राष्ट्रिय स्वतन्त्र पार्टी रुकुम पूर्वको पहिलो जिल्ला भेला सम्पन्न भएको छ । आज जिल्ला सदरमुकाम रुकुमकोटमा भएको पहिलो भेलाले नयाँ जिल्ला कार्यसमिति निर्माण गरेको छ । लखनकुमार थापाको अध्यक्षतामा १३ सदस्यीय जिल्ला कार्यसमिति निर्माण गरिएको राष्ट्रिय स्वतन्त्र पार्टी रुकुम पश्चिमका सभापती मानबहादुर शाहीले जानकारी दिनुभयो ।
उहाँका अनुसार सचिवमा डिलबहादुर खड्का चयन हुनुभएको छ । त्यस्तै सदस्यहरुमा रमन खड्का, टेकबहादुर खड्का, सन्देश बुढा, अरुण खड्का, भरत खड्का, भुपेन्द्र देवकोटा चयन हुनुभएको छ । त्यस्तै जयराम सुनार, सुनिल मल्ल, सिर्जना शाही, बसन्त श्रेष्ठ, अञ्जल मल्ल पनि सदस्यमा चयन भएको जिल्ला सभापती शाहीले जानकारी दिनुभयो ।
कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टी लुम्बिनी प्रदेश सभापति देवराज पाठक, सह–महामन्त्री सीएम उपाध्याय, प्रदेश सदस्य महेन्द्र उपाध्याय, रोल्पा जिल्ला सभापति इन्जिनियर रमेश क्षेत्री, अर्घाखाँची जिल्ला सभापति हरिप्रसाद भुसाल लगायत रास्वपाका शुभचिन्तकहरुको उपस्थिती रहेको थियो ।




-1759842583.jpg)