Kakhara सबैको खबर सम्पूर्ण खबर

नेकपा एमाले रुकुम पश्चिमको अध्यक्षमा पुनः नन्दराम देवकोटा निर्वाचित हुनुभएको छ । मुसिकोट ५ बागबजारमा रहेको जिल्ला पार्टी कार्यालयमा ४ दिनसम्म चलेको नवौं जिल्ला अधिवेशनबाट देवकोटा सर्वसम्मत अध्यक्षमा निर्वाचित हुनुभएको हो । उहाँ पार्टीको आठौं अधिवेशनबाट निर्वाचित भई हालसम्म अध्यक्षका रूपमा कार्यरत हुनुहुन्थ्यो । उहाँ दोस्रो कार्यकालका लागि पनि निर्वाचित हुनुभएको हो ।

उहाँको अध्यक्षतामा ८ जना पछि थप्ने गरी ६९ सदस्यीय जिल्ला कमिटी सर्वसम्मत निर्वाचित भएको निर्वाचन अधिकृत गणेश हमालले जानकारी दिनुभयो । उपाध्यक्षमा पुनः मनवीर घर्ती र सचिवमा पनि पुनः शशिराम नेपाली निर्वाचित हुनुभएको छ । निर्वाचन अधिकृत हमालका अनुसार सह सचिवमा ब्युझना पुन देवकोटा र तिलक बस्नेत सर्वसम्मत निर्वाचित हुनुभएको छ ।

पलबहादुर खड्काको संयोजकत्वमा लेखा समिति पनि निर्विरोध चयन भएको छ । जसको सचिवमा कृष्णभक्त ओली रहनुभएको छ । आज नव निर्वाचित जिल्ला कमिटीको नेतृत्व घोषणाका साथै शपथ ग्रहण र प्रमाण पत्र वितरण गरिएको छ ।

त्यस्तै पदाधिकारी र सदस्यहरूले शपथ ग्रहण समेत गरेका छन् । अध्यक्ष देवकोटालाई पार्टी केन्द्रीय निर्वाचन आयोगका सदस्य  सूर्यनारायण शाहीले शपथ ग्रहण गराउनुभएको थियो भने उपाध्यक्ष लगायतका पदाधिकारी र सदस्यहरूलाई जिल्ला अध्यक्ष देवकोटाले पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभएको हो । 

कार्यक्रममा नेकपा एमालेका पोलिटब्युरो सदस्य खेममान खड्का, केन्द्रीय सदस्य चन्द्रबहादुर विक र कर्णाली प्रदेश कमिटी सचिव ध्रुवकुमार शाही लगायतले नवनिर्वाचित कमिटीलाई बधाई तथा शुभकामना दिनुभएको थियो । 

नव निर्वाचित जिल्ला अध्यक्ष देवकोटाले सर्वसम्मत नेतृत्व चयन हुनुले एमाले रुकुम पश्चिममा एक ढिक्का रहेको सन्देश गएको बताउनुभयो । यसले पार्टीलाई थप सशक्त बन्न सहयोग पुग्ने उहाँको विश्वास छ । पार्टीलाई थप बलियो र सुदृढ बनाएर लैजाने अभिभारा पुनः एक पटक आफ्नो काँधमा आइपुगेको भन्दै उहाँले यो अभिभारालाई कुशलतापूर्वक पुरा गर्ने प्रतिक्रिया दिनुभयो । 

जिल्ला कमिटीमा काे काे निर्वाचित भए ? 

प्रकाशित मिति: सोमबार, चैत १९, २०८०  १५:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update