Top Navigation
मंगलबार, चैत ७, २०७९ ०१:३८:५९
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • स्थानीय सरकार
  • वडा
  • खेलकुद
  • मनाेरन्जन
  • अन्य
    • व्यक्ति/व्यक्तित्व
    • विचार/व्लक
मंगलबार, चैत ७, २०७९ ०१:३८:५९
Kakhara सबैको खबर सम्पूर्ण खबर | News Portal from Rukum, Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • स्थानीय सरकार
  • वडा
  • खेलकुद
  • मनाेरन्जन
  • अन्य
    • व्यक्ति/व्यक्तित्व
    • विचार/व्लक
  • ट्रेण्डिङ
  • #पल शाह
  • #स्ववियु निर्वाचन
Search Here
समाज
  • Home
  • समाज
  • चौरजहारीको यातायात कार्यालयले ३ वर्षपछि सेवा सुरु गर्यो 
चौरजहारीको यातायात कार्यालयले ३ वर्षपछि सेवा सुरु गर्यो 
कखरा संवाददाता
कखरा संवाददाता आइतबार, फागुन २१, २०७९

रुकुम पश्चिमको चौरजहारीमा यातायात व्यवस्था सेवा कार्यालयले सेवा सुरु गरेको छ । स्थापना भएको ३ वर्षपछि कार्यालयले आजबाट सेवा सुरु गरेको हो । कार्यालय स्थापना भएपनि जनशक्ति अभावमा कार्यालयले सेवा सुरु गर्न सकेको थिएन् । कार्यालय २०७६ भाद्र १२ गते स्थापना भएकाे थियाे ।

आज कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले कार्यालयको सेवा उद्घाटन गर्नुभयो । रामप्रसाद शर्माको ब्लुबुक नविकरण गरेसंगै सेवा सुचारु भएको हो । अहिले तत्कालका लागि कार्यालयबाट दर्ता, नामसारी, कर असुल, ब्लुबुक नविकरण सेवा प्रवाह हुने कार्यालय प्रमुख आनन्द चपाइले जानकारी दिनुभयो । 

अहिले कार्यालयमा प्राविधिक कर्मचारी छैनन् । प्राविधिक कर्मचारी आएमा सवारी सरुवा सहमति दर्ता, सवारी जाँच पास, रुट परमिट जारी, नविकरण, अस्थायी रुट निर्धारण लगायतका सेवा प्रवाह हुने कार्यालय प्रमुख चपाइले बताउनुभयो । उहाँका अनुसार लाइसेन्स लगायतका सेवा भने ट्रायल सेन्टर बनेपछि प्रवाह हुने छन् । 

ट्रायल सेन्टर बनेपछि सवारी चालक अनुमति पत्र (लाइसेन्स) जारी, नविकरण लगायतका सेवा सुचारु हुने उहाँले बताउनुभयो । तर विभागबाट कोड प्राप्त भएमा लाइसेन्स नविकरण पहिला सुरु हुनसक्ने पनि कार्यालय प्रमुख चपाइको भनाई छ । चौरजहारी नगरपालिका वडा नम्बर २ मा रहेको कार्यालयमा अहिले ७ जनाको दरबन्दी रहेको छ । 

तर अहिले कार्यालयमा अप्राविधिक ३ जना मात्र कर्मचारी रहेका छन् । आज एक औपचारिक कार्यक्रमका विच सेवाको सुरुवात गरिएको हो । कार्यालय प्रमुख चपाइको अध्यक्षतामा भएको कार्यक्रममा कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माको प्रमुख आतिथ्यता रहेको थियो ।

महाेत्सव

त्यस्तै कार्यक्रममा चौरजहारी नगर प्रमुख पुष्प वादी, उपप्रमुख इश्वरी कुमारी शर्मा विएम, पूर्व नगर प्रमुख विशाल शर्मा, उप प्रमुख राधा रोका, निमित्त प्रमुख प्रशासकीय अधिकृत शेरप्रसाद ढकाल लगायतको पनि आतिथ्यता रहेको थियो । कार्यक्रमको संचालन नगरपालिकाका कर्मचारी देवबहादुर बटालाले गर्नुभएको थियो ।


प्रकाशित मिति: आइतबार, फागुन २१, २०७९  १५:०८
प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
  • Week
  • Month
पल शाहलाई हेर्न रुकुम पश्चिममा मानव ‘सागर’ उर्लियो (भिडिओ सहित)
पल शाहलाई हेर्न रुकुम पश्चिममा मानव ‘सागर’ उर्लियो (भिडिओ सहित)
जेल मुक्त भएपछि पल शाह पहिलो पटक आज रुकुम महोत्सवमा आउँदै  
जेल मुक्त भएपछि पल शाह पहिलो पटक आज रुकुम महोत्सवमा आउँदै  
रुकुम महोत्सवमा मंगलबार ज्योती मगर आउने 
रुकुम महोत्सवमा मंगलबार ज्योती मगर आउने 
ज्याेती मगरलाई हेर्न खचाखच दर्शक !
ज्याेती मगरलाई हेर्न खचाखच दर्शक !
रूकुम महाेत्सवमा बुधबार पल शाह आउने
रूकुम महाेत्सवमा बुधबार पल शाह आउने
मुसिकोट ३ का लोकबहादुर चैत्र १ देखि वेपत्ता 
मुसिकोट ३ का लोकबहादुर चैत्र १ देखि वेपत्ता 
रुकुम महोत्सवमा आज एलिना चौहानको प्रस्तुति रहने 
रुकुम महोत्सवमा आज एलिना चौहानको प्रस्तुति रहने 
स्ववियु निर्वाचनः रुकुम पश्चिमका तीन क्याम्पसमा मतदान, मत गणना सुरु
स्ववियु निर्वाचनः रुकुम पश्चिमका तीन क्याम्पसमा मतदान, मत गणना सुरु
एलिना चौहानलाई हेर्न झरीका विच पनि मान्छे ओइरिए (भिडिओ सहित)
एलिना चौहानलाई हेर्न झरीका विच पनि मान्छे ओइरिए (भिडिओ सहित)
बार एशोसियसन रुकुम पश्चिमको अध्यक्षमा खड्का 
बार एशोसियसन रुकुम पश्चिमको अध्यक्षमा खड्का 
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
सुन-चाँदि
सेयर बजार

सूचना विभाग दर्ता नं. २१५९/२०७७-०७८
Email: [email protected]
Phone: ९८२२९८२३४५ र ९८२२८८८२०६
अध्यक्ष: धनबहादुर खड्का
सम्पादक: मनिष खड्का
  • कखरा बारे
  • Kakhara सबैको खबर सम्पूर्ण खबर | News Portal from Rukum, Nepal
    • स्थानीय तह निर्वाचन २०७९
    © Kakhara सबैको खबर सम्पूर्ण खबर | News Portal from Rukum, Nepal - 2023 All rights reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्