Kakhara सबैको खबर सम्पूर्ण खबर
जेन–जी आन्दोलन बेलाका सरकारका जिम्मेवार व्यक्तिलाई छानविन गर्न नेविसंघ रुकुम पश्चिमको माग

नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ रुकुम पश्चिमले जेन–जी आन्दोलन बेलाका सरकारका जिम्मेवारी व्यक्तिलाई छानविन गर्न माग गरेको छ । शुक्रबार जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिम मार्फत सरकारलाई ज्ञापन पत्र बुझाउँदै नेविसंघले कारबाहीको माग गरेको छ ।

भाद्र २३ र २४ गतेका घटनाहरूको सन्दर्भमा तत्कालीन नेपाल सरकारका जिम्मेवार व्यातिहरुलाई निष्पक्ष, स्वतन्त्र र पारदर्शी छानविन गर्न माग गर्दछौँ, साथै जाचबुझ आयोगलाई सरकारको पूर्ण सहयोग हुनुपर्छ । राष्ट्रिय मानवअधिकार आयोगले समेत संवेदनशील घटनामा स्वतन्त्र र प्रभावकारी छानविन आवश्यक रहेको बताउँदै आएको छ, ज्ञापन पत्रमा भनिएको छ । 

त्यस्तै आयोगका सिफारिसहरूको कार्यान्वयनले न्यायिक विश्वास र सार्वजनिक भरोसा दुवै पुनस्र्थापित गर्ने भएतापनि जाचबुझ आयोगको कार्यदिश स्पष्ट हुन नसकेको, आयोगको नेतृत्वको निष्पक्षता माथी प्रश्न उठेका कारण जाचवुझ आयोग, मानव अधिकार आयोगको सिफारिस र आन्दोलनमा घुसपैठ गरी फौजदारी कसूर जन्य कार्यहरुमा संग्लग उपर सुरु अनुसन्धान र कारबाही गर्ने नियाकलाई हस्तक्षेप रहित कार्यसम्पादन स्वतन्त्रताको सुनिश्चितता गर्न नेविसंघको माग छ ।

जेन–जी आन्दोलन पश्चात गठन भएको अन्तरिम सरकारले उक्त आन्दोलनको भावना र मर्मलाई आत्मसात् गर्दै आफैबाटै पारदर्शिता र जवाफदेहिताको उदाहरण प्रस्तुत गर्नुपर्ने संगठनको बुझाई रहेको नेविसंघले बताएको छ । 

साथै नेविसंघले अन्तरिम सरकारमा रहेका प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का सदस्यहरूलाई आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्न पनि माग गरेको छ । त्यस्तै वि.स. २०४६ सालदेखि हालसम्म राष्ट्रका विभिन्न महत्वपूर्ण जिम्मेवारी सम्हालेका र हाल कार्यरत उच्च पदस्थ नेता, कर्मचारी, न्यायाधीश, सुरक्षा संयन्त्रका प्रमुख, तथा प्रशासनिक न्यायिक आयोगहरूमा कार्यरत प्रशासकहरू साथै स्थानीय सरकारका प्रमुख एवं उप–प्रमुखहरूको सम्पत्तिको निष्पक्ष छानबिन गर्ने व्यवस्था मिलाउन समेत सरकार समक्ष माग गरेको छ । 

नेविसंघले जेन–जी आन्दोलनमा घुसपैठ गरी राष्ट्रपति भवन, सिंहदरवार, संसद भवन, सर्वोच्च अदालत, विभिन्न मन्त्रालयहरू, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, मातहतका अदालतहरू, मालपोत कार्यालयहरू, प्रदेश सरकारका कार्यालयहरू, प्रहरी कार्यालयहरू, स्थानीय तहका पालिका भवन तथा वडा कार्यालयहरू जस्ता जनतालाई दैनिक सेवा र सुरक्षा प्रदान गर्ने प्रशासनिक, भौतिक तथा ऐतिहासिक संरचनाहरूमा तोडफोड, आगजनी, लुटपाट, विध्वंस र अन्य आपराधिक गतिविधि गर्ने व्यक्तिहरूलाई कारबाहीको माग गरेको छ 

भाद्र २४ गतेका अपराधिक तथा हिंसात्मक घटनाहरूलाई भड्काउने गरी टिप्पणी गर्ने, भिडलाई उत्तेजित बनाउने काठमाडौं महानगरपालिका नगर प्रमुख बालेन्द्र शाह, हामी नेपाल संस्था सँग आवद्ध सुदन गुरुङ लगायत सामाजिक सञ्जाल र विभिन्न माध्यमवाट मिध्या सूचना, भ्रामक प्रचार तथा अफवाह फैलाउने कार्यमा संलग्न व्यक्तिहरूलाई पनि अनुसन्धानको दायरामा ल्याई कानुनी कारवाही गर्न माग उसको माग छ । 

संगठनका जिल्ला सभापति हेमराज केसी लगायतको टोलीले प्रमुख जिल्ला अधिकारी दिनेशप्रसाद थानीलाई ज्ञापन पत्र बुझाएको हो ।

प्रकाशित मिति: शनिबार, कात्तिक १, २०८२  २१:००
प्रतिक्रिया दिनुहोस्
Weather Update