
महिलाका नाममा घर जग्गा पास गर्दा सहुलियतको व्यवस्था गरिएपनि रुकुम पश्चिममा भने महिलाका नाममा घर, जग्गा निकै कम मात्र रहेको पाइएको छ । जनगणना २०७८ अनुसार जिल्लाका जिल्लामा रहेका कुल परिवार संख्या मध्य ८२ प्रतिशत भन्दा बढी महिलाको स्वामित्वमा छैनन् ।
जिल्लाका कुल ३७ हजार २ सय ९० जना परिवार मध्य ३० हजार ६ सय ७३ परिवारकाे घर, जग्गा पुरुषकै नाममा छ । यो कुल संख्याको ८२.३ प्रतिशत हो । आफ्नो नाममा घर, जग्गा भएका महिलाहरु जिल्लामा निकै कम मात्र रहेका छन् ।
महिलाका नाममा घर नाममा भएका परिवार ४ सय ८ वटा मात्र रहेका छन् । यो कुल संख्याको १.०९ प्रतिशत मात्र हो । घरको तुलनामा जग्गा महिलाका नाममा हुने परिवारकाे संख्या केही बढी रहेको छ । जिल्ला भरमा महिलाका नाममा जग्गा भएका परिवारको संख्या २ हजार ७ सय ६९ रहेको जनगणनाको नतिजामा उल्लेख छ । यो ७.४ प्रतिशत हो ।

त्यस्तै घर र जग्गा दुवै महिलाका नाममा भएका परिवार संख्या २ हजार ४ सय २४ रहेको छ । यो ६.५ प्रतिशत हो । १ हजार ३० अर्थात २.८ प्रतिशत परिवारकाे भने कुनै उल्लेख गरिएको छैन् । पैतृक सम्पतीमा छोरा छोरीको समान अधिकार भनिएपनि यसको कार्यान्वयन निकै फितलो देखिएको छ ।
राज्यले प्रोत्साहन गर्दा समेत महिलाको नाममा घर, जग्गा पास गर्ने चलन निकै कम देखिएको छ । अझैपनि महिलालाई सम्पतीमा विश्वास गर्न नसकेको जनगणनाको नतिजाले देखाएको छ ।