मदन भण्डारीको जन्मोत्सवमा रूकुम पश्चिममा ब्याडमिन्टन प्रतियोगिता

नेकपा एमालेका तत्कालिन महासचिव मदन भण्डारीको ७२ औं जन्मोत्सवको अवसरमा रुकुम पश्चिमका ब्याडमिन्टन प्रतियोगिता संचालन गरिएको छ । नेपाल खेलकुद महासंघ रुकुम पश्चिमले जिल्ला सदरमुकाम मुसिकोटमा आज ब्याडमिन्टन प्रतियोगिता संचालन गरेको हो ।
९ जोडिले प्रतिस्पर्धा गरेको प्रतियोगितामा बिनय बोहरा र गोपाल रोकाको जोडी प्रथम भएको छ । फाइनलमा सन्तोष बिष्ट र दिपक थापाको जोडिलाई पराजित गर्दै बिनय र गोपालको जोडि प्रथम भएको हो । प्रतियोगितामा भिमराज ओली र दिनेश पुनको जोडि तृतिय भएको छ । खेल नेकपा एमालेको पार्टी कार्यालय प्रांगन बागबजारमा भएको थियो ।
प्रकाशित मिति: सोमबार, असार ११, २०८० १४:५०
प्रतिक्रिया दिनुहोस्