Kakhara सबैको खबर सम्पूर्ण खबर
एसपिएलः गोपाल केसी बने प्लेयर अफ द सिरिज

रुकुम पश्चिमको सानीभेरी गाउँपालिका वडा नम्बर ३ बेल्टापुमा सञ्चालित प्रथम सानीभेरी प्रिमियर लिग (एसपिएल)को प्लेयर अफ द सिरिज टिम भिमराजका गोपाल केसी बनेका छन् । एसपिएलको उपाधि टिम भिमराजले जितेको थियो । आफ्नो टिमलाई उपाधि दिलाउन महत्त्वपूर्ण भूमिका खेलेका केसी प्लेयर अफ द सिरिज बनेका हुन् । उनले बलिङ, ब्याटिङ तथा फिल्डिङमा उत्कृष्ट प्रदर्शन गरेका थिए । उनले नगद ५ हजार, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।

त्यस्तै प्रतियोगिताको वेस्ट बलर चौरजहारीका कप्तान विवश गिरी घोषित हुँदा वेस्ट ब्याट्सम्यान टिम भिमराजका कप्तान शङ्कर बुढा घोषित भए । उनीहरूले ट्रफि सहित समान २ हजार नगद पुरस्कार पाएका छन् । सबै खेलका म्यान अफ द म्याचलाई १ हजार नगद र मेडल प्रदान गरिएको थियो । आइतबार भएको फाइनलमा चौरजहारी नगरपालिकालाई ८७ रनले पराजित गर्दै दाङ तुलसीपुरको टिम भिमराजले उपाधि जितेको थियो ।    

प्रकाशित मिति: सोमबार, असोज २७, २०८२  १३:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update