Kakhara सबैको खबर सम्पूर्ण खबर
बाँदरपानीमा तिहार विशेष तथा भेटघाट कार्यक्रम हुने
फाइल फोटो ।

रुकुम पश्चिमको त्रिवेणी वडा नम्बर २ बाँदरपानीमा तिहार विशेष तथा भेटघाट कार्यक्रम हुने भएको छ । यही कात्तिक ५ र ६ गते दुई दिन हाम्रो युवा समाजको आयोजनामा तिहार विशेष तथा भेटघाट कार्यक्रम हुने भएको हो । तिहार विशेष तथा भेटघाट कार्यक्रममा स्थानीय खुला पुरुष भलिबल, दौड प्रतियोगिता, घैँटो फोर, भाले तान्ने, महिला पुरुष रस्साकस्सी, बालबालिकाको लागि तातो आलु, इन आउट प्रतियोगिता आयोजना गरिएको हाम्रो युवा समाजका अध्यक्ष शक्तिकिरण बुढाथोकीले जानकारी दिनुभयो  । 

उहाँका अनुसार स्थानीय खुला पुरुष भलिबल प्रतियोगितामा प्रथम हुने समूहले ५ हजार, दोस्रो हुने समूहले ३ हजार र तेस्रो हुने समूहले २ हजार रुपैयाँको साथमा प्रमाणपत्र प्राप्त गर्ने छ । दर्ता शुल्क १ हजार रहेको छ । त्यसै दौड प्रतियोगितामा प्रथम स्थान हासिले गर्नेले ३ हजार, दोस्रो स्थान हासिल गर्ने समूहले २ हजार र तेस्रो स्थान हासिल गर्ने समूहले एक हजार रुपैयाँ प्राप्त गर्ने छ ।  दर्ता शुल्क १ सय ५० रहेको छ ।

त्यसै घैँटो फोर प्रतियोगितामा विजेता हुने व्यक्तिले  १ हजार रुपैयाँको साथमा प्रमाणपत्र प्राप्त गर्ने छ । दर्ता शुल्क १ सय रहेको छ  । भाले तान्ने प्रतियोगितामा विजेता हुनले २ हजार बराबरको भाले प्राप्त गर्ने छ । दर्ता शुल्क २ सय रहेको छ । महिला पुरुष रस्साकस्सी प्रतियोगितामा विजेता हुने टिमलाई समान २/२ हजार रुपैयाँ पुरस्कार सहित प्रमाणपत्रकोको व्यवस्था गरिएको अध्यक्ष बुढाथोकीले जानकारी दिनुभयो । बालबालिकाहरूको लागि तातो आलु र इन आउट प्रतियोगितामा स्थान प्राप्त गर्नेलाई  विजेता शैक्षिक सामग्रीको व्यवस्था गरिएको छ  । दर्ता शुल्क निःशुल्क गरिएको छ ।

कार्यक्रममा आमा समूह तथा मयुर नाच पनि प्रस्तुत हुने छ । आमा समूह र मयुर नाचलाई उचित पुरस्कारको व्यवस्था गरिएको आयोजक हाम्रो युवा समाज त्रिवेणी २ ले जनाएको छ । केही वर्षदेखि बाँदरपानी तिहार विशेष तथा भेटघाट कार्यक्रम हुँदै आएको छ ।

प्रकाशित मिति: मंगलबार, कात्तिक ४, २०८२  ०७:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update