Top Navigation
मंगलबार, चैत ७, २०७९ १२:३८:५७
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • स्थानीय सरकार
  • वडा
  • खेलकुद
  • मनाेरन्जन
  • अन्य
    • व्यक्ति/व्यक्तित्व
    • विचार/व्लक
मंगलबार, चैत ७, २०७९ १२:३८:५७
Kakhara सबैको खबर सम्पूर्ण खबर | News Portal from Rukum, Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • स्थानीय सरकार
  • वडा
  • खेलकुद
  • मनाेरन्जन
  • अन्य
    • व्यक्ति/व्यक्तित्व
    • विचार/व्लक
  • ट्रेण्डिङ
  • #पल शाह
  • #स्ववियु निर्वाचन
Search Here
विचार/व्लक
  • Home
  • विचार/व्लक
  • मुसीकोट नगर सरकार र अबको गठवन्धन 
मुसीकोट नगर सरकार र अबको गठवन्धन 
कखरा संवाददाता
कखरा संवाददाता मंगलबार, भदौ २१, २०७९
Dal khadka.jpg

मुसीकोट नगर कार्यपालिका भित्र नेकपा माओवादी केन्द्रको स्पष्ट बहुमत सहित नगरपालिका उप–प्रमुखमा नेकपा एकीकृत समाजवादीको विजयसंगै अल्पमत सहित नेपाली कांग्रेस विजय हुँदा लाग्थ्यो माओवादी केन्द्रले सबै गुमायो, छत्यानास भयो, अब केही बाँकी रहेन । अर्को तर्फ नेपाली कांग्रेसलाई लाग्नथाल्यो के के न हुन्छ, पहाडै खस्छ, सुति–सुति खान पुग्छ । ५ दलीय राष्ट्रिय गठबन्धनको मर्म विपरित कांग्रेसले नेकपा एमालेसंग गठबन्धन गरि आफुले नगर प्रमुख जित्न त सफल भयो त्यो पनि मत संख्याले होईन प्राविधिक कारणवाट । तर नेकपा एमालेलाई कांग्रेसले भोट नदिएपछि एमालेलाई केही फाइदा भएन् । अल्पमतै भएपनि विजयको उभार सेलाउन नपाउदै एक पछि अर्को असफलताले कांग्रेस पक्कै पनि आजित भएसकेको हुनु पर्छ । पार्टी भित्रको गुट, अन्तरविरोध संगै राजनीतिक अपरिपक्वता र असक्षमताबाट ग्रसित कांग्रेस डेङ्गु ज्वरोवाट थलिएको विरामी जस्तो थला पर्ने निश्चित प्राय भएको छ । फलामका चिउरा चपाउन नपाउदै दाँतवाट पसिना खलखल्ती भएकी भन्ने अनुमान छ । शुरुका समयमा पर्ख र हेर, जस्तालाई त्यस्तै, राम्रो गरौली माई आफैलाई भने झै नेकपा माओवादी केन्द्रका कार्यपालिका सदस्यहरुले नगर प्रमुखलाई निकै सहयोग गरेको देखिन्थ्यो । नेपालको संविधानको मर्म अनुसार स्थानीय सरकारमा प्रमुख नगर प्रमुख हुने र प्रमुख प्रतिपक्ष दलको भुमिकाको कतै पनि गन्ध नरहने गरि कल्पना गरिएको छ । समय र परिस्थिति अनुसार विषय, प्रसङ्ग र एजेण्डाका आधारमा बहुमत अल्पमत हुने व्यवस्था छ । नगर प्रमुखको सक्षमताका आधारमा सहकार्यवाट एजेण्डाहरुलाई स्थापित र कार्यान्वयन गर्नका लागि बहुमतवाट निर्णय गराउनु अपरिहार्य छ । यसबाहेक नगर प्रमुखको नाक अगाडी र तिघ्रा पछाडी सिस्नु झुण्ड्याएको हुन्छ । कानुनत् सिस्नु हटाउन पाईदैन बरु मलजल गरेर प्रजातन्त्रको गरिमा बढने गरि सजाउनु पर्ने व्यवस्था छ । तर काँग्रेसले सिस्नु हटाएरै भएपनि काम गर्नु पर्छ भन्ने अवधारणावाट अगाडी बढि अप्रजातान्त्रिक, निरङ्कुश, किर्ते र मनोगत ढंगवाट काम शुरु गरेपछि नगरपालिका कार्यालय वा समग्रमा नगर सरकार पुरै असफल र अनिर्णयको वन्दी हुदै एउटा दुखान्त यात्रा तर्फ अगाडी बढि रहेको छ । 

यदी एमाले कांग्रेसले गठबन्धन गर्न चाहे भने एमालेको भागमा प्रदेश ‘ख’ नै पर्ने छ र फेरी पनि एमाले बलीको बोको हुदै कांग्रेसलाई बुई चढाउन वाध्य भएर अन्तत् संगठन नै धरापमा पार्ने जुवा खेल्न तयार हुने अवस्था छैन । यस्तो कुबुद्धि एमालेमा पटक पटक नआउला भन्ने आँकलन छ ।

नगर सरकारको पूर्ण गठन पश्चात बहुमतमा रहेका नेकपा माओवादी र समाजवादीका सदस्यहरुले सृजनशिलता अपनाउदै विभिन्न निर्णयहरु गर्नका लागि कांग्रेसलाई साथ दिदै बजेट निर्माणसँगै पास गर्ने प्रक्रियासम्म निकै सहयोग गरेको देखिन्छ । माओवादी केन्द्रको यसप्रकारको साथ सहयोग पाएपछि कांग्रेसको गलत बुझाईका कारण हेपेर, पेलेर, समन्वय गरेर, कानुन मिचेर वा किर्ते गरेर जुन विधि अपनाएर भएपनि निर्वाचनका समयमा भोट माग्दा जनता सामु प्रस्तुत गरेका एजेण्डाहरुलाई संस्थागत गर्ने मनशाय अगाडी बढाएको छ । मुसीकोट नगरपालिकाको कार्यालय खलंगामा सार्ने, अघिल्लो सरकारले राखेका करार र अस्थायी कर्मचारी हटाएर आफ्ना निकटका कार्यकर्ता भर्ति गर्ने, स्थायी कर्मचारीहरु मध्य कसैलाई कार्यकारी अधिकृत बनाउने, कसैलाई शाखा/फाँटको प्रमुख बनाउने, नगरपालिका र जिल्ला बाहिर रहेका आफ्नो निकट कर्मचारीलाई नगरपालिकामा ल्याउने, आफ्ना निकट व्यापारी, उद्योगी, ठेकेदारहरुसंग कारोबारो अगाडी बढाउने जसमा उनिहरुले प्रस्ताव गरेको दर रेट स्वीकृति गर्ने, आफ्ना कार्यकर्ताको लागि रोजगारी तथा अनुदान प्रदान गर्ने व्यवस्था मिलाउने, आफ्नै प्रअ, आफ्नै विव्यस अध्यक्ष, आफ्नै उपभोक्ता समिति गराउने जस्ता थुप्रै एजेण्डा थिए । यि एजेन्डाहरु असान्दर्भिक त होईनन आजको राजनीतिक परिदृष्य भित्र सामान्य एजेण्डाको रुपमा लिन सकिन्छ तर ठिक यसकै उल्टो पुर्व सरकार प्रमुख रहेको माओवादी केन्द्र र गठबन्धनको साझेदार नेकपा एकीकृत समाजवादीको पनि आफ्ना एजेण्डाहरु थिए । पुर्व सरकारले गरेका कामहरुलाई निरन्तरता दिने, योजनाहरुलाई निरन्तरता दिने, कर्मचारीहरुलाई निरन्तरता दिने, प्रअहरु, वि.व्य.स लाई निरन्तरता दिने, आफ्ना निकटकाहरुलाई रोजगारी, स्वरोजगार, अनुदान आदि एजेण्डाहरु हुन सक्छन । यिनै र उस्तै उस्तै एजेण्डाहरुलाई संस्थागत गर्नका लागि कस्ले कस्तो पहल गर्ने, कस्तोखालको रणनीति लिने र कसरी आफ्ना एजेण्डाहरु स्थापित गर्ने लडाईको विचमा कांग्रेस एक पछि अर्को गर्दै असफलताको भुमरीमा परिरहेको छ । 

विगतमा कांग्रेसले देखाएको चरित्रको मध्यनजर गर्दै यस पटक कांग्रेस–माओवादी गठवन्धनले संघ र प्रदेश ‘ख’ मा माओवादी उम्मेदवार उठाउने एवं प्रदेश ‘क’ मा नेपाली कांग्रेसको उम्मेदवारलाई समर्थन गर्ने झिनो सम्भावना देखिन्छ । पहिलो कुरा त रुकुम कांग्रेसको चरित्रले के देखाउँदछ भने माओवादी केन्द्र एक्लै चुनाव लडने छ ।

केही कुराहरु, कानुनसम्मत होलान, केही पहलकदमी र समन्वयसंग सम्वन्धित होलान । जे भएपनि मुसीकोट नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी खोसेर कांग्रेसले समस्या र विवादको विजारोपन ग¥यो । त्यसका विरुद्ध माओवादी केन्द्र र समाजवादीले पनि प्रमुख प्रशासकीय अधिकृतको पुनःस्र्थापना, निमित्त प्रमुख प्रशासकीय अधिकृतले गरेका निर्णयहरुलाई कार्यान्वयन हुन सकेनन, कर्मचारी विचमा फुट हुनु, कर्मचारीको कार्यसम्पादन शैली र व्यवहारमा जनता प्रतिकुल व्यवहार अगाडी बढन सक्ने जस्ता घटनाहरु अघि वढिरहेका छन् । अझै पनि यि घटनाहरु दोहोरीरहने र नगरपालिका अनिर्णयको वन्दी हुनसक्ने खतरा छ । यसवाट समग्रमा मुसीकोटको विकास, समृद्धि र न्याय सम्पादनमा अवरोध सृजना भएपछि मुसीकोट नगरपालिकाले ऐतिहासिकरुपमा असफलताको पगरी नलगाई सुख पाउदैन भने यसको सबै अपजस नगर प्रमुखले लिनुपर्ने हुन्छ । यो असफलताको अपजस लिने जिम्मेवारी नगर प्रमुखको भएपछि कांग्रेस भित्र पनि उनलाई असफल नगर प्रमुखको अर्को पगरी लगाईदिन एउटा गुट तम्तयार भएर भसेकै होला । 

आगामी मंसीर ४ मा हुने प्रदेश सभा र संघीय संसदको निर्वाचनका लागि कांग्रेस–माओवादी लगाएत ५ दलिय गठबन्धनको चटारो पनि अगाडी बढिरहेको छ । लोकतान्त्रिक गणतान्त्रिक व्यवस्थाको रक्षा एवं संस्थागत विकासका सन्दर्भमा पछिल्लो घटना क्रमलाई हेर्ने हो भने राष्ट्रिय स्तरमा नेकपा माओवादी केन्द्रको सहकर्मी दलका रुपमा कंँग्रेस नै हो । केपीे ओलीको तानाशाही प्रवृत्ति र व्यवस्था प्रतिको उदाशिनतावाट झन्डै दुई तिहाईको नेकपा फुटमा पुग्यो । व्यवस्था प्रति अलि उत्तरदायी भएर नेपाली कांग्रेस लागेको देखिएपछि गठवन्धनको सरकार बनाउदै स्थानीय तह निर्वाचनसम्म आंशिक रुपमा गठवन्धन भएको हो । यो गठवन्धन अगाडी बढिरहोस भन्ने शुभकामना दिनु नै सान्दर्भिक छ । तथापी रुकुम पश्चिम जिल्ला प्रदेश सभा ‘क’ मा भने अवस्था फरक छ । विगतमा कांग्रेसले देखाएको चरित्रको मध्यनजर गर्दै यस पटक कांग्रेस–माओवादी गठवन्धनले संघ र प्रदेश ‘ख’ मा माओवादी उम्मेदवार उठाउने एवं प्रदेश ‘क’ मा नेपाली कांग्रेसको उम्मेदवारलाई समर्थन गर्ने झिनो सम्भावना देखिन्छ । पहिलो कुरा त रुकुम कांग्रेसको चरित्रले के देखाउँदछ भने माओवादी केन्द्र एक्लै चुनाव लडने छ । सहकार्य र गठवन्धनको मर्म अनुसार नेकपा एकीकृत समाजवादीलाई साथमा लिएर पनि जानसक्छ उस्तै परे कम्युनिष्ट शक्तिका रुपमा एमालेलाई पनि स्वीकार गरेर अगाडी बढन सक्छ । किनकी कांग्रेस र एमालेको रुकुम पश्चिममा सहकार्यको सम्भावना छैन । यदी एमाले कांग्रेसले गठबन्धन गर्न चाहे भने एमालेको भागमा प्रदेश ‘ख’ नै पर्ने छ र फेरी पनि एमाले बलीको बोको हुदै कांग्रेसलाई बुई चढउन वाध्य भएर अन्तत् संगठन नै धरापमा पार्ने जुवा खेल्न तयार हुने अवस्था छैन । यस्तो कुबुद्धि एमालेमा पटक पटक नआउला भन्ने आँकलन छ । कांग्रेसले कुनै पनि हालतमा पहिलो प्रयास प्रदेश ‘क’ का लागि गर्ने छ । दोस्रो प्रयास एमालेसंग मिलेर माओवादी केन्द्रसंग लडने छ । यदी यि दुवै भएन भने माओवादीलाई समर्थन गर्ने अवस्था आयो भने कांग्रेसले स्वतन्त्रका नाममा अर्को नाटक गर्ने छ । यस्तो मनसायबाट विकसित कांग्रेसलाई माओवादी केन्द्रले किन निःशर्त सहयोग गर्ने त ? आँफैलाई भए हुने अन्यथा नहुने मनोवृत्तिवाट र गठबन्धनको मर्मभन्दा बाहिरवाट अगाडी बढने रुकुमको काँग्रेसलाई पनि सोही बमोजिम झापड हान्ने मनासायले माओवादी कार्यकर्ता अगाडी बढेको देखिन्छ । रुकुम पश्चिममा कांग्रेसले ठुलो र मुखतिरको भागको आशाले अगाडी बढदा परिणाम आफ्नो खुट्टामा बन्चरो, आफुले खनेको खाडलमा आफै पर्ने जस्तो भयो । 

जे सुकै भएपनि घटना प्रवृत्तिले रुकुम पश्चिम प्रदेश ‘ख’ मा कुनैपनि समस्या नदेखिएको, माओवादी केन्द्र बाहेक अरु एकजुट भएपनि माओवादी केन्द्र दोब्वर मतवाट विजय हुने देखिन्छ भने प्रदेश ‘क’ मा पनि गठवन्धनको सम्भावना नभएको, केन्द्रवाट तोकिआएमा पनि मान्य नहुने, स्वतन्त्रलाई भएपनि सहयोग गर्ने मनोविज्ञानको विकास भईरहेको अवस्थामा यस पटकको निर्वाचन पनि नेपाली कांग्रेसको लागि आकाशको फल आँखा तरि मर भन्ने उखान जस्तै हुने सम्भावना बढिरहेको छ ।

विगत देखि रुकुममा कांग्रेसको दादागिरी, हेपाहा प्रवृत्ति, सामन्ति सोचका कारण जनयुद्ध र शान्ति प्रक्रियापछि रुकुम माओवादी आधार इलाका बन्न पुग्यो । प्रजातन्त्र पुनःस्थापना पछि र जनयुद्ध शुरु भएपछि रुकुमको कांग्रेसले यस जिल्लाका कम्युनिष्टहरुप्रति गरेको तुच्छ र निरङ्कुश व्यवहार मापन योग्य छैन । ज्यादतीको कुनै सिमा छैन् । एकाधिकारवादी, सामन्ती सोच र संगठित अपराधिकरणमा जगडिएको कांग्रेस नेतृत्वबाट लामो समय रुकुमको राजनीतिक नेतृत्व गर्दासम्म सल्ले विमानस्थल बाहेक अन्य पुर्वाधार विकासमा खासै पहुँच प्रयोग गरेको देखिएन । यिनै विविध कारणवाट रुकुमको कम्युनिष्ट आन्दोलन निकै विकसित भयो र आधार इलाकाका रुपमा स्थापित भयो । यसक्रममा एकात्मक सामन्ती शाषण व्यवस्था र ज्यादतीका विरुद्ध शुरु गरिएको जनयुद्धका क्रममा केही रुकुमेली कांग्रेस नेता तथा कार्यकर्ता गुमाउदा त्यसको सयौं गुणा माओवादी कार्यकर्ता गुमाई पिडाभोग गरेको जिल्लामा बैचारिक राजनीतिक द्धन्द्ध अझै सम्पन्न भएको महशुस हुदैन । रुकुमको अग्रणी पार्टीको हैसियतले यस पार्टीका नेता कार्यकर्ताहरुले समय सापेक्ष अभिभावकत्व ग्रहण नगरेको पनि होईन तर रुकुमको कांग्रेस अझै प्रतिशोधमा अल्झिएको छ । 

महाेत्सव

यस पटक नेपाली कांग्रेस रुकुम पश्चिम प्रदेश ‘क’ वाट सिफारिसमा परेका सम्भावित उम्मेदवार कृष्णबहादुर रोकाय स्थानीय तह चुनावमा गठबन्धनमा रुचि नराखी माओवादीलाई धोका दिएको कारणबाट माओवादी कार्यकर्ता कुनै पनि हालतमा उनलाई स्वीकार नगर्ने मनस्थितिमा छन् । अर्को तर्फ नेकपा माओवादी केन्द्रका प्रदेश ‘क’ मा सम्भावित उम्मेदवार महेन्द्र केसी ‘पारषमणी’ निकै सरल, जुझारु, निष्कलंक, निर्विवादित राजनीतिक सत्ता र शक्तिमा पीडित मानिन्छन् । यसै कारणबाट सबै माओवादी केन्द्र निकट कार्यकर्ताहरु मात्र नभई नेकपा (विप्लव निकट) कार्यकर्ताहरु, नेकपा समाजवादी र नेकपा एमाले निकटका पनि सहानुभुतीका पात्रको रुपमा चिनिन्छन् । स्थानीय तहमा धोका पाएको हिसाब प्रदेश र संघवाट एकमुष्ट असुल गर्ने मनसाय बोकेका माओवादी केन्द्र निकट कार्यकर्ताहरुलाई यस पटक स्वतन्त्र उम्मेदवार स्वीकार होला तर कांग्रेसका उम्मेदवार स्वीकार छैन भन्ने संकेत देखिसकिएको छ । तत्कालिन गठवन्धनमा अलि इमान्दार देखिएका कांग्रेस नेता मानवहादुर नेपालीले समानुपातिकमा दाबी गरेपछि केही इमान्दार माओवादी केन्द्र निकट कार्यकर्तालाई अझ सजिलो महशुस भएको छ । जे सुकै भएपनि घटना प्रवृत्तिले रुकुम पश्चिम प्रदेश ‘ख’ मा कुनैपनि समस्या नदेखिएको, माओवादी केन्द्र बाहेक अरु एकजुट भएपनि माओवादी केन्द्र दोब्वर मतवाट विजय हुने देखिन्छ भने प्रदेश ‘क’ मा पनि गठवन्धनको सम्भावना नभएको, केन्द्रवाट तोकिआएमा पनि मान्य नहुने, स्वतन्त्रलाई भएपनि सहयोग गर्ने मनोविज्ञानको विकास भईरहेको अवस्थामा यस पटकको निर्वाचन पनि नेपाली कांग्रेसको लागि आकाशको फल आँखा तरि मर भन्ने उखान जस्तै हुने सम्भावना बढिरहेको छ । विगत स्थानीय तहमा भएको धोकाको इतिहासले मंसीर ४ नेपाली कांग्रेस रुकुम पश्चिम ‘क’ का उम्मेदवारलाई भुतले खाना खाने समय जस्तो हुने पक्का छ । मुसीकोट र बाँफिकोट नगर/गाँउ कार्यपालिकाका प्रमुखलाई यस पटकको सरकार अफ्ठेरोमा चलाए जस्तो भएको छ । सरकार चलाउने कुरा हात्ती आयो हात्ती आयो फर्केर गयो हुने देखिन्छ । भिरवाट लडने गोरुलाई वेष्ट अफ लक भन्ने भन्दा अरु केही कसैको लाग्छ कि लाग्दैन डिग्रे शाईकुमारीलाई बोका चढाएर सोध्दा कसो होला ?  


प्रकाशित मिति: मंगलबार, भदौ २१, २०७९  ११:४३
#विचार #व्लग #दलबहादुर खड्का
प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
  • Week
  • Month
पल शाहलाई हेर्न रुकुम पश्चिममा मानव ‘सागर’ उर्लियो (भिडिओ सहित)
पल शाहलाई हेर्न रुकुम पश्चिममा मानव ‘सागर’ उर्लियो (भिडिओ सहित)
जेल मुक्त भएपछि पल शाह पहिलो पटक आज रुकुम महोत्सवमा आउँदै  
जेल मुक्त भएपछि पल शाह पहिलो पटक आज रुकुम महोत्सवमा आउँदै  
रुकुम महोत्सवमा मंगलबार ज्योती मगर आउने 
रुकुम महोत्सवमा मंगलबार ज्योती मगर आउने 
ज्याेती मगरलाई हेर्न खचाखच दर्शक !
ज्याेती मगरलाई हेर्न खचाखच दर्शक !
रूकुम महाेत्सवमा बुधबार पल शाह आउने
रूकुम महाेत्सवमा बुधबार पल शाह आउने
मुसिकोट ३ का लोकबहादुर चैत्र १ देखि वेपत्ता 
मुसिकोट ३ का लोकबहादुर चैत्र १ देखि वेपत्ता 
रुकुम महोत्सवमा आज एलिना चौहानको प्रस्तुति रहने 
रुकुम महोत्सवमा आज एलिना चौहानको प्रस्तुति रहने 
स्ववियु निर्वाचनः रुकुम पश्चिमका तीन क्याम्पसमा मतदान, मत गणना सुरु
स्ववियु निर्वाचनः रुकुम पश्चिमका तीन क्याम्पसमा मतदान, मत गणना सुरु
एलिना चौहानलाई हेर्न झरीका विच पनि मान्छे ओइरिए (भिडिओ सहित)
एलिना चौहानलाई हेर्न झरीका विच पनि मान्छे ओइरिए (भिडिओ सहित)
बार एशोसियसन रुकुम पश्चिमको अध्यक्षमा खड्का 
बार एशोसियसन रुकुम पश्चिमको अध्यक्षमा खड्का 
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
सुन-चाँदि
सेयर बजार

सूचना विभाग दर्ता नं. २१५९/२०७७-०७८
Email: [email protected]
Phone: ९८२२९८२३४५ र ९८२२८८८२०६
अध्यक्ष: धनबहादुर खड्का
सम्पादक: मनिष खड्का
  • कखरा बारे
  • Kakhara सबैको खबर सम्पूर्ण खबर | News Portal from Rukum, Nepal
    • स्थानीय तह निर्वाचन २०७९
    © Kakhara सबैको खबर सम्पूर्ण खबर | News Portal from Rukum, Nepal - 2023 All rights reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्