Kakhara सबैको खबर सम्पूर्ण खबर
कात्तिक ९ गते देखि मेलचौर मेला लाग्ने
फाइल फाेटाे ।

रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका वडा नम्बर १ मेलचौरमा परम्परा देखि लाग्दै आएको मेलचौर मेला यस पनि लाग्न भएको छ । कात्तिक ९ देखि १२ गते सम्म मेला लाग्ने भएको हो । मेलाको अवसरमा खुला शुद्ध वडा स्तरीय महिला पुरुष भलिबल प्रतियोगिता आयोजना गरिएको छ । पुरुष भलिबल तर्फ प्रथम हुने टिमले नगद ७५ हजार र दोस्रो हुने टिमले नगद ४५ हजार रुपैयाँको साथमा कप मेडल र प्रमाण पत्र प्राप्त गर्ने भएका छन् ।

यस्तै तेस्रो हुने टिमले नगद २५ हजार रुपैयाँको साथमा मेडल र प्रमाण पत्र पाउने मेला खेलकुद अध्यक्ष धनबहादुर मल्लले जानकारी दिनुभयो । उहाँका अनुसार महिला भलिबल तर्फ प्रथम हुने टिमले नगद २० हजार दोस्रो हुने टिमले नगद नगद १५ हजार रुपैयाँको साथमा कप मेडल र प्रमाण पत्र पाउने भएका छन् ।

यस्तै तेस्रो हुने टिमले नगद दश हजार रुपैयाँको साथमा मेडल र प्रमाण प्राप्त गर्ने खेलकुद अध्यक्ष मल्लले जानकारी दिनुभयो । यस्तै मेलामा खुला पुरुष डबल ब्याडमिन्टन प्रतियोगिताको पनि आयोजना गरिएको छ । ब्याडमिन्टन प्रतियोगितामा विजेता जोडीले नगद दश हजार उप विजेता जोडीले पाँच हजार तथा सान्त्वना हुने दुई जोडीले समान दुई÷ दुई हजार रुपैयाँको साथमा मेडल र प्रमाण पत्र पाउने भएका छन् ।

यस्तै मेलामा झाँकी सहित सहभागी हुने सांस्कृतिक समूहलाई पनि पुरस्कारको व्यवस्था गरिएको मेला संयोजक बालकृष्ण गौतमले जानकारी दिनुभयो । मुख्य मेला कात्तिक १२ गते लाग्ने छ ।

प्रकाशित मिति: शनिबार, कात्तिक ८, २०८२  १६:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update