Top Navigation
शुक्रबार, असोज १२, २०८० ०८:२४:०४
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • स्थानीय सरकार
  • वडा
  • खेलकुद
  • मनाेरन्जन
  • अन्य
    • व्यक्ति/व्यक्तित्व
    • विचार/व्लक
शुक्रबार, असोज १२, २०८० ०८:२४:०४
Kakhara सबैको खबर सम्पूर्ण खबर | News Portal from Rukum, Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • स्थानीय सरकार
  • वडा
  • खेलकुद
  • मनाेरन्जन
  • अन्य
    • व्यक्ति/व्यक्तित्व
    • विचार/व्लक
  • ट्रेण्डिङ
  • #मुख्यमन्त्री
  • #कर्णाली प्रदेश
  • #तयारी पुरा
  • #स्यार्पू महाेत्सव
  • #राजकुमार मगर
  • #दार्मा गाउँपालिका
  • #अवैध संरचना हटाउन निर्देशन
Search Here
समाज
  • Home
  • समाज
  • पानी घट्टको लोकप्रियता उस्तै
पानी घट्टको लोकप्रियता उस्तै
बलाराम शेर्पाली
बलाराम शेर्पाली आइतबार, माघ २२, २०७९
सिस्ने गाउँपालिका सिस्ने गाउँपालिका
भूमे गाउँपालिका–३ झुम्लाबाङका एक वृद्धाले पानी घट्टमा मकै पिस्दै । तस्बिरः बालाराम शेर्पाली । 

रुकुम पूर्वका विभिन्न गाउँ बस्तीमा पुस्तान–पुस्ता देखि चलिआएको परम्परागत पानी घट्टको लोकप्रियता विगतकै जस्ताे छ । जिल्लाको ग्रामीण भेगमा आधुनिक विद्युतीय घट्टको प्रयोग कमै छ । पानीबाट चल्ने घट्ट गाउँमा प्रशस्त भेटिनछन् । अझैँ परम्परागत विकास र क्षमतामा भएको पानी घट्टको लोकप्रियता उस्तै छ ।

भूमे गाउँपालिका–३ झुम्लाबाङका ६४ वर्षीय विष्णु बुढाले २०३४ साल देखि अहिलेसम्म पानी घट्ट बनाएर त्यसैबाट जीविकोपार्जन गर्दै आउनु भएको छ । झुम्लाबाङमा बिजुली सेवा पुगेपनि पानी घट्ट अझैँ लोकप्रिय अवस्थामै रहेको बुढाले बताउनुभयो ।

तर, झुम्लाबाङ नजिकैको क्याङ्सी, सिमा र गाबाङ गाउँमा विद्युतीय घट्ट एवम् मिलले पानी घट्टलाई विस्थापित गरेको बुढाले बताउनुभयो । जब गाउँमा बिजुली आयो तब परम्परागत पानी घट्ट कुनै गाउँमा भने विस्थापित हुँदै आएको बुढाले सुनाउनुभयो । 

बाह्रैमास पानी घट्ट चल्ने यस क्षेत्रमा झुम्लाबाङ गाउँ मात्र रहेको थियो । ‘त्यस बाहेकका क्याङ्सी, गाबाङ गाउँमा वर्खामासमा मात्र पानी घट्ट चल्ने भएकाले हिउँदमा अन्न पिस्न दुई गाउँका करिब चार सय घरधुरी झुम्लाबाङको पानी घट्टमा आउने गरेका थिए” उहाँले भन्नुभयो-तर, अहिले तीनै गाउँमै विद्युतीय घट्ट सञ्चालनमा आए देखि त्यहाँबाट अन्न पिस्नहरू रोकिए ।’

हिमाली जिल्ला भएकाले हरेक गाउँमा प्रशस्त मात्रामा पानीको स्रोत नभएकाले पानी घट्ट सञ्चालन हुने गाउँमा अन्न पिस्नेहरूको भीड नै लाग्ने गरेको थियो । अहिले ठाउँ–ठाउँमा विद्युतीय घट्ट तथा मिलको सेवा विस्तार भएपछि विगतमा अन्न पिस्नका लागि भिड लाग्ने पानी घट्टमा फाटफुट मात्र मान्छे आउने गरेको स्थानीय ८३ वर्षीया तिरमाला बिकले बताउनुभयो । 

यसैगरी भूमे–८ पोखरापाता र भलाबोटमा बिजुलीको पहुँच पुगेको छैन । यहाँका स्थानीयको दैनिकी अझैँ टुकीकै भरमा वितिरहेको जयनारायण पुनले बताउनुहुन्छ । अन्न पिस्नका लागि गाउँमा विद्युतीय घट्ट तथा मिल नभएकाले अझैँ पनि पानी घट्टकाे विकल्प नरहेको पुनले बताउनुभयो । जसको कारणले पनि गाउँमा पानी घट्टको लोकप्रियता घटेको छैन । 


प्रकाशित मिति: आइतबार, माघ २२, २०७९  १४:५९
कृषि कृषि
#अर्गानिक
प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
  • Week
  • Month
अमेरिकामा भएको इन्ट्राकप भलिबलमा टीम रूकुम प्रथम
अमेरिकामा भएको इन्ट्राकप भलिबलमा टीम रूकुम प्रथम
अवैध भरुवा बन्दुकसहित एक जना पक्राउ
अवैध भरुवा बन्दुकसहित एक जना पक्राउ
इन्ट्रा कपमा टिम रुकुमका ४ खेलाडी उत्कृष्ट
इन्ट्रा कपमा टिम रुकुमका ४ खेलाडी उत्कृष्ट
पुमा खोलामा बेपत्ता गिरीको शव फेला
पुमा खोलामा बेपत्ता गिरीको शव फेला
स्यार्पू महोत्सवको तयारी पुरा, भोली कर्णालीका मुख्यमन्त्रीले उद्घाटन गर्ने 
स्यार्पू महोत्सवको तयारी पुरा, भोली कर्णालीका मुख्यमन्त्रीले उद्घाटन गर्ने 
स्यार्पू महोत्सव सुरु (फाेटाे सहित)
स्यार्पू महोत्सव सुरु (फाेटाे सहित)
प्रकाश रन्काको कान्छी फिलिली (भिडिओ सहित)
प्रकाश रन्काको कान्छी फिलिली (भिडिओ सहित)
स्यार्पू ताललाई आय आर्जनसँग जोड्नुपर्छ: मुख्यमन्त्री शर्मा 
स्यार्पू ताललाई आय आर्जनसँग जोड्नुपर्छ: मुख्यमन्त्री शर्मा 
उत्कृष्ट भिडिओ इडिटर अवार्ड राजकुमारलाई 
उत्कृष्ट भिडिओ इडिटर अवार्ड राजकुमारलाई 
विकासलाई छिटोछरितो र प्रभावकारी बनाउन सबै एकताबद्ध भएर लाग्नुहाेस्ः मुख्यमन्त्री शर्मा
विकासलाई छिटोछरितो र प्रभावकारी बनाउन सबै एकताबद्ध भएर लाग्नुहाेस्ः मुख्यमन्त्री शर्मा
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
सुन-चाँदि
सेयर बजार

सूचना विभाग दर्ता नं. २१५९/२०७७-०७८
Email: [email protected]
Phone: ९८२२९८२३४५ र ९८२२८८८२०६
अध्यक्ष: धनबहादुर खड्का
सम्पादक: मनिष खड्का
  • कखरा बारे
  • Kakhara सबैको खबर सम्पूर्ण खबर | News Portal from Rukum, Nepal
    • स्थानीय तह निर्वाचन २०७९
    © Kakhara सबैको खबर सम्पूर्ण खबर | News Portal from Rukum, Nepal - 2023 All rights reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्