Kakhara सबैको खबर सम्पूर्ण खबर
सहिद स्मृति मेलाको अवसरमा विविध खेलकुद प्रतियोगिता आयोजना

रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका वडा नम्बर ६ र ७ को सिमाना बरापाटामा सहिद स्मृति मेला यो वर्ष कात्तिक ३ गते देखि लाग्ने भएको छ । असोज २४ गते देखि सञ्चालन हुने मेला  बर्षातका कारण यो वर्ष कात्तिक ३ गते देखि लाग्ने भएको हो । 

मेलाको अवसरमा विविध खेलकुद प्रतियोगिता आयोजना गरिएको छ । सहिद स्मृति मेला व्यवस्थापन समितिले महिला पुरुष भलिबल प्रतियोगिता,  महिला पुरुष डबल ब्याटमिन्टन र लोक दोहोरी प्रतियोगिता संचालन हुने छन् । त्यस्तै घैंटोफोर र भाले तान्ने प्रतियोगिता पनि आयोजना गरिएको मेला संयोजक हरिबहादुर खत्रीले जानकारी दिनुभयो । 

पुरुष भलिबल प्रतियोगिता तर्फ प्रथम हुने टिमले नगद एक लाख १ हजार रुपैँयाको साथमा कप मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ । त्यस्तै दोस्रो हुने टिमले नगद ६० हजार १ सय, कप, मेडल र प्रमाणपत्र हात पार्दा सेमिफाइनल पुग्ने २ टिमले समान २० हजार १ सय, मेडल र प्रमाणपत्र पाउँने छन् ।  
 
त्यस्तै महिला भलिबल प्रतियोगिता तर्फ प्रथमले २० हजार, १५ हजार रुपैया, कप, मेडल र प्रमाणपत्र हात पार्दा सेमिफाईनलसम्म  पुग्ने २ टिमले समान ५ हजार, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ । पुरुष ब्याडमिन्टनको विजेता जोडिले नगद २० हजार, मेडल र प्रमाणपत्र पाउँदा दोस्रो बन्ने जोडीले नगद १५ हजार, मेडल र प्रमाणपत्र तथा सेमिफाईनलसम्म पुग्ने २ जोडीलाई समान नगद ५ हजार, मेडल र प्रमाणपत्र प्रदान गरिने छ । 

महिला ब्याटमेन्टन तर्फ भने प्रथम र दोस्रो बन्ने जोडीले क्रमशः १० हजार, ७ हजार, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकको भनाई छ । सेमिफाइनल पुग्ने २ जोडीले समान ४ हजार, मेडल र प्रमाणपत्र पाउने छन् । त्यस्तै लोक दोहोरी प्रतियोगिताको प्रथमले ५ हजार, द्धितियले ३ हजार र तृतियले २ हजार सहित प्रमाणपत्र पाउँदा भाले तान्नेले नगद २ हजार र घैंटो फोर्नेले नगद १ हजार रुपैंया पाउने मेला व्यवस्थापन समितिले जानकारी दिएको छ ।
 

प्रकाशित मिति: बुधबार, कात्तिक २, २०७९  १२:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update