Kakhara सबैको खबर सम्पूर्ण खबर
चाैरजहारीबाट खलंगा आउँदै गरेकाे जीप दुर्घटना, २२ जना घाइते

रूकुम पश्चिमकाे चाैरजहारी नगरपालिका १३ रातामाटा देखि खलंगा तर्फ आइरहेकाे जीप दुर्घटना भएकाे छ । चाैरजहारी नगरपालिका वडा नम्बर ८ काे गाइरीजिउलामा लु १ ज २२९७ नम्वरको जीप दुर्घटना हुँदा जीपमा सवार २२ जना घाइते भएकाे प्रारम्भिक जानकारी आएकाे छ । सबैलाई उद्घार गरेर चाैरजहारी अस्पतालमा लगिएकाे चाैरजहारी नगरपालपकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत शेरप्रसाद ढकालले जानकारी दिनुभयो । सात जनाकाे अवस्था गम्भीर रहेकाे उहाँले बताउनुभयाे । जीप सडकबाट खसेर भेरी नदी नजिकै पुगेकाे छ । क्षमता भन्दा बढी यात्रु बाेकेका कारण जीप दुर्घटना भएकाे हुनसक्ने अनुमान गरिएकाे छ । क्षतिकाे थप विवरण आउन बाँकी रहेकाे जिल्ला प्रहरी प्रमुख डिएसपी नमराज भट्टराईले जानकारी दिनुभयो । 

प्रकाशित मिति: सोमबार, मंसिर ४, २०८०  ०९:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update