Kakhara सबैको खबर सम्पूर्ण खबर
कखरा डटकम सातौँ वर्षमा लाग्याे

रुकुम पश्चिमको सदरमुकाम मुसिकोट खलंगाबाट प्रकाशनमा रहेको डिजिटल मिडिया कखरा डट कम सातौँ वर्षमा प्रवेश गरेको छ । २०७७ साल कार्तिक १ गते घटस्थापनाका दिन देखि सञ्चालनमा आएको कखरा डट कम आजबाट छैटौँ वर्ष पूरा गरी सातौँ वर्षमा प्रवेश गरेको हो ।

एमपीसी मिडिया प्रालिद्वारा सञ्चालित कखराले विशेष गरी स्थानीय विषयवस्तुलाई प्राथमिकतामा राखेको छ । रुकुम पश्चिम सहित यस आसपासका विषयलाई कखराले विशेष प्राथमिकताका साथ उठाउँदै आएको छ । विश्वसनीय खबर प्रवाह, सुशासन तथा पारदर्शीताका लागि खबरदारी, घटनाको विश्लेषण, विचार सहित समाजका हरेक पक्षलाई कखराले प्राथमिकता दिइरहेको छ । 

‘सबैको खबर सम्पूर्ण खबर’ भन्ने नारालाई आत्मसाथ गरेको कखराले ६ वर्षको यात्रामा सहयोग गर्ने सबैमा धन्यवाद ज्ञापन गरेको छ । पाठकहरूको माया, विश्वास र सहयोग नै आफ्नो सबैभन्दा ठूलो शक्ति बनेको एमपीसी मिडिया प्रालिका अध्यक्ष धनबहादुर खड्का ‘वसन्त’ले जारी गरेको प्रकाशकीयमा उल्लेख छ ।

प्रकाशकीयमा आगामी दिनमा पत्रकारिताको गुणस्तर अभिवृद्धि, प्रविधिको प्रभावकारी प्रयोग र जनसरोकारका विषयलाई प्राथमिकतामा राख्दै यात्रालाई अझ गतिशील बनाउने संकल्प गरिएको छ ।

‘समाचारमा मात्र सीमित नभई विचार, विश्लेषण, ब्लग, मल्टिमिडिया र पाठकका सिर्जनालाई समेत प्राथमिकता दिँदै पत्रकारिताको व्यापक अभ्यासमा अघि बढिरहेका छौँ, प्रविधिको विकाससँगै भिडियो, तथ्याङ्कमा आधारित समाचार र नयाँ प्रस्तुतीकरणका माध्यमलाई आत्मसात् गर्दै विश्वसनीय, तथ्यपरक र पाठकमैत्री सामग्री पस्कन हामी प्रतिबद्ध छौँ,’ प्रकाशकीयमा भनिएको छ । 

सत्ता र शक्तिलाई प्रश्न गर्ने, नागरिकका आवाज उठाउने, सार्वजनिक निकायलाई जबाफदेही बनाउने तथा सुशासन, पारदर्शिता र विधिको शासनका पक्षमा उभिने प्रतिबद्धता समेत जनाइएको छ । दसैँ, तिहार तथा छठ पर्वको शुभकामना समेत व्यक्त गरिएको छ ।

प्रकाशित मिति: आइतबार, कात्तिक १, २०८३  १३:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update