Top Navigation
आइतबार, असोज ७, २०८० ०४:१२:४४
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • स्थानीय सरकार
  • वडा
  • खेलकुद
  • मनाेरन्जन
  • अन्य
    • व्यक्ति/व्यक्तित्व
    • विचार/व्लक
आइतबार, असोज ७, २०८० ०४:१२:४४
Kakhara सबैको खबर सम्पूर्ण खबर | News Portal from Rukum, Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • स्थानीय सरकार
  • वडा
  • खेलकुद
  • मनाेरन्जन
  • अन्य
    • व्यक्ति/व्यक्तित्व
    • विचार/व्लक
  • ट्रेण्डिङ
  • #पुल नहुँदा सास्ती
  • #जनार्दन शर्मा
  • #पितिवाङ खेला
  • #एनआरएनए अमेरिका
  • #नेपालीका लागि गम्भीर छौँ
  • #माेहन कुसारी
  • #नमुना अभ्यास
Search Here
समाज
  • Home
  • समाज
  • रुमानी स्यार्पू ! (फाेटाे फिचर)
रुमानी स्यार्पू ! (फाेटाे फिचर) वेवास्तामा स्यार्पू
कखरा संवाददाता
कखरा संवाददाता मंगलबार, भदौ २६, २०८०
सिस्ने गाउँपालिका सिस्ने गाउँपालिका

नेपालीमा एउटा उखान छ नजिकको तीर्थ हेला ! त्यसकै उदाहरण हो स्यार्पू ताल । नजिकै भएर पनि सबैको हेलामा परेको छ स्यार्पू । रुकुम पश्चिमको स्यार्पू ताल कर्णाली प्रदेशकै प्रमुख पर्यटकीय स्थल हो । सदरमुकाम मुसिकोटसँग जोडिएको बाँफिकोट गाउँपालिकाको वडा नम्बर तीन र पाँचमा फैलिएको यो ताल विशेष गरी बर्खायाममा हेर्न लायक हुन्छ । २ दशमलव ६ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको स्यार्पू तालको आकार भने बर्खा र हिउँदमा फरक हुन्छ । हिउँदको तुलनामा बर्खामा तालको आकार झन्डै दोब्बर बढी हुन्छ । जेठ अन्तिम र असार पहिलो साताबाट भरिन सुरु गरेको ताल श्रावणको मध्यतिर आइपुग्दा पुरा भरिन्छ । भरिभराउ ताल भाद्र देखि असोज महिना भरी अवलोकनका लागि उपयुक्त मानिन्छ । त्यसपछि तालको आकार बिस्तारै घट्दै जान्छ । हिउँदमा पनि ताल रमणीय देखिन्छ । बजारको कोलाहल, हिलो, धुलो र धुवाँको सामना गरिरहेकालाई घुमघाम तथा रिफ्रेसका लागि यो ठाउँ उपयुक्त छ । 

Syarpu 81694502697.jpg

तालको सुन्दरता अवलोकन गरेर दुःखलाई भुलाउन सकिन्छ भने आफैले बोटिङ गरेर मजा लिन सकिन्छ । परम्परागत काठका डुङ्गा विस्थापित गरेर ताल अवलोकनका लागि आउनेहरूका लागि आधुनिक ढुङ्गाको व्यवस्था छ । धित मरुन्जेल बोटिङको मजा लिन सकिन्छ । विशेष गरी तालबाट काठका डुङ्गा विस्थापित गरेर आधुनिक डुङ्गा राखिनु तथा खान र बस्नका लागि होम स्टेईहरु सञ्चालन गरिनुले यहाँ घुम्न आउँनेहरुको सङ्ख्यामा वृद्धि भएको डुङ्गा सञ्चालकहरू बताउनुहुन्छ । मान्छेहरू छुट्टी मनाउनका लागि समेत आउने गरेका छन् । ताल हेर्न आएकाहरू ढुङ्गा नचढी फर्किदैनन् । तालमा आधुनिक ढुङ्गा राख्दा आगन्तुकको सङ्ख्या देखिन्छ । 

Syarpu 41694502751.jpg

पहाडको टुप्पोबाट बगेर आउने पानी तालमा मिसिने भएका कारण यहाँ स्नान गर्दा स्वास्थ्यका लागि फाइदाजनक रहेको पनि स्थानीयको विश्वास छ । जडीबुटी सहितको पानी तालमा मिसिने स्थानीय बताउँछन् । 

वेवास्तामा स्यार्पू
आवश्यक प्रचार तथा ठोस योजनाको अभावमा अहिले पनि धेरै मानिसहरू स्यार्पू तालका बारेमा अनभिज्ञ छन् । पर्यटनको प्रचुर सम्भावना भए पनि यहाँको पर्यटन प्रवर्द्धनमा सरोकारवालाहरू मौन बस्दा स्यार्पूताल गुमनाम छ । केही न केही गतिविधि गरेर प्रचार प्रसारको प्रयास गरिए पनि ठोस योजना बनेको छैन । बर्सेनि विभिन्न शीर्षकमा प्रदेश तथा सङ्घ सरकारबाट बजेट आइरहेको छ । स्थानीय तहको पनि बजेट केन्द्रित छ । तर ठोस गुरुयोजनामा भने काम भएको पाइदैन् । संरक्षणका नाममा ठुलो रकम खर्च हुँदा पनि ठोस काम भने भएको देखिदैन् । अझ संरक्षणका नाममा भएका कामले तालको अस्तित्वलाई जोखिममा पारेको छ । ताल सङ्कटमा पर्दै गएको छ । 

Syarpu 11694502793.jpg

तालको संरक्षण र प्रचारका लागि ठोस योजनामा काम गर्नुपर्ने जानकारहरू बत्ताउँछन् । पर्यटनको क्षेत्रमा काम गर्ने पर्यटन प्रवर्द्धन तथा वातावरण संरक्षण केन्द्र रुकुमका संस्थापक सचिव गोपाल केसी स्यार्पूको पर्यटन प्रवर्द्धनका लागि स्थानीय सरकारले मुख्य तीन कुरामा ध्यान दिनुपर्ने बताउनुहुन्छ । सर्वप्रथम गुरुयोजना निर्माण, स्यार्पू तालका लागि आएको बजेटलाई पारदर्शी बनाउने र उक्त बजेटलाई उत्पादन मूलक कार्यक्रममा खर्च गर्नुपर्नेमा उहाँको जोड छ । यति गर्न सकेमा स्यार्पूको पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने उहाँको विश्वास छ । अहिले सरदरमा दैनिक ३० बढी आन्तरिक पर्यटक स्यार्पू ताल अवलोकनका लागि पुग्छन् । वार्षिक ५० बढी विदेशी पर्यटक पनि ताल अवलोकनका लागि पुग्ने गरेको बताइन्छ । 

Syarpu 61694502840.jpg

कसरी पुग्ने ?
स्यार्पूताल पुग्नका लागि सदरमुकामबाट धेरै सडकको प्रयोग गर्न सकिन्छ । पैदल हिँडेर पनि तालमा पुग्न सकिन्छ । मुसिकोट खलङ्गाबाट करिब २० किलोमिटर दुरी पार गरेपछि स्यार्पू पुग्न सकिन्छ । सदरमुकाम मुसिकोट खलङ्गाबाट नियमित दैनिक बाँफिकोटका लागि जिप लाग्छन् । बाह्रै मास यातायातको सुविधा छ । रिजर्भ तथा आफ्नै गाडी वा मोटरसाइकल लिएर सिधै स्यार्पू ताल पुग्न सकिन्छ । तालसम्मै यातायातको पहुँच छ । सदरमुकाम मुसिकोटबाट गाडीमा करिब दुई देखि अढाई घण्टाको बिचमा स्यार्पू पुग्दा पैदल भने करिब चार घण्टा बढी लाग्छ । यात्रा त्यति धेरै महँगो पनि छैन । जिल्ला सदरमुकाममा विभिन्न जिल्लाबाट स्थल तथा हवाई मार्गबाट आउन सकिन्छ ।

Syarpu 21694502893.jpg

Syarpu 51694502932.jpg

Syarpu 31694503025.jpg

Syarpu 71694503088.jpg

Syarpu 91694503128.jpg

Syarpu 101694503197.jpg


प्रकाशित मिति: मंगलबार, भदौ २६, २०८०  १२:२३
कृषि कृषि
#स्यार्पू #फाेटाे फिचर #रूमानी स्यार्पू
प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
  • Week
  • Month
जनार्दन शर्माले रुकुमका मान्छे ल्याएर ठेकेदारको घरमा धर्ना बस्छु भन्दा पनि नबनेको पुल 
जनार्दन शर्माले रुकुमका मान्छे ल्याएर ठेकेदारको घरमा धर्ना बस्छु भन्दा पनि नबनेको पुल 
पानामामा डुंगा पल्टिदा ज्यान गुमाएका प्रदिपको परिवारलाई २१ लाख सहयोग 
पानामामा डुंगा पल्टिदा ज्यान गुमाएका प्रदिपको परिवारलाई २१ लाख सहयोग 
स्यार्पू पर्यटन, व्यापार तथा सांस्कृतिक महोत्सव हुने 
स्यार्पू पर्यटन, व्यापार तथा सांस्कृतिक महोत्सव हुने 
‘नेपालीको हकहितमा दत्तचित्त भएर लाग्नेछौँ ’
‘नेपालीको हकहितमा दत्तचित्त भएर लाग्नेछौँ ’
पितिवाङ खोलामा आवतजावत बन्द 
पितिवाङ खोलामा आवतजावत बन्द 
पुमा खोलामा बेपत्ता गिरीको शव फेला
पुमा खोलामा बेपत्ता गिरीको शव फेला
प्रेस काउन्सिल युवा पत्रकारिता पुरस्कारबाट रुकुमका लामिछाने पुरस्कृत 
प्रेस काउन्सिल युवा पत्रकारिता पुरस्कारबाट रुकुमका लामिछाने पुरस्कृत 
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
सुन-चाँदि
सेयर बजार

सूचना विभाग दर्ता नं. २१५९/२०७७-०७८
Email: [email protected]
Phone: ९८२२९८२३४५ र ९८२२८८८२०६
अध्यक्ष: धनबहादुर खड्का
सम्पादक: मनिष खड्का
  • कखरा बारे
  • Kakhara सबैको खबर सम्पूर्ण खबर | News Portal from Rukum, Nepal
    • स्थानीय तह निर्वाचन २०७९
    © Kakhara सबैको खबर सम्पूर्ण खबर | News Portal from Rukum, Nepal - 2023 All rights reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्