Kakhara सबैको खबर सम्पूर्ण खबर
रुकुममा पहिलो पटक ओलम्पिक दिवस, ब्याडमिन्टन प्रतियोगिता आयोजना 

रुकुम पश्चिममा पहिलो पटक ओलम्पिक दिवस मनाइएको छ । दिवसको अवसरमा जिल्ला सदरमुकाम मुसिकोट खलंगामा पुरुष ब्याडमिन्टन प्रतियोगिता सुरु भएको छ । जिल्ला ब्याडमिन्टन संघले भेट्रान (४५ वर्ष माथि) र नन भेट्रान (४५ वर्ष मुनि) गरी दुई वटा इभेन्टमा ब्याडमिन्टन प्रतियोगिता आयोजना गरेको छ ।

प्रतियोगिताको आज बिहान जिल्ला समन्वय समिति प्रमुख लुम्बिनी गौतमले उद्घाटन गर्नुभयो । प्रतियोगितामा भेट्रान तर्फ ८ र नन भेट्रान तर्फ ५८ जोडिले भाग लिएका छन । खेल खलंगास्थित बराहटाकुरा कवर्डहलमा संचालन भइरहेको छ । 

IMG_02951686898817.jpg

प्रतियोगिता नकआउट सिष्टममा संचालन भइरहेको र भोलीसम्म जारी रहने जिल्ला ब्याडमिन्टन संघका अध्यक्ष अनिल बुढाले जानकारी दिनुभयो । जिल्लामा पहिलो पटक खेलकुद प्रतियोगिता आयोजना गरेर ओलम्पिक दिवस मनाइरहेको उहाँको भनाई छ । 

हरेक वर्ष अंग्रेजि महिनाको जुन ३ देखि २३ सम्म विभिन्न कार्यक्रम गरेर ओलम्पिक दिवस मनाउने गरिएको छ । आज बिहान एक कार्यक्रमको आयोजना गरी प्रतियोगिताको उद्घाटन गरिएको हो ।

जिल्ला ब्याडमिन्टन संघका अध्यक्ष अनिल बुढाको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख लुम्बिनी गौतमको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा मुसिकोट नगरपालिकाका उपप्रमुख विमलकु्मार पुन र प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तको विशेष आतिथ्यता रहेको थियो । 

IMG_02961686898813.jpg

त्यस्तै कार्यक्रममा जिल्ला प्रहरी प्रमुख नमराज भट्टराई, सशस्त्र प्रहरी प्रमुख गोविन्द केसी, जिल्ला खेलकुद विकास समितिका कार्यालय सचिव लिलाप्रसाद ढकाल, रुकुम उद्योग वाणिज्य संघका अध्यक्ष पलबहादुर खड्का, नेपाल पत्रकार महासंघका अध्यक्ष लक्ष्मण केसी लगायतको पनि आतिथ्यता रहेको थियो । 

बिशाल बिष्टको स्वागत मन्तव्य रहेको कार्यक्रमको संचालन जिल्ला ब्याडमिन्टन संघका सचिव मनिष खड्काले गर्नुभएको थियो । प्रतियोगितामा सहभागी सबै खेलाडीलाई पोसाक र प्रमाण–पत्रको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

IMG_03001686898813.jpg

प्रकाशित मिति: शुक्रबार, असार १, २०८०  १२:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update