Top Navigation
शनिबार, माघ २१, २०७९ १२:१७:४६
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • स्थानीय सरकार
  • वडा
  • खेलकुद
  • मनाेरन्जन
  • प्रतिनिधि/प्रदेशसभा निर्वाचन २०७९
  • अन्य
    • व्यक्ति/व्यक्तित्व
    • विचार/व्लक
शनिबार, माघ २१, २०७९ १२:१७:४६
Kakhara सबैको खबर सम्पूर्ण खबर | News Portal from Rukum, Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • स्थानीय सरकार
  • वडा
  • खेलकुद
  • मनाेरन्जन
  • प्रतिनिधि/प्रदेशसभा निर्वाचन २०७९
  • अन्य
    • व्यक्ति/व्यक्तित्व
    • विचार/व्लक
  • ट्रेण्डिङ
  • #पापिनी मेला
  • #पापिनी विवाह
  • #साँख गाउँ
  • #भलिबल
  • #साँख
  • #अर्गानिक
  • #दिवा खाजामा लापरवाही
Search Here
राजनीति
  • Home
  • राजनीति
  • रुकुम पूर्वमा १४ जनाको स्वतन्त्र उम्मेदवारी दर्ता 
रुकुम पूर्वमा १४ जनाको स्वतन्त्र उम्मेदवारी दर्ता 
कखरा संवाददाता
कखरा संवाददाता सोमबार, असोज २४, २०७९
माया बेकरी माया बेकरी
मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन दर्ता गर्दै । 


रुकुम पूर्वमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन अन्तर्गत प्रत्यक्ष तर्फ जिल्ला स्थित विभिन्न राजनीतिक दल र स्वतन्त्रले उम्मेदवारी मनोनयन दर्ता   गराएका छन् । जिल्लाबाट एक प्रतिनिधिसभा सदस्य र दुई प्रदेशसभा सदस्यका लागि जिल्ला स्थित विभिन्न राजनीतिक दल र स्वतन्त्रले मुख्य निर्वाचन अधिकृत कार्यालयमा आइतबार उम्मेदवारी मनोनयन दर्ता गराएका  हुन् ।

आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि  आकाङ्क्षीहरूले राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारका रूपमा मनोनयनपत्र  दर्ता गराएका छन्  । २६ जनाको मनोनयन दर्ता भएको मध्ये १४ जनाको स्वतन्त्र उम्मेदवारको मनोनयन दर्ता भएको जिल्ला निर्वाचन अधिकारी तेजकुमार ओलीले कखरालाई बताउनुभयो । 

प्रतिनिधिसभा तर्फ ६ जना र प्रदेशसभा तर्फ २० जनाले मनोनयन दर्ता गराएका छन् । जिल्लामा पाँच दलीय गठबन्धनबाट सङ्घमा नेकपा माओबादी केन्द्रका पूर्णबहादुर घर्ती मगरले मनोनयन दर्ता गराउनुभएको छ । घर्ती मगर लुम्बिनी प्रदेशको सभामुख समेत हुनुहुन्छ । यस्तै दुई वटा निर्वाचन क्षेत्र रहेको प्रदेशसभामा प्रदेश (क) बाट गठबन्धनका तर्फबाट माओबादी केन्द्रका तेजबहादुर ओली र प्रदेश (ख)बाट गठबन्धकै तर्फबाट नेपाली कांग्रेसका धनबहादुर केसीले मनोनयन दर्ता गराउनभएको छ । 

यस्तै नेकपा एमालेको तर्फबाट सङ्घमा कैलाशकुमार मल्लको मनोनयन दर्ता भएको छ भने प्रदेशसभा तर्फ निर्वाचन क्षेत्र (क)बाट तेजेन्द्र बुुढा मगर र निर्वाचन क्षेत्र (ख)बाट भावना बुढाथोकीको मनोनयन दर्ता भएको छ । यस्तै राप्रपाबाट सङ्घमा खिमबहादुर खत्रीको मनोनयन दर्ता हुँदा प्रदेश निर्वाचन क्षेत्र (ख) मा केशवचन्द समालले मनोनयन दर्ता गराउनुभएको छ । निर्वाचन क्षेत्र (क)बाट भने राप्रपाले उम्मेदवार दिएको छैन् ।

मङ्गोल नेसनल अर्गनाइजेसनबाट प्रतिनिधिसभामा रतनबहादुर बुढा, प्रदेश निर्वाचन क्षेत्र (क)बाट  पूरा पुन र निर्वाचन क्षेत्र (ख)बाट लेखन बुढाले उम्मेदवारी दर्ता गराउनुभएको छ । नेश्नलिस्ट पिपल्स पार्टीबाट प्रतिनिधिसभामा बलबहादुर बुढाले मनोनयन दर्ता गराउनुभएको छ ।

मुसिकाेट नगरपालिका

१४ जना स्वतन्त्र उम्मेदवारी दर्ता गराएका मध्ये सङ्घमा एक र प्रदेश सभामा १३ जना रहेका छन् । प्रतिनिधिसभामा चन्द्रराज झाँक्री मगरले मनोनयन दर्ता गराउनुभएको छ । यस्तै निर्वाचन क्षेत्र (क)बाट रामसुर बुुढा मगर, संगम रोका मगर, सुरुल पुन मगर, कालीप्रसाद रोका मगर, ओमकुमारी शाही (मल्ल), दुतकुमार पुन मगर (गुमाने) हुनुहुन्छ । यस्तै निर्वाचन क्षेत्र (ख)बाट गजेन्द्रबहादुर ओली, नरहरि खड्का, भीमबहादुर खड्का, केशव रावल, पूर्णजंग सिंह, दलप्रसाद कामी, सुरेश थापाले स्वतन्त्र उम्मेदवारी दर्ता गराउनुभएको निर्वाचन अधिकारी ओलीले जानकारी दिनुभयो । स्वतन्त्र उम्मेदवारी दर्ता गराउनेहरू राजनीतिक दलमा आवद्ध नेताकार्यकर्ताहरू नै हुनुहुन्छ । 


प्रकाशित मिति: सोमबार, असोज २४, २०७९  ०९:३९
चाैरजहारी चाैरजहारी
#रुकुम पूर्व
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
रुकुम पश्चिमका राजकुमार माओवादी केन्द्र कर्णालीको संसदीय दलको नेतामा चयन 
रुकुम पश्चिमका राजकुमार माओवादी केन्द्र कर्णालीको संसदीय दलको नेतामा चयन  बुधबार, पुस १३, २०७९
रुकुम पूर्वका १७ उम्मेदवारले चुनाव खर्च विवरण बुझाए, कसको खर्च कति ?  
रुकुम पूर्वका १७ उम्मेदवारले चुनाव खर्च विवरण बुझाए, कसको खर्च कति ?   मंगलबार, पुस ५, २०७९
जनार्दन शर्माको चुनाव खर्च २४ लाख, अरु कसको कति ? 
जनार्दन शर्माको चुनाव खर्च २४ लाख, अरु कसको कति ?  बुधबार, मंसिर २८, २०७९
एउटै वडाबाट तीन सांसद्, जिल्लाभर छ 
एउटै वडाबाट तीन सांसद्, जिल्लाभर छ  सोमबार, मंसिर २६, २०७९
रुकुम पश्चिमबाट पहिलो पटक ७ जना सांसद 
रुकुम पश्चिमबाट पहिलो पटक ७ जना सांसद  आइतबार, मंसिर २५, २०७९
प्रत्यक्ष तर्फ माओवादीका ३ सांसद रहेकाे रूकुम पश्चिममा समानुपातिक तर्फ दुई सांसद
प्रत्यक्ष तर्फ माओवादीका ३ सांसद रहेकाे रूकुम पश्चिममा समानुपातिक तर्फ दुई सांसद शनिबार, मंसिर २४, २०७९
रूकुम पश्चिमबाट समानुपातिक तर्फ एमालेका दुई सांसद
रूकुम पश्चिमबाट समानुपातिक तर्फ एमालेका दुई सांसद शनिबार, मंसिर २४, २०७९
नेकपा एसबाट रूकुम पश्चिमकी कल्याणि प्रदेश समानुपातिक सांसद
नेकपा एसबाट रूकुम पश्चिमकी कल्याणि प्रदेश समानुपातिक सांसद शनिबार, मंसिर २४, २०७९
चुनावको समिक्षा गर्दै माओवादी केन्द्र रुकुम पश्चिम 
चुनावको समिक्षा गर्दै माओवादी केन्द्र रुकुम पश्चिम  बिहीबार, मंसिर २२, २०७९
लोकप्रिय
  • Week
  • Month
पापिनी मेला भलिबलको उपाधि रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्रलाई
पापिनी मेला भलिबलको उपाधि रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्रलाई
मुसिकोट १४ मा ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, एक गम्भिर घाइते 
मुसिकोट १४ मा ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, एक गम्भिर घाइते 
आठबीसकोटको साजेबगरमा स्काभेटर दुर्घटना हुँदा चालक घाइते 
आठबीसकोटको साजेबगरमा स्काभेटर दुर्घटना हुँदा चालक घाइते 
साँखमा पापिनी विवाह (फोटो फिचर) 
साँखमा पापिनी विवाह (फोटो फिचर) 
सानीभेरी र रुकम पश्चिम भलिबल प्रशिक्षण केन्द्र फाइनलमा
सानीभेरी र रुकम पश्चिम भलिबल प्रशिक्षण केन्द्र फाइनलमा
त्रिजमाविका विद्यार्थीको निःशुल्क आँखा जाँच, दृष्टि दोष धेरै 
त्रिजमाविका विद्यार्थीको निःशुल्क आँखा जाँच, दृष्टि दोष धेरै 
मुसिकोट खलंगा बहुमुखी क्याम्पसमा पूर्व विद्यार्थी समाज गठन
मुसिकोट खलंगा बहुमुखी क्याम्पसमा पूर्व विद्यार्थी समाज गठन
भूमे ३ मा जेष्ठ नागरिक सम्मानित
भूमे ३ मा जेष्ठ नागरिक सम्मानित
भूमे गाउँपालिकामा कृषकलाई फलफूलका बिरुवा वितरण 
भूमे गाउँपालिकामा कृषकलाई फलफूलका बिरुवा वितरण 
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
सुन-चाँदि
सेयर बजार

सूचना विभाग दर्ता नं. २१५९/२०७७-०७८
Email: [email protected]
Phone: ९८२२९८२३४५ र ९८२२८८८२०६
अध्यक्ष: धनबहादुर खड्का
सम्पादक: मनिष खड्का
  • कखरा बारे
  • Kakhara सबैको खबर सम्पूर्ण खबर | News Portal from Rukum, Nepal
    • प्रतिनिधि/प्रदेशसभा निर्वाचन २०७९
    • स्थानीय तह निर्वाचन २०७९
    © Kakhara सबैको खबर सम्पूर्ण खबर | News Portal from Rukum, Nepal - 2023 All rights reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्