
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका वडा नम्बर ३ र ५ मा फैलिएको स्यार्पू ताल नजिकै महोत्सव लाग्ने भएको छ । आगामी असोज १ गतेदेखि १३ गतेसम्म १५ औं स्यार्पु प्रर्यटन, व्याापार, सास्कृतिक तथा खेलकुद महोत्सव लाग्ने भएको हो । यस बारेमा राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान जिल्ला शाखाले शनिबार स्यार्पूमा पत्रकार सम्मेलन गरेर जानकारी गराएकाे हो ।
स्यार्पू तालसँगै बाँफिकोट गाउँपालिकामा रहेका झरणा, गुफा, कला संस्कृतिको प्रचारप्रसार एवम प्रवद्र्धन गर्न महोत्सव आयोजना गरिएको राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान जिल्ला शाखा रुकुम पश्चिमका अध्यक्ष तुल देवकोटाले जानकारी दिनुभयो । उहाँका अनुसार महोत्सवमा राष्ट्रिय तथा स्थानीय स्तरका कलाकारहरुको प्रस्तुति रहने छ । साथमा स्थानीय झाकिहरु पनि प्रस्तुत गरिने उहाँले जानकारी दिनुभयो ।
महोत्सवमा पिङ, बाल उधान, कृषिजन्य उत्पादनका स्टल, दैनिक उपभोग्य सामानका साथै फेन्सी सामान सुलभ मुल्यमा पाइने आयोजकले जनाएको छ । महोत्सवमा स्यार्पू तालसँगै सिमैछहरी झरना, अंगारे झरना, धागेचरी झरना, दादुरे ताल, बन्चरे झरना, स्यानिदह, भित्रीखोला गुफा, नेपानेको गुफा, स्यानिदह, बुढुमष्ट मन्दिर, भत्भते झरना लगायत स्थानको अबलोकन गर्न सकिने बताएको छ ।
आयोजक समितिका संयोजक शेरबिर विकको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा बाँफिकोट गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्ष तिलबिर केसि, स्थानीय कलाकार, पत्रकार लगाएतको उपस्थिती रहेको थियो । स्यार्पु ताल नेपालका एक सयौँ पर्यटकीय गन्तव्य स्थल मध्य एक हो । केही वर्षदेखि यहाँ पर्यटन प्रवद्र्धन गर्न हरेक वर्ष महोत्सव लाग्दै आएको छ ।