
रुकुम पश्चिमको मुसीकोट नगरपालिका वडा नम्बर २ रातामाटामा पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । शुभ दिपावलीको अवसरमा वडाध्यक्ष कप अन्तरगत मुसीकोट नगरपालिका भित्रका वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता हुने भएको छ ।
वडा कार्यालयले आयोजना गरेको प्रतियोगिताको विजेताले ५० हजार कप, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ । उप विजेताले नगद ३० हजार, कप मेडल र प्रमाणपत्र हात पार्दा तृतिय हुने टिमले २० हजार, कप, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजक वडा कार्यालयले जनाएको छ ।
प्रतियोगिता कार्तिक ४ गतेदेखि मुसीकोट २ को पशुपति मावि रातामाटामा संचालन हुने छ । प्रतियोगितामा मुसीकोट नगरपालिका भित्रका १४ वटा वडाका टिमले मात्र भाग लिन पाउँने छन् । त्यस्तै वडाअध्यक्ष कम अन्तरगत टोल स्तरीय महिला रसाकसी, खुला घैटोफोर, भाले तान्ने र सटफुट प्रतियोगिता समेत संचालन हुने बताइएको छ ।