रक्तचाप (Blood pressure) भनेको मुटु खुम्चिदा र फैलिदा रक्त नलीको भित्तामा पर्ने दबाब हो । सामान्यतया रक्तचापलाई मिलिमिटर अफ मर्करी (mmHg) मा नापिन्छ । मुटु खुम्चिदा नापिएको रक्तचापलाई “सिस्टोलिक रक्तचाप” (SBP) भनिन्छ, र मुटु फैलिदा नापिएको रक्तचापलाई “डायस्टोलिक रक्तचाप” (DBP) भनिन्छ ।
उच्च रक्तचाप भनेको त्यस्तो अवस्था हो जहाँ SBP 140 mmHg बराबर वा सो भन्दा बढी रहिरहन्छ, अथवा DBP 90 mmHg बराबर वा सो भन्दा बढी रही रहन्छ ।
उच्च रक्तचापको लागि जोखिम कारकहरु:
धूम्रपान, मोटोपन
अत्यधिक मात्रामा नुन खाने,
अत्यधिक मात्रामा मदिरा सेवन गर्ने,
बुढ्यौली !
लक्षणहरू
अधिकांश रोगीहरूमा कुनै पनि लक्षणहरू हुँदैन । लक्षणहरू सामान्यतया नियमित चेक अप वा जटिलताहरू विकास हुने क्रममा पत्ता लगाइन्छ । अत्यधिक उच्च रक्तचापले गर्दा रिङटा लाग्ने, दृश्यमा गडबडी हुने, टाउको दुख्ने, नैराश्य र थकान महसुस हुने जस्ता लक्षणहरू हुन सक्छ ।
जटिलताहरु:
उच्च रक्तचापको उपचार नगरे वा नियन्त्रण नगरेमा मुटुले काम नगर्ने, कारोनरी मुटु रोग हुने, स्ट्रोक हुने, मिर्गौलाले काम नगर्ने जस्ता जटिलताहरू निम्त्याउन सक्छ । अनियन्त्रित रक्तचाप एक अज्ञात हत्यारा हो । प्रारम्भिक निदान र उचित उपचारले प्रभावकारी रूपमा जटिलताहरूलाई रोक्न वा कम गर्न सक्छ । उच्च रक्तचापको व्यवस्थापन: डाक्टरको सिफारिस अनुसार औषधि लिनुहोस् र नियमित रूपमा फलो–अपमा उपस्थित हुनुहोस ।
रक्तचापको स्वयं–निगरानी गर्नुहोस्
स्वस्थ जीवनशैली कायम राख्नुहोस् ।
धूम्रपान नगर्नुहोस्, स्वस्थ खाने बानी बसाल्नुहोस् । नुन कम खानुहोस् र धेरै फलफूल र तरकारी खानुहोस् । कम्तीमा पनि १० मिनेट अवधिको, मध्यम–तीव्र खालको एरोबिक शारीरिक गतिविधि गर्नुहोस्, जस्तै: जगिङ गर्ने, हिँड्ने, पौडी खेल्ने आदि । तनावलाई राम्रोसँग व्यवस्थापन गर्नुहोस् र सकारात्मक रहनुहोस् । मदिरा सेवन नगर्नुहोस् !