Top Navigation
आइतबार, असोज ७, २०८० ०३:५०:२३
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • स्थानीय सरकार
  • वडा
  • खेलकुद
  • मनाेरन्जन
  • अन्य
    • व्यक्ति/व्यक्तित्व
    • विचार/व्लक
आइतबार, असोज ७, २०८० ०३:५०:२३
Kakhara सबैको खबर सम्पूर्ण खबर | News Portal from Rukum, Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • स्थानीय सरकार
  • वडा
  • खेलकुद
  • मनाेरन्जन
  • अन्य
    • व्यक्ति/व्यक्तित्व
    • विचार/व्लक
  • ट्रेण्डिङ
  • #पितिवाङ खेला
  • #पुल नहुँदा सास्ती
  • #जनार्दन शर्मा
  • #एनआरएनए अमेरिका
  • #नेपालीका लागि गम्भीर छौँ
  • #माेहन कुसारी
  • #नमुना अभ्यास
Search Here
समाज
  • Home
  • समाज
  • जनार्दन शर्माले रुकुमका मान्छे ल्याएर ठेकेदारको घरमा धर्ना बस्छु भन्दा पनि नबनेको पुल 
जनार्दन शर्माले रुकुमका मान्छे ल्याएर ठेकेदारको घरमा धर्ना बस्छु भन्दा पनि नबनेको पुल 
कखरा संवाददाता
कखरा संवाददाता सोमबार, असोज १, २०८०
सिस्ने गाउँपालिका सिस्ने गाउँपालिका

पूर्व अर्थमन्त्री तथा प्रतिनिधि सभा सदस्य जनार्दन शर्मा प्रभाकर गत वैशाख २४ गते राप्ती राजमार्ग अन्तर्गतको पितिवाङ खोलामा पुग्नुभयो । खोलामा वर्षौँ देखि पुल निर्माण कार्य अलपत्र अवस्थामा रहेको र पुल नहुँदा वर्षा याममा बर्सेनि जिल्लावासीले सास्ती खेपिरहेको अवस्थालाई मध्यनजर गर्दै पुल निर्माणको पछिल्लो अवस्थाबारे बुझ्न उहाँ प्रमुख जिल्ला अधिकारी, सडक डिभिजन कार्यालय चौरजहारीका प्रतिनिधि, पत्रकार, सुरक्षाकर्मी लगायतलाई साथमा लिएर खोलामा पुग्नुभएको थियो । त्यस क्रममा उहाँले पुल निर्माणको काम सम्पन्न गर्न ठेकेदारका प्रतिनिधि लेकवीर घर्तीलाई निर्देशन दिँदै पुल निर्माण छिटो सम्पन्न होस भनेर आफूले गरिरहेको पहलका बारेमा पनि सुनाउनुभएको थियो । ‘म यो पुल निर्माण छिटो सम्पन्न होस भनेर लागिरहेको छु, यो पुल नबन्नुमा मलाई नै दोषी देखिएको छ, यसले केही गरेन भनिएको छ, यहाँको प्रतिनिधि भएको हिसाबले त्यो पनि ठिकै हो तर पुल छिटो निर्माण होस भनेर नलागेको भने होइन, उहाँले भन्नुभयो ।’ 

janardan sharma1683442798.jpg
गत वैशाख २४ गते पुल निर्माणको अवस्था बारे बुझ्न प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकाय, सडक डिभिजन कार्यालय चौरजहारीका प्रतिनिधि, पत्रकार लगायतलाई साथमा लिएर पितिवाङ खोला पुग्नुभएका जनार्दन शर्मा प्रभाकर ।

यो पुलका मुख्य ठेकेदार चितवनका केशव लामिछानेलाई आफूले बारम्बार फोन गरेर छिटो काम सक्न भनिरहेको प्रसङ्ग पनि उहाँले सुनाउनुभएको थियो । ‘केशव लामिछाने, उहाँ काँग्रेस चितवनको नेता पनि हो मैले उहाँलाई बारम्बार फोन गरेर तुरुन्त पुल निर्माणको काम सक्नुहोस् भनेको छु, शर्माले भन्नुभयो–तपाईँले पुल नबनाउने हो भने म रुकुमका जनतालाई ल्याएर तपाइको घरमा धर्ना बस्न आउँछु समेत भनेँ ।’ लामिछानेले आफूलाई पुल तुरुन्तै निर्माण गर्ने पटक पटक आश्वासन दिएको प्रसङ्ग समेत उहाँले त्यस क्रममा सुनाउनुभएको थियो । ‘मैले प्रत्येक हप्ता उहाँलाई फोन गरेर तुरुन्त पुल निर्माण गर्नुहोस् भनिरहेको छु, उहाँले हुन्छ दाइ म गरिहाल्छु, मान्छे पठाइहाल्नु भन्नुहुन्छ, तर यहाँ कामै भइरहेको छैन’ उहाँले भन्नुभयो । 

यो पुल निर्माणको जिम्मा संरक्षण निर्माण सेवाले लिएको छ । पछिल्लो पटक थप गरिएको समय अनुसार यो पुल २०७८ को वैशाख ८ मा सक्नुपर्ने थियो । २०७४ सालको असार ८ मा ५ करोड २८ लाखमा पुल निर्माणका लागि संरक्षण निर्माण सेवासङ सम्झौता भएको थियो । पहिलो पटक निर्धारित समयमा काम नसकिएपछि पटक पटक गरेर म्याद थप्दा पनि पुल निर्माणको काम सकिएको छैन । अहिलेसम्म पुलको एक साइडको वेसमात्र निर्माण भएको छ । १२ नम्बर क्षेत्रमा वेस निर्माण भएको वर्षौ भइसक्दा पनि ११ नम्बर वडा तर्फ काम हुन सकेको छैन । यो क्षेत्रमा बर्खा अघि सरिया बिछ्याइएको थियो । तर काम भने हुन सकेन । 

यो खोलामा पुल नहुँदा बर्सेनि जिल्लावासीले सास्ती खेप्नुपरेको छ । हरेक वर्ष वर्खायाममा खोला बढ्दा सवारी साधन तथा स्थानीयलाई खोला वारपार गर्न समस्या हुने गरेको छ । आइतबार खोलामा आएको बाढीका कारण यो वर्ष पनि आवतजावत बन्द भएको छ । खोला वारपारका लागि सहज होस भनेर अस्थायी रुपमा निर्माण गरिएको कल्भर्टमा क्षति पुग्दा आइतबार अपराह्न देखि आवतजावत रोकिएको थियो । अझै आवागमन सहज हुन सकेको छैन ।    

सम्बन्धित समाचार
  • पितिवाङ खोला पुल तत्काल सक्न पूर्व अर्थमन्त्री शर्माको निर्देशन (भिडिओ सहित)


प्रकाशित मिति: सोमबार, असोज १, २०८०  १०:१८
कृषि कृषि
#पितिवाङ खेला #पुल नहुँदा सास्ती #जनार्दन शर्मा
प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
  • Week
  • Month
जनार्दन शर्माले रुकुमका मान्छे ल्याएर ठेकेदारको घरमा धर्ना बस्छु भन्दा पनि नबनेको पुल 
जनार्दन शर्माले रुकुमका मान्छे ल्याएर ठेकेदारको घरमा धर्ना बस्छु भन्दा पनि नबनेको पुल 
पानामामा डुंगा पल्टिदा ज्यान गुमाएका प्रदिपको परिवारलाई २१ लाख सहयोग 
पानामामा डुंगा पल्टिदा ज्यान गुमाएका प्रदिपको परिवारलाई २१ लाख सहयोग 
स्यार्पू पर्यटन, व्यापार तथा सांस्कृतिक महोत्सव हुने 
स्यार्पू पर्यटन, व्यापार तथा सांस्कृतिक महोत्सव हुने 
‘नेपालीको हकहितमा दत्तचित्त भएर लाग्नेछौँ ’
‘नेपालीको हकहितमा दत्तचित्त भएर लाग्नेछौँ ’
पितिवाङ खोलामा आवतजावत बन्द 
पितिवाङ खोलामा आवतजावत बन्द 
पुमा खोलामा बेपत्ता गिरीको शव फेला
पुमा खोलामा बेपत्ता गिरीको शव फेला
प्रेस काउन्सिल युवा पत्रकारिता पुरस्कारबाट रुकुमका लामिछाने पुरस्कृत 
प्रेस काउन्सिल युवा पत्रकारिता पुरस्कारबाट रुकुमका लामिछाने पुरस्कृत 
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
सुन-चाँदि
सेयर बजार

सूचना विभाग दर्ता नं. २१५९/२०७७-०७८
Email: [email protected]
Phone: ९८२२९८२३४५ र ९८२२८८८२०६
अध्यक्ष: धनबहादुर खड्का
सम्पादक: मनिष खड्का
  • कखरा बारे
  • Kakhara सबैको खबर सम्पूर्ण खबर | News Portal from Rukum, Nepal
    • स्थानीय तह निर्वाचन २०७९
    © Kakhara सबैको खबर सम्पूर्ण खबर | News Portal from Rukum, Nepal - 2023 All rights reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्