एकीकृत प्रशासनिक भवनको स्थलगत निरीक्षण,  गुणस्तरमा सम्झौता नगर्न मन्त्री रोकाको निर्देशन

सुर्खेत— कर्णाली प्रदेशका भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्री मिलन खड्का रोकाले निर्माणका क्रममा देखिने प्राविधिक तथा अन्य समस्या समाधानका लागि मन्त्रालयले आवश्यक समन्वय र सहजीकरण गर्ने बताउनुभएको छ। वीरेन्द्रनगर नगरपालिका–७ मा निर्माणाधीन एकीकृत प्रशासनिक भवनको स्थलगत निरीक्षण गर्दै मन्त्री रोकाले आधुनिक प्रविधिको प्रयोग गरी गुणस्तरीय निर्माणमा ध्यान दिन र जिम्मेवारीपूर्वक काम गर्न सम्बन्धित पक्षलाई निर्देशन दिनुभयो । भवन निर्माण सम्पन्न भएपछि प्रदेशका मन्त्रालयको प्रशासनिक काम एउटै परिसरबाट सञ्चालन गर्न सहज हुने उहाँको भनाइ थियो ।

त्यस्तै, प्रदेश सचिव अर्जुनकुमार बमले चुनौतीबीच अवसर खोजेर अघि बढ्नुपर्ने बताउँदै प्रत्येक महिना आयोजनाको प्रगति समीक्षा गर्न र देखिएका समस्या तत्काल समाधान गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले सरिया, सिमेन्टलगायत निर्माण सामग्रीको प्रयोगशालाबाट गुणस्तर परीक्षण गर्न तथा निर्माण कार्यमा कुनै सम्झौता नगर्न निर्माण कम्पनीलाई  निर्देशन दिनुभयो ।

inbound4634925685238874060-1793845088.jpg
 

३६ महिनामा निर्माण सप्पन्न गर्ने गरी करिब ३ अर्ब २  करोड २९ लाख ५८ हजार २८० रुपैयाँ लागतमा  उक्त भवनको ठेक्का कन्टेक–नव सिर्जनशील जेभीले पाएको छ । सम्झौता भएसँगै निर्माण कम्पनीले काम समेत सुरु गरिसकेको छ । निर्माण कम्पनीले निर्धारित समयमै काम सम्पन्न गर्ने गरी काम गरिरहेको जनाएको छ । 

प्रकाशित मिति: बिहीबार, कात्तिक १९, २०८३  ०७:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update