Top Navigation
आइतबार, चैत १९, २०७९ ०१:२६:०७
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • स्थानीय सरकार
  • वडा
  • खेलकुद
  • मनाेरन्जन
  • अन्य
    • व्यक्ति/व्यक्तित्व
    • विचार/व्लक
आइतबार, चैत १९, २०७९ ०१:२६:०७
Kakhara सबैको खबर सम्पूर्ण खबर | News Portal from Rukum, Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • स्थानीय सरकार
  • वडा
  • खेलकुद
  • मनाेरन्जन
  • अन्य
    • व्यक्ति/व्यक्तित्व
    • विचार/व्लक
  • ट्रेण्डिङ
  • #मुसिकाेट
  • #आराेप
  • #स्वेच्छाचारी
Search Here
विचार/व्लक
  • Home
  • विचार/व्लक
  • अध्यक्ष प्रचण्डलाई रुकुमबाट सुझाव पत्र
अध्यक्ष प्रचण्डलाई रुकुमबाट सुझाव पत्र प्रचण्डलाई खुला चिठ्ठी
दलबहादुर खड्का
दलबहादुर खड्का सोमबार, असोज १०, २०७९

श्रद्धेय अध्यक्ष क. अभिवादन । क. हामीलाई मानसिक रुपमा सन्चो छैन । पक्कै पनि तपाईलाई यस्तै होला निकै ठुलो दबाब र तनावमा हुनुहुन्छ होला । तपाइलाई राष्ट्र, पार्टी र व्यवस्था बचाउने अभियानको तनाव छ होला, हामीलाई रुकुमको क्रान्तिकारी स्प्रिडको धार बचाउने तनाज छ । पत्रमा जे जस्तो लेखेको छु एक क्रान्ति नायकले मजासंग पचाउन सक्छ र समय सापेक्ष निर्णायक मोडमा सही निर्णय गर्न सक्छ एवं नायकले सहजरुपमा बुझ्न सक्छ भन्ने विश्वासले रुकुमेली जनताको तर्फवाट सुझावका लागि यो पत्र लेख्दै छु । 

श्रद्धेय अध्यक्ष क. महान जनयुद्धको महासंग्रामको नेतृत्व गर्दै संघिय लोकतान्त्रिक गणतन्त्र नेपालको २०७४ को संघिय निर्वाचनसम्म आईपुग्दा तपाईले उठाएका ऐतिहासिक कदम समग्रमा व्यवस्था बचाउनका लागि कम्युनिष्ट आन्दोलनका उपलब्धीहरुलाई रक्षा गर्नकै लागि थिए भन्ने कुरामा दुइमत त छैन तर पनि केही घटना र पहल कदमीहरुले कतै न कतै माओवादी पार्टीलाई क्षति गरेको छ यो विषय तपाईले महसुस गर्नु भएकै होला । नेकपा एमालेसंग पार्टी एकतासंगै नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) ले झन्डै दुई तिहाई ल्याई सरकार बनेपछि नेपाली जनताको अपेक्षा बमोजिम समृद्ध नेपालको सपना जसरी तपाईले देख्नु भएको थियो त्यो केही बर्षमै चक्नाचुर भयो । केपी ओली को निरङ्कुस र व्यवस्था विरोधी एकलौटी गतिविधिले अन्तत् पार्टीलाई लगभग ४ वर्ष पछाडी फर्कनु पर्ने बाध्यताहरु भएकै हुन । तर पनि यस प्रक्रियासम्म आईपुग्दा तपाइवाट पनि प्राविधिक त्रुटिहरु नभएका होईनन् । यि वहस का विषय हुन । अन्तत् व्यवस्था बचाउनका लागि मात्र भएपनि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री पद खाइदिनु प¥यो प्रभु भन्दै बिन्ती विसाउन जाँदाको तपाईको पिडा महशुस पनि हामीले गरेकै छौं । तपाई जस्तो महान राजनेताले हिजोको प्रमुख दुष्मनका रुपमा रहेको काँग्रेससँग बिन्ती भाउ गर्नु पर्दाको पिडा इतिहासमा कहिले काँही मात्र महसुस गर्न मिल्छ होला सायदै । स्थानीय तह निर्वाचन २०७९ सम्म आईपुग्दा यसकारण कांग्रेस हाम्रो सहयात्री दल बन्यो र गठबन्धन भयो । यो गठबन्धनवाट हामीले जे अपेक्षा गरेका थियौं त्यसरी काँग्रेस नत इमान्दार बन्यो नत हामीले अपेक्षा गरे अनुसारको उपलव्धी हात पार्न सक्यौं । तपाईले काँध हाली राखेका नेकपा समाजवादीका माधव नेपाल, झलनाथ खनालवाट पनि खासमा तपाईले सहयोग नपाएकै हो । तत्कालिन समयमा नेकपा फुटेको हो । एमाले र माओवादी फुटेको होईन । नेकपा फुटेको हो भने हामीले नेकपा नवनाएर किन माओवादी र नेकपा समाजवादी बनायौ ? यसको उत्तर तपाईले दिनुभएको छैन । यसै कारणवाट आज हामीले गठवन्धनका नामवाट खासै उपलव्धीहरु हात पार्न सकेनौ । अहिले आएर मंसिर ४ मा हुने संघिय सभा र प्रदेश सभा निर्वाचनको लागि कांग्रेससंग गठबन्धनको चटारोमा तपाई लागि रहनु भएको छ । व्यवस्था विरोधी प्रवृत्तिका विरुद्ध यो राष्ट्रिय आवश्यकता पनि हो हामीले बुझेका छौं । केपी ओली तत्काल सच्चिने कुनै संकेत छैन त्यसैले राष्ट्रिय आवश्यकताको लागि पाँच दलिय वठबन्धनलाई कायम गर्नैपर्छ । 

मेलगैरीका खत्री बन्धुहरु, स्यालापाखाका सहयोद्धा कमरेडहरु, महतका सहिदहरु, चुनवाङका योद्धाहरु, खाराका सहिद आमाबुवाहरुले कतै न कतै तपाइलाई बोलाएजस्तो, गिज्याए जस्तो, तर्साएजस्तो, तपाईकै विरुद्ध विद्रोह गरेजस्तो, कतै अध्याँरो कुनावाट सलाम गरे जस्तो तपाइलाई महशुस हुन्छ कि हुदैन ?

श्रद्धेय अध्यक्ष क. प्रचण्ड, तर आज तपाइलाई भन्नैपर्छ रुकुमको परिस्थिति र मनोविज्ञानका विषयमा जानकारी गराउने होईन भने कतै तपाई चुकेको जस्तो, कतै तपाईले भुलेको जस्तो, कतै तपाईले वेवास्था गरे जस्तो हुन सक्छ । त्यसैले मैले रुकुम मनोविज्ञानका विषयमा तपाइलाई जानकारी गराउन विवश छु । माफ गर्नुहोला । गत स्थानीय तह निर्वाचनमा तपाईको आदेशमा हामीले निकै लचकता अपनाएर कांग्रेससंग गठवन्धन गर्ने निकै ठूलो प्रयास गरेकै हौं । फलस्वरुप कांग्रेसले बेइमानी ग¥यो, गठबन्धनको मर्म भन्दा बाहिर गएर धोका दियो र बदमासीले हाम्रो आधार इलाकामा प्राविधिक रुपमा कठिनाई पैदा गर्याे । महोदय, अव हजुरलाई यति जानकारी गराउन चाहन्छु कि यस्तो बेइमान र बदमास रुकुमको कांग्रेस संग १, २, ३ गठबन्धन हुदैन । महासय रुकुम भन्न वित्तिकै हिजोको रुकुम बुझ्नु होला आज दुईवटा रुकुम छ । यसर्थ रुकुमको मनोविज्ञान यसरी जवरजस्तरुपमा अगाडी बढेको छ कि रुकुम ६०० बढी सहिदहरुको रगतले सिंचाई गरेको भूमी हो फेरी पनि हामी रगत बगाउन सक्छांै, फेरी पनि हामी बन्दुक उठाउन सक्छौं, फेरी पनि हामी क्रान्तिको शंखघोस गर्न सक्छौं तपाईको आदेशको प्रतिक्षामा छौं । तर सक्दैनौ हामी बेइमान कांग्रेससंग गठबन्धन गर्न । रुकुम कांग्रेस बेईमानीको एउटा नमुना हो । क्रान्तिको राप र तापवाट खारिएका, पोलिएका, पेलिएका रुकुमका माओवादी यन्त्रमानवहरुको सफ्टवयर परिवर्तन गर्न तपाई सक्नु हुन्न कम्म्रेड । यो अधिकार पनि तपाईलाई छैन । अव हामी रुकुमको कांग्रेसले जे ग¥यो त्यही गर्छौं तर फरक र बैज्ञानिक ढंगवाट गर्छौं । रुकुमको हिसाब किताव काठमाडौंले सुन्ने गरि इतिहासमा लेख्न मिल्ने गरि गर्छौं । रुकुमको गणित र विज्ञानले तपाइको पनि निद हराम होस, देउवाको सासै बसोस यसवाट हामीलाई केही फरक पर्ने छैन र हामी विचलित पनि हुदैनांै । अव तपाईले हामीलाई सम्झाउन सक्नुहुन्न क. तपाई यो प्रयास नगर्नुहोला । हामी तपाइलाई यति भन्न चाहन्छौं कि रुकुममा गठवन्धनको एजेण्डा ल्याएर क. प्रभाकर, क. रश्मी आउनु हुन्छ भने, क. आर्ट, क. पारसमणी, क. क्रान्ति, क. प्रतिकहरु कसैले यो एजेण्डालाई दर्ज गराउन चाहनुहुन्छ भने त्यसका विरुद्ध उहाँहरुको विकल्प खोज्न बाध्य हुने छांै । हामीलाई न त प्रभाकरको माया छ न त रश्मीको माया छ । सिर्फ क्रान्ति र जनयुद्धको उपलव्धीको माया छ । विकल्पहरु खोज्दै जाने क्रममा यस्तो दिन नआओस कतै तपाईको पनि विकल्प खोजियोस । 

तपाइलाई केही कुरा स्मरण गराउन चाहन्छु कमरेड । अध्यक्ष कम. म तपाई प्रति उच्च सम्मान गर्छु । महान नेपाली क्रान्तिको सर्वोच्च कमाण्डर र संघिय लोकतान्त्रिक गणतन्त्र नेपालको जननी एक कुशल कमाण्डर प्रति आत्म देखि वा जवरजस्ती भए पनि श्रद्धा व्यक्त गर्नेहरुको कमी छैन । शान्ति प्रक्रियाको सुरुवाती चरणमा तपाईको योगदान, तपाइको कुशल नेतृत्व शैली, त्याग, तपस्या, बलिदानी भाव र योजनाको उच्च मुल्याङकन गर्दै नेपाली जनताले तपाइवाट कम आशा गरेका थिएनन् । तत्कालिन समयमा हामीले तपाईप्रति देखाएको आत्मदेखिको विस्वास थियो भने नेपाली कांग्रेसका सभापति गिरीजाप्रसाद कोईरालाले जवरजस्ती भएपनि तपाइप्रति देखाएको विश्वास ऐतिहासिक थियो । गिरीजाप्रसाद कोईरालाले अवको नेतृत्वको बागडोर तपाइकै हातमा छ मेरो शेष पछि नेपाली लोकतान्त्रिक आन्दोलनको अगुवाई तपाई गर्नुहोलासम्म भनेका ऐतिहासिक मन्तव्यहरु भाइरल नवनेका होईनन् ।

सुत्केरी आमाहरु महिनौं कन्दमुल खाएर जंगलमा, ओडारमा बसेको, चौरासी पुगेका बा ले १४ वर्षको नातीको सदगद समेत गर्न नपाएको, आफ्नै छोराको रगतमा चिप्लेर ढलेकी आमाहरु कति छन् । सिन्दुर पुछिएकी युवती दिदीहरु त कति छन कति, गोली लागेर हात खुट्टा, आँखा कान गुमाउनेहरुको कथा लेखेर साध्य छैन ।

नेपाली क्रान्तिका नायकप्रति निकै ठूलो विश्वास र सम्मान हुँदाहुदंै पनि म रुकुमेली भएको नाताले तपाइप्रति केही फरक मत र केही गुनासाहरु राख्न पाउनु मेरो अधिकार हो । तपाइले नेतृत्व गरेको महान जनयुद्धको ऐतिहासिक भावनालाई स्मरण गर्नुपर्दा  पक्कै पनि अग्रपङतीमा रुकुमको नाम आउँछ होला । तपाइको मानसपटलमा अहिले पनि रुकुमेली भूमीहरु मेलगैरी, मौराखारा, चुनवाङ, चौखावाङ, गैरीनेटा, स्यालापाखा, महत, क्याड्सी, तकसेरा, लुकम गाउँ, सिस्ने, खारा आदि गाउँ वस्तीहरुका ताजा इतिहासले झसङ्ग बनाउछ होला । कामी बुढाको नामले तपाइको मानसपटल मात्र होईन नेपालको कम्युनिष्ट आन्दोलनको तरङ्ग नै पैदा गर्छ होला । मेलगैरीका खत्री बन्धुहरु, स्यालापाखाका सहयोद्धा कमरेडहरु, महतका सहिदहरु, चुनवाङका योद्धाहरु, खाराका सहिद आमाबुवाहरुले कतै न कतै तपाइलाई बोलाएजस्तो, गिज्याए जस्तो, तर्साएजस्तो, तपाईकै विरुद्ध विद्रोह गरेजस्तो, कतै अध्याँरो कुनावाट सलाम गरे जस्तो तपाइलाई महशुस हुन्छ कि हुदैन ? त्यो अनुभुति तपाइले राम्रैसंग गर्नुभएको होला । रुकुमका गाउँबस्ती, रुकुमका सहकर्मी, सहयोद्धा, घाईते अपाङ्ग, सवैप्रति तपाइको सहानुभुती छ कि छैन ? त्यो तपाइले जान्नुपर्छ । तपाइको सहयात्रामा कति इँटहरु थपिए त्यो त मलाई थाहा छैन तर नेपाली कम्युनिष्ट आन्दोलन र महान जनक्रान्तिको यात्रामा लाखांै इँट थप्नका लागि सहिद कामी बुढा, सहिद विश्वेश्वर पोख्रेल, सहिद क.यज्ञश्वर शर्मा, सहिद क.कविराम वि.क. सहिद क. धनमाया जन्मिएको थलो यही रुकुम हो । क. प्रभाकर, क. रश्मी, क. सुदर्शन, क. प्रतिक, क. क्रान्ति, क. अभ्यास, क. आयाम, क. आर्ट, क. कुशल, क. अनल, क. विमला, क. पारसमणी, क. विरता, क. कैलाश, क. शुबोध जस्ता एक से एक कमरेडहरु जन्मिएको भूमी पनि यही हो । नेपाली कम्युनिष्ट आन्दोलनका विभिन्न अध्यायहरु पार गर्दै संसदीय राजनीतिको उपयोग गर्ने क्रममा पनि हाम्रो क्रान्तिको साखलाई गुम्न दिएनौं । दुईवटा संविधान सभाका निर्वाचन, एक संघिय र प्रदेश सभा निर्वाचन, एक स्थानीय निर्वाचनसम्म आइपुग्दा रुकुमले आफ्नो क्रान्तिको महान इतिहासलाई अझ निखार्दै विकास र समृद्धिको यात्रामा कतै पनि खुट्टा डगमगाएको छ भने कमरेड हामीलाई भन्नुहोला हामीले कतै आत्मआलोचना गर्नु पर्ने हो या कतै सजाय भोग्नुपर्ने हो हामी तयार छौं । तर २०७९ को स्थानीय तह निर्वाचनमा तपाईको आदेशमा भएको गठबन्धनको रटानले हामीलाई एकातिर निकै भावुक बनाएको छ, निकै हतोत्साहित बनाएको छ भने अर्कोे तिर निकै उद्धेलीत बनाएको छ, क्रान्तिका लागि सजग सचेत र हतियार तिखारेर बसेको जस्तो अनुभूति भएको छ । यसवेला हामीले धोका पाएका छौं, कांग्रेसको छल कपटी जालमा हामी फसेका छौं । कोमामा पुगेको कांग्रेसलाई मल जल गर्न बाध्य भएका छौं । यस कारणले हामीले जनमतलाई बाकसमा राखेर हार स्वीकार गरेका छौं । हामी यस्तो अवस्थामा छौं कि मुटुमाथि ढुङ्गा राखि हाँस्न पनि सकेका छैनौं । मुटु माथि ढुङ्गा राखि रुनुपर्दाको पिडा क्रान्ति यात्रामा तपाइले थुप्रै अनुभूति गर्नु भएको छ होला । 

कमरेड यो क्रान्ति यात्रामा मेरा आँखाले देखेका, कानले सुनेका र तपाइले समेत लेखेका बुझेका केही झलक पोख्न चाहन्छु । आज हामीलाई कांग्रेसहरुले आतंककारी भन्छन, हत्यारा भन्छन, खुनी भन्छन तर हत्या र आतङकको जननी को हो ? २०५८ साल पुष १७ गते म सैनिक हिरासतमा हँुदा मेरै हिरासत कोठाको एक कुनामा झन्डै २५÷२६ वर्षको दिदीलाई कालो पट्टी बाधेर राखेका छन् । सुन्डमुन्डहरुले मलाई त्यो दिदीसंग यौन सम्पर्क गर छोडिदिन्छु भन्ने प्रस्ताव गरे । मैले सोझै अस्वीकार गरें, प्रतिवाद गरें, मेरो क्रान्ति दिदी, मेरो बलिदानी दिदी, मेरो बहादुर दिदीप्रतिको उच्च सम्मानको डाहाले तत्कालिन एक मेजरले मेरो गुप्ताङ्ग समातेर उचाल्ने पछार्नेसम्म गरे । यो पीडा र यातनाले आज पनि म अताल्लीन्छु, चिच्याउँछु, कराउँछु, म अपाङ्ग भएको छु । यो घटनापछि दर्जन बढि सुन्डमुन्डहरुले मेरो दिदीलाई बलात्कार गरे मेरो आँखै अगाडी । ४÷५ जनाले बलात्कार गर्दासम्म दिदीले ऐया मलाई यस्तो नगर, बरु मलाई गोली ठोक भन्दै चिच्याउदै थिइन । त्यसपछि दिदी बेहोस भइन, मुर्छा शरीर/लास माथि पनि बलात्कार रोकिएन कमरेड । सम्झदा अहिले पनि जीउ सिरिङ्ग हुन्छ, सिनोमा गिद्धले लुछिलुछि रजाई गरे जस्तो, मानव इतिहासको एक कहाली लाग्दो कहानी जस्तो, निर्मम र बर्बरताको पराकाष्टा । सात दिनको सुत्केरी दिदीहरु गोलीको छर्राले कतिले स्तन गुमाएका छन्, कतिले एक महिनाको दुधे बालक छोडेर शहादत प्राप्त गरेका छन् । सुत्केरी आमाहरु महिनौं कन्दमुल खाएर जंगलमा, ओडारमा बसेको, चौरासी पुगेका बा ले १४ वर्षको नातीको सदगद समेत गर्न नपाएको, आफ्नै छोराको रगतमा चिप्लेर ढलेकी आमाहरु कति छन् । सिन्दुर पुछिएकी युवती दिदीहरु त कति छन कति, गोली लागेर हात खुट्टा, आँखा कान गुमाउनेहरुको कथा लेखेर साध्य छैन । बाहिर हेर्दा जवान देखिने भित्र कुटाई पिटाई र यातनाले पुरै सकिएका म जस्ता भित्री अपाङ्गहरुको व्यथा र कथा लेख्नु, त्यस्ताहरुको संख्या गणना गर्नुको कुनै अर्थ छैन । गणना गर्न नसकिने गरि बलात्कारको चिच्याहट सुनेका बुढा बाजेहरु उसै छन् । बाजेको अगाडी नातीनीको दर्जनौले बलात्कार गरि हत्या गरेका घटना ताजै छन् । 

कुनै दिन हामीले सिस्ने हिमालमा देखिने हिउ रातै देख्यौं, चौरजहारी फाँटवाट सानीभेरीको तिरै तिर उत्तरगंगा पुग्दसम्म नदी र खोलाहरु रातै देख्थ्यौं । झारमारे, मारिङ र पुथालेकमा फुलेका बुकीहरु कुन कमरेडले देख्यो होला सेतो फुलेको ।

प्रिय अध्यक्ष कमरेड, इतिहास कोट्यार हेर्ने हो भने, जनयुद्धका फाइल पल्टाउने हो भने आज हामीलाई हर्टअट्याक होला जस्तो, मुटु भतभती पोले जस्तो, टाउको फुटला जस्तो, हातखुट्टा लल्याकलुलुक भएजस्तो, अनिदो, अपच बढेको जस्तो, फेरी पनि अर्को विद्रोहको ज्वाला पौखौं जस्तो आज पनि हुने गर्छ तर त्यो बेला रुकुमेली सन्तानहरुले बहादुरी पुर्वक, निर्भिकताका साथ लडेको कुरा मैले ढाँटेको विषय हो र ? एउटी सुत्केरी आमा रगतले लतपत भएकी छिन्, तीन दिनको बच्चा डोकोमा बोकेकी छिन्, तीन वर्षको बच्चा छात्तिमा टाँसेर, छ बर्षको बालकलाई चोर औलाको भरमा हिडाएकी छिन् , उलनको झोलामा माना दुई खाजा छन्, एकसरो पुराना लुगा छन्, झोलाको एक छेउमा बाल गोठालो हायवा, चीनको आकासमा रातो तारा लेखेका केही किताव छन, डोकोको तेस्रो तिरवाट लामो राइफल तेस्र्याएर बोकेकी छन् । रुखको छहारीमा विसाउदै मकैको बासी रोटी मचमच चपाउछिन, थुक घुटुक्क पार्दै चोर औलाले एकएक अंगुला बच्चाहरुलाई लुब्रुक्क पार्दै, सिज अभियान संचालन गर्न जंगलको विचमा भम्पु, मारिङ, पुथाको लेकमा हिडदै गर्दा, चौरजहारी फाँट, मौराखारा लेक, मेलगैरी, महत हुदै तिमिलेको लेकवाट मुरु, खारा, गैरीनेटा चुनवाङ, महत हुदै थवाङवाट जलजलासम्मको लेकै लेकको यात्रामा सानो बालकले आमा पानी खाने भन्छ त्यो निपानेमा, त्यो सुख्खा बन्जड भूमीमा आमाले थप्प दुई थोपा आँसु खसालेर पनि मालेमावाद र प्रचण्डपथ जिन्दावाद भनेको दिन आजै जस्तो लाग्छ । सहिद क. कविराम डांगी, क. विनिता बुढा, क. परम्परा गौतम, क. रवी, क. धनमाया, क. भर घर्ति, क. अर्जुन बुढा (साहस) आदिले सहादत पाउदा कति त लडाइको मोर्चावाट सहादत भएको हो तर धेरै सहिदहरु तत्कालिन दुष्मनको कुटाई, पिटाई र यातनाको क्रममा पानीको तिर्खामा आफ्नै रगतको घुट्का पिएर तनक्क तन्किएर प्राण छोडेको कुरा दुस्मन आफै बयान गरेर हिडेको पनि दुई दशक पुग्न लाग्यो । कुनै दिन हामीले सिस्ने हिमालमा देखिने हिउ रातै देख्यौं, चौरजहारी फाँटवाट सानीभेरीको तिरै तिर उत्तरगंगा पुग्दसम्म नदी र खोलाहरु रातै देख्थ्यौं । झारमारे, मारिङ र पुथालेकमा फुलेका बुकीहरु कुन कमरेडले देख्यो होला सेतो फुलेको । महतमा फुल्ने आरु, मेल र आरुवखडाहरु कसैले छिर्केमिर्के देखें भन्यो भने त्यो बौलाह नै हुन्थ्यो । छिमी मन्का बगरमा भेल आओस वा मुग्लुखोलाले खेत बगाओस बाढीले बनाएको बगरपनि रातै हुन्थ्यो । सिस्नेको हिमपहिरो, रुकुमगारको भेल, सानीभेरी हुदै ढुलीभेरीवाट कर्णाली पुगुन्जेल रातै देख्ने रुकुमेली मन र आँखाहरुले मेलगैरीमा फुल्ने चिउरी पनि रातै देख्ये । चिउरीमा माहुरीहरु गुनगुन गरि रस चुस्दा समेत बम बारुद पड्केको आभास हुन्थ्यो । खाडलमा कुमसम्म पुरेर झिकेका योद्धाहरु, पिटाई र चुटाईको यातनाले सात तालसम्म छाला फालेका शरीरहरु, बाँसको डिङ्नोले पेलिएर हजारौं टुक्रा बनाइएका खुट्टाका हड्डी भएर बाँचेका सहयोद्धाहरु, स्तन गुमाएर मुटु बचाएका दिदी र आमाहरु, छाला जलेका, नाक बाँङ्गीएका, एउटा कान, एउटा आँखा भएका, कान्छी आँैला गुमाएका, बुढी औँला गुमाएका, खुट्टाको कुरकुच्चा गुमाएका, कोही व्हीलचेयरमा कोही बैसाखीमा कति हो कति यौद्धाहरुको कारुणीक कथा लेख्न निकै मुश्किल छ कमरेड । 

काँग्रेस, एमालेहरु हामीले मिठो खाँदा, राम्रो लगाउँदा, गाडी चड्दा, राम्रो घर बनाउँदा हामीलाई नव सामन्त भन्दछन, भ्रष्टाचारी भन्दछन । के माओवादीहरुलाई मिठो खाने अधिकार छैन ? के माओवादीहरु राम्रो घरमा बस्ने र गाडी चढेर हिड्न मिल्दैन ? के माओवादीले राम्रो कपडा लगाउन मिल्दैन त ? आज पनि हामीलाई उतिकै उत्पीडन छ ।

एकातिर गरिबी र सर्वहारा वर्गभित्र जन्मिएका अर्को तिर बाबु आमा गुमाएर बाल उमेरदेखि जीवनयापन गरिरहेका टुहुरा बच्चा वच्चीहरुको उनुहारमा पुलुक्क एक पटक मात्र हेर्ने हो भने उनिहरुका आँखाभरी असोज महिनाको धानमा शीतका थोपा टाँसिएजस्तो टलपल टलपल भएको देखिन्छन् कमरेड । एउटै परिवारका सात–सात दाजुभाई, एउटा गाउँका दर्जन बन्धुहरुको एउटै चिहान बनाउँदा, ओढार र गुफामा एत्रतत्र बेवारिस फालिएका लासहरु, आफ्नै सन्तानहरुका लासहरु कुहिएको गन्ध पनि मखमलीको सुगन्ध जस्तो बानी परेको आभास हुन्थ्यो कमरेड । त्यो वेला क्रान्तिप्रति कस्तो मोह थियो होला हाम्रो ? के सपना बोकेर आफ्नै सन्तालको लाशमा कुल्चिदंै दुस्मनका किल्ला भत्काउन तयार आमा बा हरुलाई आज के भन्नुहुन्छ कमरेड ? पानाखोलाको छेउमा एक अधबंैसे लास गाडिएको छ, लाश निकालेर स्यालले रजाइँ गरेका छन्, स्यालको रजाइँमा गिद्धहरुको ट्याउट्याउ आवाजसंगैको हर्षउल्लास आकाशमै देखिन्छ । खलंगाको टाकुरावाट टुलुटुलु पानाखोला तिर हेर्दै कसको लाश होला ? कुन कमरेडको हत्या भयो होला ? कति याताना दिएर तडपाएर मारे होलान ? यिनै प्रश्न गर्दै जाँदा न यो दृष्य अवलोकन गर्न छोडेको छु नत लाँशका नजिक गएर श्रद्धाञ्जली दिन सकेको छु यस्तो दिनपनि थियो कमरेड ? यस्ता घटना कति छन कति, पौराणिक कालमा दुई साता चलेको महाभारत युद्धको कथा हजारौं पेजको किताब बनेको छ । १० वर्षे जनयुद्धको साँच्चै इतिहास लेख्ने हो भने करोडौं पेजको बन्छ होला कमरेड । 

हामीले रहरले होइन बाध्यताले परिवर्तनको लागि क्रान्ति गर्नुपरेको हो । यही मनोविज्ञानलाई आत्मसाथ गरेर तपाई जस्तो महान र गौरवशाली राजनेता, क्रान्ति र शान्तिको नायकले अवश्य पनि बुझ्नुहुने छ भन्ने आशा छ । अब तपाईले रुकुमेली जनताको विश्वास डगमगाउन दिनुहुने छैन् ।

म प्रसंग बदल्छु, लाग्छ माओवादीहरु यो देशका बासिन्दा होइनन् । काँग्रेस, एमालेहरु हामीले मिठो खाँदा, राम्रो लगाउँदा, गाडी चड्दा, राम्रो घर बनाउँदा हामीलाई नव सामन्त भन्दछन, भ्रष्टाचारी भन्दछन । के माओवादीहरुलाई मिठो खाने अधिकार छैन ? के माओवादीहरु राम्रो घरमा बस्ने र गाडी चढेर हिड्न मिल्दैन ? के माओवादीले राम्रो कपडा लगाउन मिल्दैन त ? आज पनि हामीलाई उतिकै उत्पीडन छ । हिजो जनयुद्धका बेला यस्तो समय थियो, क्रान्ति गर्नुथियो, थुप्रै समस्याहरुसंग लड्नु थियो, रोग, भोग, शोक, अनिकालको सामना गर्दै सरकारी सुविधावाट पालिएका प्रहरी सेना र सत्तासिन नेताहरुसंग लडनु थियो । यो अभावको जीवन, भूमिगत जीवनमा हाम्रा बालबालिका र युवाहरुका अनुहार पनि चाउरीएका थिए, हाम्रा युवती दिदी बहिनीहरुका अनुहारमा कालै धब्वा भएका, मुजा परेको, चाउरी परेको अनुहार, फाटेको चोलो, मैलो धोती लगाएर मुठ्ठि कसेर सलाम गर्दा हातको नाडीमा नसै नसा देख्न्थिे । अभिभावक गुमाएका बालकहरु कुपोषणमा परेर १५ वर्षमा चार फुट नपुगेको, नाकमा सिंगान छोडेर, जिनको जाँगे एउटा हातले समातेर गोठालो गएको नाटक गर्दै माओवादी जनसेनाका चिठ्ठी पत्र बोकेको ख्याउटे, अनुहारमा रस नभएका बालकहरु कति थिए त्यसको रेकर्ड छैन । समग्रमा माओवादी नेता कार्यकर्ता भनेका शरिरमा पानी सुकेका जस्ता, कुपोषण र दीर्घ रोगले थलिएका जस्ता, ओइलाएका हरियो स्याउला जस्ता, जुङ्गा दाह्रि नकाटेका, महिनौं ननुहाएर डुङ्डुङती गन्हाउने, पिलनधारे, मरनच्याँसे, ख्याउटे, ध्वाँसे, कपडामा गोठी टलक्क टल्कने, टेरिगट र पव्लीजीनको कपडा लगाएको, मैलो उनीको झोला बोकेको, खुट्टामा खाकीका जुक्ता टनक्क फिता बानेर तनक्क तन्कीए यता उता हेर्दै चोर जस्तो गरि हिडेको यही माओवादीको परिचय थियो । 

पार्टी नीति, विधि, पार्टी र नेतृत्वको रक्षा गर्दै बर्षौसम्म गुम्सिएर बसेका तमाम जुझारु, क्रान्तिकारी कार्यकर्ताको नयाँ प्रष्फुटन, मुल फुटेर आउने गरि तपाइवाट कदापी पनि हित विपरित निर्णय हुन सक्दैन भन्ने पूर्ण विश्वासले हामी बाँचेका छौ । रुकुमको कांग्रेस रुपान्तरण भएर आयो भने २०८४ को निर्वाचनको लागि साेँच्न पनि तयार छौं ।

हो हामीले यसरी नै अभावै अभावबाट जनक्रान्ति गर्यौं, अढाइसय वर्ष लामो सामन्ती राज्य व्यवस्थाका नाइके राजा ढाल्यौं, क्रान्तिको बलवाट गणततन्त्र ल्यायौं । त्याग, बलिदान र क्रान्तिका बलवाट संघिय शासन व्यवस्था, समानुपातिक शासन प्रणाली, सहभागीतामुलक शासन व्यवस्था, धर्म निरपेक्ष राष्ट्र घोषणा गर्ने यो राष्ट्रको व्यवस्था परिवर्तन गरि दलित, जनजाती, पछाडी पारिएको वर्गको उत्थानमा हामीले पाएको दुःख कष्टको कुनै हिसाव छैन । तै पनि हामी अझै उत्पीडनमा परेका छौं, काँग्रेस एमालेहरु अहिलेपनि हामीलाई जनयुद्धकालका माओवादी जस्ता देख्न चाहन्छन् र राष्ट्र एकलौटी लुटन चाहन्छन कमरेड । हामीले मिठो खाएको, हामीले राम्रो लगाएको, गाडी चढेको रिस गर्दछन कमरेड । हामीले यसकै लागि क्रान्ति गरेका हौं, शासकहरुले हामीलाई लुटे, बसीखान दिएनन्, दमन गरे र त्यसका विरुद्ध सुखसंग सुत्न, मिठो खान, राम्रो लगाउन, बालबच्चा पढाउन, समानता र न्याय प्राप्त गर्नका लागि क्रान्ति गरेका हौं । जे जति भए पनि शान्ति, समृद्धि र समाजवादको सपना सहित विकास र परिवर्तनको झिनो आशा बोकेर तपाई र माओवादी पार्टीप्रति विश्वास गर्दै अझै पनि क्रान्तिको बाटोमा लामवद्ध हुने आत्मविश्वास सहितको मनोविज्ञानमा बाँचेका रुकुमेलीहरु अझैपनि रुकुममा वर्ग दुस्मनको व्यवहार गर्ने धोकेवाज कांग्रेससंग सहकार्य र गठबन्धनको आशा गर्दैनन् । हामीलाई अन्याय, अत्याचार, अशान्ति, दमन गरि क्रान्तिको लागि सुपारी दिने यिनै हुन । हामीले रहरले होइन बाध्यताले परिवर्तनको लागि क्रान्ति गर्नुपरेको हो । यही मनोविज्ञानलाई आत्मसाथ गरेर तपाई जस्तो महान र गौरवशाली राजनेता, क्रान्ति र शान्तिको नायकले अवश्य पनि बुझ्नुहुने छ भन्ने आशा छ । अब तपाईले रुकुमेली जनताको विश्वास डगमगाउन दिनुहुने छैन् । राष्ट्रिय राजनीतिको आवश्यकता जस्तो होस तपाइलाई शुभकामना छ तर रुकुमको गठबन्धन माओवादी आधिपत्य सहितको दुई संघिय संसद, चार प्रदेश संसद सहितको गठबन्धन भएन भने हामी एउटा नयाँ विद्रोह, केन्द्रियताको क्रमभंग वा रुकुमेली जनताको मनोविज्ञान अनुसारको विधि र पद्धतीवाट कुनै न कुनै ढंगवाट प्रस्तुत हुने छौं र संघिय लोकतान्त्रिक गणतन्त्र नेपालको इतिहासमा फेरी पनि रुकुमको नयाँ इतिहासको रचना गर्न तयार छौं ।

यस बेलासम्म रुकुमको कांग्रेस रुपान्तरण भएको छैन् । हामी रुकुमको कांग्रेस रुपान्तरण भएपछि गठबन्धन गर्न चाहन्छौं । अव १० वर्ष अझै रुकुमको कांग्रेस, इख र तुक पालेर बाँच्न चाहन्छ । रुकुमको कांग्रेसले अझै राजनीति र परिवर्तनलाई बुझ्ने प्रयास गरेको छैन तर हामी राजनीतिमा, क्रान्ति र परिवर्तनका लागि स्थायी दुस्मन वा मित्र कोही हँुदैन भन्ने स्प्रीडमै छौं । हामी प्रतिशोधको राजनीतिवाट माथि उठन चाहन्छौं र यसरी नै कांग्रेस पनि रुपान्तरित होस भन्ने हाम्रो अपेक्ष थियो त्यो भएन । त्यसैले कुनैपनि हालतमा रुकुममा गठवन्धन हुदैन, भयो भने त्यो मान्य हँुदैन । पुनः स्मरण गराउन चाहन्छु यदी गठबन्धनको कार्ड रुकुममा आयो भने पहिले त्यो कार्ड जलाउने छौं । हामी नयाँ अध्यायवाट शुरु गर्ने छौं । क्रमभंग गर्दै अगाडी बढने छौं । पार्टी नीति, विधि, पार्टी र नेतृत्वको रक्षा गर्दै बर्षौसम्म गुम्सिएर बसेका तमाम जुझारु, क्रान्तिकारी कार्यकर्ताको नयाँ प्रष्फुटन, मुल फुटेर आउने गरि तपाइवाट कदापी पनि हित विपरित निर्णय हुन सक्दैन भन्ने पूर्ण विश्वासले हामी बाँचेका छौ । रुकुमको कांग्रेस रुपान्तरण भएर आयो भने २०८४ को निर्वाचनको लागि साेँच्न पनि तयार छौं । क्रान्तिकारी अभिवादन । 
 


प्रकाशित मिति: सोमबार, असोज १०, २०७९  १३:०२
#विचार #खुला चिठ्ठी #व्लक #दलबहादुर खड्का
प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
  • Week
  • Month
मुसिकाेटमा अनुमति बिना चलिरहेको अटो दुर्घटना, ६ जना घाइते 
मुसिकाेटमा अनुमति बिना चलिरहेको अटो दुर्घटना, ६ जना घाइते 
खलंगाबाट तरकारी लिएर सिम्ली जाँदै गरेको बोलेरो खरखरेमा दुर्घटना 
खलंगाबाट तरकारी लिएर सिम्ली जाँदै गरेको बोलेरो खरखरेमा दुर्घटना 
अटो दुर्घटनाका ३ जना घाइतेलाई हेलिकोप्टर मार्फत कोहलपुर लगियो
अटो दुर्घटनाका ३ जना घाइतेलाई हेलिकोप्टर मार्फत कोहलपुर लगियो
मुसिकोटका मेयर स्वेच्छारी बनेकाे आराेप, यही अवस्थामा बैठक, भेलामा सहभागी नहुने बहुमत सदस्यको अडान  
मुसिकोटका मेयर स्वेच्छारी बनेकाे आराेप, यही अवस्थामा बैठक, भेलामा सहभागी नहुने बहुमत सदस्यको अडान  
कारागारबाटै एसइई  
कारागारबाटै एसइई  
कारागारबाटै एसइई  
कारागारबाटै एसइई  
भलखाेलामा आयाेजित भलिबल सहितका प्रतियाेगिता सम्पन्न
भलखाेलामा आयाेजित भलिबल सहितका प्रतियाेगिता सम्पन्न
जिल्ला अस्पतालमा फिजियोथेरापी सेवा सुरु
जिल्ला अस्पतालमा फिजियोथेरापी सेवा सुरु
कुनाखेतकाे धनु जैसी ब्रमा मन्दिर व्यवस्थित गरिँदै
कुनाखेतकाे धनु जैसी ब्रमा मन्दिर व्यवस्थित गरिँदै
सिस्ने गाउँपालिका ५ र ६ का माथिल्लो भेगका बस्ति सडक सञ्जालमा जोडिए
सिस्ने गाउँपालिका ५ र ६ का माथिल्लो भेगका बस्ति सडक सञ्जालमा जोडिए
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
सुन-चाँदि
सेयर बजार

सूचना विभाग दर्ता नं. २१५९/२०७७-०७८
Email: [email protected]
Phone: ९८२२९८२३४५ र ९८२२८८८२०६
अध्यक्ष: धनबहादुर खड्का
सम्पादक: मनिष खड्का
  • कखरा बारे
  • Kakhara सबैको खबर सम्पूर्ण खबर | News Portal from Rukum, Nepal
    • स्थानीय तह निर्वाचन २०७९
    © Kakhara सबैको खबर सम्पूर्ण खबर | News Portal from Rukum, Nepal - 2023 All rights reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्