर्गीय बुद्धिराज शर्माको सम्झनामा उहाँका छोरा महेन्द्र, दिनेश र अशोक तथा गौतम परिवारको समन्वयमा मुसिकोट युवा क्लव मुसिकोट ५ सेरिगाउँले प्रतियोगिता आयोजना गरेको हो । गत वर्षदेखि बुद्धिराज स्मृती कपको सुरुवात गरिएको थियो । बुवाको सम्झना स्वरुप खुला पुरुष डबल ब्याडमिन्टन प्रतियोगिता आयोजना गरिएको स्वर्गीय बुद्धिराजका जेठा छोरा महेन्द्र गौतमले जानकारी दिनुभयो । आगामी वर्षहरुमा खेल मैदानलाई थप व्यवस्थित गरेर प्रतियोगितालाई संचालन गर्ने गरी तयारी गरिरहेको उहाँको भनाई थियो । खेल मैदानलाई थप व्यवस्थित गर्न आर्थिक रुपमा सहयोग गर्न पनि उहाँले सवैलाई आग्रह गर्नुभयो । समापन कार्यक्रमको अवसरमा खेल अवधिभर सहयोग पुर्याउने विभिन्न व्यक्तिलाई सम्मान पत्रले सम्मान समेत गरिएको थियो ।
स्वर्गीय बुद्धिराजका जेठा छोरा महेन्द्र गौतमको अध्यक्ष्यतामा भएको समापन कार्यक्रममा पुर्व मुसिकोट नगर प्रमुख देविलाल गौतमको प्रमुख आतिथ्यता रहेको थियो । त्यस्तै मुसिकोट नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष समिरजङ मल्ल र समाजसेवी बुद्धिप्रसाद शर्माको विषेश आतिथ्यता रहेको थियो । त्यसैगरी अन्य अतिथिहरुमा पुर्व जिल्ला शिक्षा अधिकारी धर्मराज केसी, पुश अस्पताल तथा पशु सेवा कार्यालयका निमित्त प्रमुख ज्ञानुकुमार शर्मा, यातायता सेवा व्यवस्था कार्यालयका चौरजहारीका प्रमुख मोहनकुमार केसी, आहा संचार साप्ताहिकका पत्रिकाका सम्पादक मेगराज खड्का, प्रेस सेन्टर नेपालका जिल्ला अध्यक्ष मनिष खड्का लगायतको आतिथ्यता रहेको थियो । कार्यक्रमको संचालन पत्रकार बलेन्द्र ओलीले गर्नुभको थियो ।